हरेक घर धारो होस् , हरेक गाउँ सिन्चाइ होस् नारा लिएर बिगत दुई वर्ष देखी निरन्तर संघर्ष गरिरहेका पानी अभियानकर्ता मित्र लाल पार्देले अगाडि सारेको नारालाई साथ दिदै पोल्यान्डको एक पत्रिका म्याजोब्साले प्रकाशित गरेको छ । नयाँ वर्षको सन्दर्भ पारेर उक्त पत्रिकाले आफ्नो रिपोर्टमा पानी अभियानकर्ता सित अन्तर्वाता लिदै हरेक घर धारो होस् ,हरेक गाउँ सिंचाइ होस् नारा अगाडि सार्दै पोलिश भाषामा अभियानकर्ताको धारणा पोलिश भाषामा प्रस्तुत गरेको छ । स्मरण रहोस् पानी अभियानकर्ता मित्र लाल पार्दे २०१६ देखी जन्मा दिनको अवसर पारेर फेब्रुअरी २९ देखि ५० हजार छुट्ट्याउदै निरन्तर पानी अभियान चलाईरहेका छन् । उनको अभियानलाई स्वस्फुर्त विश्वव्यापी रुपमा सरकार लगायत विभिन्न व्यक्तिहरुको साथ र समर्थन मिल्दै गैरहेको छ । विश्वभरी पानी अभियानको नारा हरेक घर धारो , हरेक गाउँ सिंचाइ स्थापित गर्नको लागि एक दिन यु एन सम्म पानी अभियान पुग्नैपर्छ र हरेक घर आगनमा पानी हुनै पर्दछ भनेर पोल्यान्डबाट संघर्ष गरिरहेका छन् ।