रापती समाज काठमाडौको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न

FB_IMG_1515171736026
एम ए पढाइ सकेर लेक्चरर बन्ने सपना बोकेर दाङबाट काठमाडौ पढ्न छिरेको युवा मित्र लाल पार्देको पहलमा विक्रम सम्वत २०६३ मा स्थापित रापती समाज काठमाडौले हिजो संस्थाका अध्यक्ष शशी शर्मा मजगैयाको अध्यक्षतामा रापती क्षेत्रबाट राष्ट्रिय स्तरमा प्रतिनिधित्व गर्नेहरुलाई स्वागत एवं सम्मान कार्यक्रम गरेको छ ।

भृकुटीमण्डप स्थित महेन्द्र प्रहरी क्लवको हलमा आयोजित कार्यक्रममा उक्त सम्मान गरीएको थियो । कार्यक्रममा अधिकांश वक्ता हरुले राप्ति अञ्चल भनेर वर्तमान अवस्थामा कायम नभएपनी हिजो राप्ति अञ्चल हुदाको ५ जिल्लाको आपसी सदभाव सहिष्णुता कायमै रहेको र यसलाई अझ महत्व दिनु पर्ने कुरामा जोड दिए ।
FB_IMG_1515221733291
राप्ति वाट प्रतिनिधित्व गर्दे सम्मानीत हुने संसदहरुमा, कृष्ण वहादुर महरा,वर्षमान पुन,शंकर पोख्रल,कमला रोका,प्रकाश ज्वाला,हिराचन्द्र केसी, रहेका छन त्यसैगरी पत्रकार महासंघका उपाध्यक्ष विपुल पोख्रेल,सचिव उदय जिएम,केन्द्रिय सदस्य टेकराज शाही रहेका छन । त्यसैगरी लिटील मिस नेपाल विजेता यांसु श्रेष्ठ रहेका छन ।
FB_IMG_1515221594700
कार्यक्रममा रापति समाजका सल्लाहकार हरु संविधानविद भिर्माजुन आचार्य,गायिका तथा नेतृ कोमल वलि,भक्तपुर क्यान्सर अस्पताल तथा चितवन मेडिकल कलेजका अध्यक्ष प्रकाश न्यौपाने लगाएत ले राप्ति समाज भित्र जोडियर अझ सकारात्मक काम हरु गर्नु पर्ने र एकले अर्का लाई परेको मद्धत गर्नु नै यस समाज गठन को पुष्टि हुने धारणा व्यक्त गरेका थिए ।
FB_IMG_1515221648314
समाजका अध्यक्ष शशि शर्मा मजगैयाको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथी संविधानविद निलाम्वर आचार्यले गर्नु भएको थियो भने संचालन महासचिव प्रविन कुमार रेग्मी ले गरेका थिए ।
FB_IMG_1515221619244

स्मरण रहोस् रापती समाज काठमाडौका संस्थापक हाल पोल्यान्ड बसेर हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् नारा अगाडि सारेर पानी अभियान चलाइरहेका छन् ।
FB_IMG_1515171718120

फोटो श्रोत रापती समाज काठमाडौ फेसबूक पेज

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.