प्रेस वक्तव्य
————-
भगवान गौतम बुद्ध र बुद्धको जन्मस्थल लुम्बिनी नेपालको राष्ट्रिय गौरव र पहिचान हुन । अन्तर्राष्ट्रियस्तरमा यिनीहरुको प्रवर्धन गर्नु पर्ने आवश्यकतावोध सरकारीस्तरबाट ज्यादै न्यूनस्तरमा मात्र भएका कारण विश्वभर छरिएर रहेका हामी नेपालीले नागरिकस्तरबाट १ डिसेम्बर २००९ का दिन लुम्बिनी कपिलवस्तु दिवस मनाउने कार्यको थालनी गरेर यस अभियानको सुत्रपात गरेका हौँ ।
सन् २०१० देखि औपचारिकरुपमा हामीहरुले लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियानको विश्व समिति गठन गरेर त्यसपछि राष्ट्रियस्तरमा संसारका विभिन्न देशहरुमा राष्ट्रिय समितिहरु गठन गरेर क्रियाशील छौं । हालसम्म गठन भएका १९ देशका राष्ट्रिय समितिहरुमा केहिले बाहेक धेरैजसो राष्ट्रिय समितिहरु सक्रिय हुन नसकिरहेको वास्तविकता हामीहरुको सामु छ ।
Advertisement Advertisement
https://nexus.syndicmarketing.com/scripts/25nzc7y?a_aid=5a4254bece69d&a_bid=ae1enqr
यसर्थ, म युरोप सल्लाहकारको जिम्मेवारीमा रहेको नाताले अभियानको भावना र मर्मअनुसार क्रियाशील हुनको लागि युरोपमा भएका र त्यो भन्दा बाहिर रहेका राष्ट्रिय समितिहरुको समेत विशेष ध्यानाकर्षण गराउने उद्देश्यले यो प्रेस वक्तव्य जारी गरेको छु ।
अन्तमा, हाम्रो अभियानको राष्ट्रिय समिति गठन नभएका अन्य मुलुकहरुमा इच्छुक महानुभावहरुलाई राष्ट्रिय समिति गठन गर्नको लागि समेत म यसै प्रेस वक्तव्यमार्फत हार्दिक आव्हान गर्दछु । राष्टिय समिति गठन गर्न चाहना गर्नु हुने महानुभावले मलाई सम्पर्क गर्नु हुन हार्दिक अनुरोध छ ।
दामोदरप्रसाद आचार्य
युरोप सल्लाहकार
लुम्बिनी-कपिलवस्तु दिवस विश्व अभियान
अध्यक्ष
लुम्बिनी-कपिलवस्तु विश्व अभियान, बेल्जियम