नेपाली राहदानी फारम परराष्ट्र मन्त्रालयको वेबसाइट डाउन्लोड गर्न सकिनेछ । प्रिन्ट गर्ने तरिका वेब्साइटमा राखिएको छ ।
राहदानी निवेदन फाराममा भरिने विवरण, औंठा छाप तथा हस्ताक्षर डिजिटल प्रविधिद्धारा स्क्यान
गरी राहदानी तयार गर्न प्रयोग गरिने हुंदा फाराम भर्दा केरमेट गर्नु हुंदैन । निवेदन फाराममा
तोकिएको बक्समा गाढा कालो मसिले निवेदकको पूरा दस्तखत गरिएको
हुनु पर्नेछ । उक्त दस्तखतलाई डिजिटल प्रवधिबाट Capture गरी निवेदकको राहदानीमा राखिने
हुंदा सो दस्तखत निवेदकले संधै गर्ने दस्तखतसंग मिल्ने र पूर्ण हुनुपर्नेछ । फरक परेमा निवेदक
स्वयं जिम्मेवार हुनेछ ।
– MRP Passport लागि निवेदकले चार प्रति फोटो पेश गर्नुपर्नेछ र फोटो सम्बन्धी विवरणको लागि
नेपाली दूतावासको वेबसाइट हेर्नुहोस् । उक्त विवरणमा उल्लेखित मापदण्ड पुग्ने फोटो मात्र का लागि
हुने हुंदा फोटोको मापदण्ड पूरा गरेर मात्र निवेदन पठाउनु हुन अनुरोध छ । तसर्थ राहदानी
निवेदनसाथ तोकिएको मापदण्ड पुग्ने फोटो मात्र स्वीकार गरिनेछ ।
राहदानी तयार हुन लाग्ने समय
– राजदूताबासमा राहदानीका लागि प्राप्त हुन आएका निवेदनसाथ फोटो लगायतका कागजातहरु
पर्याप्त भएमा मात्र प्रिन्टका लागि राहदानी विभाग, काठमाण्डौमा उक्त कागजातहरु पठाइनेछ ।
निवेदनसाथ प्राप्त कुनै कागजातको सत्यता बुझ्न राजदूताबासलाई आवश्यक लागेमा नेपालको
सम्बन्धित निकायमा बुझी प्रमाणित भएर आएपछि मात्र त्यस्तो निवेदन राहदानी विभागमा
पठाइनेछ । राहदानी विभागमा निवेदकको फाराम राहदानी विभागले आफूकहां निवेदन प्राप्त भएको
मितिले सामान्यतस् ६ देखि ८ हप्ता भित्रमा MRP PASSPORT तयार गरी राजदूताबासमा प्रेषित गर्नेछ ।
राजदूताबासमा MRP PASSPORT प्राप्त भएपछि निवेदकले राजदूताबासमा स्वयं आई बुझी लिन वा निवेदकले
तोकेको ठेगानामा उक्त राहदानी पठाउन सकिनेछ ।
अस्थायी राहदानी
नेपाली राहदानी बाहकको राहदानी बहाल रहने अवधि समाप्त भएमा, राहदानी हराएमा वा
नासिएमा वा झुत्रो भएको कारणले प्रयोग गर्न नसकिने भई नयां राहदानी बनाउनको लागि
राजदूताबासमा निवेदन दिएमा आवश्यक परेको अवस्थामा त्यस्ता बाहकलाई मेसिन रिडेवल
राहदानी जारी नहुन्जेलसम्मका लागि राजदूताबासबाट अस्थायी राहदानी जारी गर्न सकिनेछ ।
त्यस्तो राहदानी जारी भएको मितिबाट ६ महिनासम्म बहाल रहनेछ ।
राहदानीको शुल्क तथा संशोधन प्रक्रिया
६) साधारण राहदानी, यात्रा अनुमतिपत्र (Travel Document) अस्थायी राहदानीको लागि
देहाय बमोजिम शुल्क लाग्नेछ ।
साधारण राहदानी ( यूरो १२० (एक सय बीस)
यात्रा अनुमतिपत्र ( यूरो ३५ (पैंतीस)
अस्थायी राहदानी ( यूरो १७ (सत्र)
(दश वर्षभन्दा कम उमेरका नावालकको राहदानीको लागि निवेदन दिदां उल्लेखित शुल्कको
आधा रकम दस्तुर लिईनेछ।)
तर पाना च्यातिएको, केरमेट भएको वा अन्य कारणले राहदानीमा क्षति पुर्याएको वा हराएको
कारणले नयां राहदानी लिनु पर्दा उपरोक्त शूल्कको दोब्बर दस्तुर लाग्नेछ ।
७) मेसिन रिडेवल राहदानी वा यात्रा अनुमतिपत्रमा उल्लेख भएको विवरणमा सामान्यतया कुनै संशोधन
गरिने छैन । राहदानी वा यात्रा अनुमतिपत्रमा उल्लेखित कुनै विवरण संशोधन गर्नु परेमा
राहदानी वा यात्रा अनुमतिपत्र बाहकले सो प्रयोजनका लागि कारण खुलाई यस राजदूताबासमा
निवेदन दिनु पर्नेछ । निवेदनसाथ सक्कल राहदानी वा यात्रा अनुमतिपत्र पनि संलग्न गर्नुपर्नेछ ।
निवेदकले राहदानी वा यात्रा अनुमतिपत्रका लागि दिएको निवेदनमा गल्ती विवरण उल्लेख गरेको वा
कुनै विवरण उल्लेख गर्न छुटाएको कारणले तयार भैसकेको राहदानीमा संशोधन गर्नु परेमा नयां
राहदानी वा यात्रा अनुमतिपत्रको लागि निवेदन दिनु पर्नेछ । यसरी नयां राहदानी वा यात्रा
अनुमतिपत्र बनाउनु पर्दा उपरोक्त नं ६ मा उल्लेख भए बमोजिम पुन दस्तुर लाग्नेछ ।
राहदानी वा यात्रा अनुमतिपत्रको लागि राजदूताबासमा निवेदन दिदां संलग्न गर्नुपर्ने कागजातहरु
हाल प्रयोग गरिरहेको राहदानीको आधारमा नयां राहदानीको लागि निवेदन दिदां देहायका
कागजातहरु संलग्न गर्नु पर्नेछ ।
– रीत पूर्वक भरिएको राहदानी फाराम दुई प्रति
– हाल प्रयोगमा रहेको राहदानीको सक्कल
– उपरोक्त नं. ३ मा उल्लेख भए अनुसारको फोटो चार प्रति
– नेपाली नागरिकता प्रमाणपत्रको सक्कल
हराएको राहदानीको आधारमा नयां राहदानीको लागि निवेदन दिदां देहायका कागजातहरु संलग्न
गर्नु पर्नेछ ।
– रीत पूर्वक भरिएको राहदानी फाराम दुई प्रति
– राहदानी हराएको स्थानको प्रहरी प्रतिवेदन
– उपरोक्त नं. ३ मा उल्लेख भए अनुसारको फोटो चार प्रति
– नेपाली नागरिकता प्रमाणपत्रको सक्कल
– हराएको राहदानीको फोटोकपी
नावालकको लागि छुट्टै राहदानीको लागि निवेदन दिदां देहायका कागजातहरु संलग्न
गर्नु पर्नेछ ।
– राजदूताबासलाई सम्बोधन गरी नाबालकको बाबु वा आमाले बच्चाको लागि छुट्टै
राहदानी आवश्यक परेको कारण सहितको निवेदन
– रीत पूर्वक भरिएको राहदानी फाराम दुई प्रति
– नाबालक परिचयपत्र वा जन्मदर्ता प्रमाणपत्रको सक्कल
– नाबालकको बाबुको नेपाली नागरिकता प्रमाणपत्रको सक्कल
– उपरोक्त नं. ३ मा उल्लेख भए अनुसारको फोटो चार प्रति
– नाबालकको बाबु आमाको विवाह दर्ता प्रमाणपत्रको सक्कल
यात्रा अनुमतिपत्रको लागि निवेदन दिदां देहायका कागजातहरु संलग्न गर्नु पर्नेछ ।
– रीत पूर्वक भरिएको राहदानी फाराम दुई प्रति
– नेपाली नागरिकताको प्रमाणपत्र वा राहदानीको फोटोकपी
-उपरोक्त नं. ३ मा उल्लेख भए अनुसारको फोटो चार प्रति
-राहदानी हराएको भएमा स्थानीय प्रहरी प्रतिवेदन
– राजदूताबासलाई सम्बोधन गरी नेपाली राहदानी विहिन हुनुको कारण खोलिएको निवेदन
राहदानी वा यात्रा अनुमतिपत्रको शुल्क बुझाउने तथा निवेदन पठाउने तरिका
– राहदानी वा यात्रा अनुमतिपत्रको लागि लाग्ने शुल्क निवेदकले स्वयं राजदूताबासमा उपस्थित भै
नगदमा बुझाउन सकिनेछ । राजदूताबासमा उपस्थित हुन सम्भव नभएमा देहायको बैकंमा रहेको
राजदूताबासको खातामा तोकिएको शुल्क जम्मा हुने गरी त्चबलकाभच गर्न सकिनेछ । व्यक्तिगत चेक
(personal check) स्वीकार गरिने छैन ।
COMMERZBANK, Berlin
Account No.: 2660207 00
Bank Code No.: 100 400 00
IBAN: DE 79 100 400 000 26 60 20 700
SWIFT: COBADEFFXXX
–
राहदानी वा यात्रा अनुमतिको लागि निवेदन दिदां निवेदक स्वयं राजदूताबासमा उपस्थित भै वा
हुलाक मार्फत निवेदन पठाउन सकिनेछ । हुलाक मार्फत निवेदन पठाउदा हुलाक खर्च निवेदक
स्वयंले व्यहोर्नु पर्नेछ । यसरी हुलाक मार्फत निवेदनका साथ कागजातहरु पठाउदा राहदानी तयार भै
सकेपछि निवेदकको ठेगानामा प्रेषित गर्न द्रुत सेवा दिने कुनै कम्पनी मार्फत तयारी खाम ९एचभउबष्म
भलखभयिउभ० पनि संलग्न गरी पठाउनु पर्नेछ । निवेदकको ठेगानामा राहदानी वा यात्रा अनुमतिपत्र
प्रेषित गर्न प्रयोग गरिने खाम बलियो र उपयुक्त आकारको हुनु पर्नेछ । अपर्याप्त हुलाक शुल्क वा
कमजोर खाम , गलत ठेगानाका वा अन्य कारण राहदानी गन्तव्यमा पुग्न नसकेको अवस्थामा
राजदूताबास जिम्मेवार हुने छैन ।
– राहदानी निवेदन फाराम तथा संलग्न कागजातहरु राजदूताबासमा पठाउंदा नपट्याइ
सग्लो रुपमा पठाउनु पर्नेछ । साथै, राहदानी वा यात्रा अनुमतिपत्रको लागि लाग्ने शुल्क निवेदनसाथ
खाममा राखेर हुलाक वा अन्य द्रुत सेवा मार्फत नपठाउनु हुन अनुरोध गरिन्छ ।
– अष्टिया, चेक गणतन्त्र, हंगरी, पोल्याण्ड, स्लोभाक गणतन्त्र तथा स्लोभेनियामा बसिरहेका
निवेदकहरुले राहदानी तयार भै सकेपछि फिर्ता पठाउनको लागि खामको आकार र तौलको
आधारमा शुल्क निर्धारण हुने भएकोले अतिरिक्त हुलाक खर्चको रुपमा यूरो ५ देखि १० सम्मको
रकम राजदूताबासको उपरोक्त बैक खातामा जम्मा गर्नु पर्नेछ ।
– थप जानकारीको लागि कार्यालय समयमा राजदूताबासमा सम्पर्क गर्न सकिनेछ ।
Source: Nepal Embassy Germany