प्रवासी नेपाली मन्च पोल्यान्डका महासचिब शेर बहादुर परियार
विभिन्न अनलाईन मिडियाहरुमा प्रकाशित समाचार बारेमा पोल्याण्ड नेपालले संपर्क गर्दा ती समाचार हरु कपोकल्पित र भ्रामक पित पत्रकारिता भन्दा अरु केही नभएको प्रवासी नेपाली मन्च पोल्यान्डका महासचिब शेर बहादुर परियारले जानकारी गराएका छन्
शेर बहादुर परियारले आफु माथि लागेको आरोपको समाचारको खन्डन गर्दै पोल्यान्ड नेपालसित भने “म युरोप पोल्यान्डको अस्थायी बसोबास कार्ड लिएको ४ महिना २६ दिन भएछ । उनी अगाडि भने , युरोपमा श्रीमती बनाएर लैजान कति समय लाग्छ ? त्यो सुनको पसल खोलेर गाजा र चरेशको ब्यापार गर्नेलाई के थाहा ?त्यसैले यस्तो गलत समाचार सम्प्रेषण गर्ने समाचार माध्यम र पित पत्रकारिताप्रति सहानुभुती छ मेरो । समाचार पुस्टी गर्ने कुनै एउटा मात्रा प्रमाण भए पोस्ट गर्न चुनौती म दिन्छु । रक्सी खाने पैसा लिएर छाद्मभेषि नाममा समाचार सम्प्रेषित गर्ने कुकुरलाई मेरो कठै भन्नु बाहेक केही छैन । युरोपमा श्री मती बनाएर लैजाने काम टपक्क सामान किनेर लगेको जस्तो पनि होइन । युरोप बस्ने नेपालीहरुलाई पनि जगजाहेरै छ । उनी अगाडि बताए “मैले बुझे अनुसार पोल्यान्डमा श्रीमती डिपेन्डेन्ट भिजामा मगाउनु पर्दा पनि ३ वर्ष पोल्यान्ड बसेको हुनु पर्छ भन्ने मैले सुनेको छु । समाचारमा लेखिए जस्तो जानकारी सबै भ्रामक र मेरो बद्नाम गर्न खोजिएको सिवाय अरु केही होइन । “