पोर्चुगलको कार्ड र इमिग्रेसनबारे सानो एक चर्चा

https://nexus.syndicmarketing.com/scripts/25nzc7y?a_aid=5a4254bece69d

madan

मदन काफ्ले

लिस्वोन, पोर्चुगल

युरोपका अन्यत्र मुलुकभन्दा सहजै वर्क परमिट बनाउन सहज हुने भएकोले सबैको एउटैमात्र रोजाई र विकल्प पोर्चुगल रहदै आएको छ। बेलाबखत सरकारको नीति नियम परिबर्तन भैरहने यस मुलुकमा सन् २०१५ देखि इमिग्रेसनको संरचनानै परिबर्तन हुन पुगेको पोर्चुगिस न्युजहरुले बताउदै आएका छन। खासगरी युरोपमा बढ्दै गरेको मुस्लिम संघ संगठन आईएसआईको असोचनीय र निन्दनीय आक्रमणको कारण अघिल्ला बर्षभन्दा पछिल्लो समय इमिग्रेसनमा कडाई गरिएको यहाँको पोर्चुगलको आप्रवासी तथा बोर्डर कन्ट्रोल अफिस(सेफ)ले कागज बितरणमा देखाईरहेको ढिलासुस्तिले छर्लङ्ग पारिरहेको देखिन्छ। सबैभन्दा पहिला युरोपमा आर्थिक मन्दीले ग्रीस, इटाली, स्पेन र पोर्चुगललाई नै बढी कष्टकर बनाएको थियो। तर यहाँको भौगोलिक बनावट कृषिमा अब्बल भएकोले सरकारले युरोपेली संगठनको सहकार्यमा कृषिलाई प्रमोट गर्दै आउँदा अहिले पोर्चुगलको क्रयशक्ति उत्कृष्ट १२ मा सुचिकृत छ। यो सम्भब हुनुमा इमिग्रेन्ट्सको ठुलो योगदान छ।

सन् २०१५ मा निर्वाचन हुँदा खासगरी यहाँ पोर्चुगिस समाजबादी पार्टीले बहुमत ल्याएर सरकारमा सामेल हुँदा पुरानो सरकारका कामकारबाहीलाई अघि नबढाउने निर्णयमा पुगेको र सोही कारण कर्मचारी संयन्त्रमा ठुलो परिबर्तन आउँदा इमिग्रेसनका करिब दुई सय कर्मचारीले विविध कारण देखाउदै राजिनामा दिएको र सोही कारण आन्तरिक कम्प्युटर सिस्टम सरकारले ब्लक गरेको न्युजमा जनाइएको छ।

कागजमा सहजता हुँदा धेरैजसोले कार्ड छ महिनामा बनाउन पाएको पनि पोर्चुगलमा धेरै छन। होटेल, रेस्टुरेन्टमा काम गर्ने धेरैजसोले बिना कन्ट्रोल सेफ अपोइन्ट्मेन्ट पाउनासाथ फिङ्गर पाउथे अनि कृषीमा काम गर्नेलाई अनिवार्य कन्ट्रोल चाहिन्थ्यो कन्ट्रोल छ भने सहजै सेफ अपोइन्ट्मेन्ट्मा फिङ्गर पाउथे र उनिहरुको कार्ड ढिलोमा छ महिनाभित्र घरको ठेगानामा आउथ्यो। तर सन् २०१५ को सेप्टेम्बर १५ पछि परिस्थिति असहज हुन पुग्दा अहिलेको अवस्थामा धेरैजसोले दु:ख पाइरहेका छन। सेफले इमिग्रेसनमा कडाई गरेपछिको स्थितिमा हालसम्म पनि पोर्चुगलमा नियमित ओइरो लाग्नेहरुको कमि हुँदा आवस्यक मेनपावरमा समेत कमि आएको छ त्यसको प्रत्यक्ष असर कृषि क्षेत्रमा परिरहेको कृषि कम्पनीले जनाउदै आएका छन्। अघिल्लो बर्षभन्दा दोब्बर फार्म बढाएका उनिहरुको ब्यबसायमा कामदारको कमि हुँदा करोडौंको फ्रुट नस्ट भएको २०१६/१७ मा प्रत्यक्ष कामदारले जनाउदै आएका छन्। सेफको तत्कालीन डाइरेक्टर लुइसा माइया गोन्साल्भसले सन् २०१६ को मार्च २१ देखि लागू हुनेगरी पोर्चुगलमा इलिगल इन्ट्रको ढोका बन्द भएको जानकारी दिएपछि फिङ्गर भैसकेको केसका फाइलहरु समेतामा त्यसको असर पर्दा हालसम्मपनी २०१५ पछिका करिब तीन हजार कार्डहरको छपाई अनिश्चित रहेको छ। तर हालको सेफ डाइरेक्टर कार्लोस मोरेराको समेत कुनैपनी आधिकारिक धारणा भने आइसकेको छैन तसर्थ रोकिएका कार्ड कहिलेसम्म बितरण गर्ने भन्ने अन्योल कायमनै छ।

कार्डको बितरणमा अहिलेको मार्केट हल्ला अनुसार पुराना केसको प्रीन्टमा गैसकेको र चाडैं घरको ठेगानामा आउने भन्ने छ तर त्यसको आधिकारिक सुचना भने आएको छैन। हालै मात्र सेफको कम्प्युटर पोर्टल अक्टोबर ११, २०१७ देखि लागू भएपछि पुरानो कोल्याप्स फाईलहरु रिकोभर भइरहेको र चाडैं आवश्यक कर्मचारी पुर्ती पश्चात् सबैको समस्या समाधान हुने न्युजहरुले जनाएका छन। हाल ज-जसको इलेक्ट्रोनिक फाइल पुर्ण रुपमा कोल्याप्स भएको छ उनिहरुलाई घरको ठेगानामा पत्र पठाइ धारा परिबर्तन गरि पुन फिङ्गर दिदै एक महिना भित्रमा कार्ड दिइरहेको छ भने रोकिएकाको प्रोसेसिङ यथावत राखिएको छ। नयाँ सेफ इन्ट्री गरेकाहरुको भने हालसम्म पनि सेफले अपोइन्ट्मेन्ट फिक्स गरेको छैन । यसले अबको इमिग्रेसनको भविष्य कता मोडिने हो भन्ने उत्सुकता पैदा गरिरहेको छ।

https://nexus.syndicmarketing.com/scripts/25nzc7y?a_aid=5a4254bece69d

हालै मात्र सेफले जानकारी गराए अनुसार सन् २०१८ मा एकसय जति नयाँ इनिस्पेक्टरको नियुक्ति हुने र उनिहरुले बदलिएको सेफको नयाँ नीति अनुरुप चुस्त र दुरुस्त सेवा प्रदान गर्ने र समयमै सबैले कार्ड पाउने भनिएको छ। तर जुन ब्यक्ति लिगल तरिकाले पोर्चुगलमा इन्ट्री भएको छ उसलाई इमिग्रेसन कानुनको धारा ८८ को उपधारा २ बमोजिम लिगलाइजेसन दिने र जो ब्यक्ति मापदण्ड बाहिर र लिगल इन्ट्री बिना इन्ट्री भएको छ उनिहरुलाइ धारा १२३ अन्तर्गत मानबिय आधरमा सेफको डाइरेक्टरको प्रोपोजलमा दिने भन्ने छ। अबको नयाँ कार्ड बितरण ढिलोमा तीन महिनाभित्र गरिने समेत कानुनमा उल्लेख भएको छ। आशा गरौं अबको इमिग्रेसन कानुनले तोकेको कुरा व्यबहारमा लागू भएमा पोर्चुगलमा प्रवेश गर्ने जोकोहिले पनि चाडैं कागज प्राप्त गर्न सक्नेछन्।
SOURCE: http://nepaliwave.com/?p=2518

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.