कहिलेदेखि अन्तर्राष्ट्रिय टोपि दिवस मनाउन थालियो त !

nepali-topi

विकिपिडिया अनुसार सन् २०१४ देखि अंग्रेजी पात्रो अनुसार नयाँ वर्ष जनवरी १ तारिक पारेर नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाउन थालिएको छ | सस्थापक द्वय डा. लेखनाथ काफ्ले, ताइवान र शंकर बन्जाडे, नेपाल को पहलमा “नेपाली टोपी: नेपालीको शान, मान र पहिचान” भन्ने नाराका साथ हरेक वर्ष जनवरी १ मा पनि अन्तर्राष्ट्रिय नेपाली टोपी मनाउने गरिको हो । त्यसो गर्दा अन्तरराष्ट्रियरुपमा नेपालीपनको प्रबर्द्धन हुने र देशभित्र पनि आफ्नो संस्कृतिको थप प्रबर्द्धन र प्रसार गर्न मद्दत पुग्दछ ।

विकिपिडिया अगाडि लेख्दछ

“नेपाली टोपी नेपाली र नेपालीमूलका नागरिक भएका सबै देश / स्थानहरुमा समग्र नेपालीहरुको साझा र मौलिक पहिचानको चिह्न हो । शताब्दीऔं देखि प्रयोग भै रहेका बिभिन्न प्रकारका नेपाली टोपीहरुको प्रयोगलाई अझै व्यापक र बिश्वमय बनाउने उद्देश्यले २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाई रहिएको छ । यो अभियानमा हरेक बर्ष जनवरी १ मा विश्वव्यापीरुपमा जनसहभागिता सहित संचार माध्यमहरुमा चर्चा हुने गर्दछ । बिगत ३ बर्ष देखि पहिलाे पटक अाैपचारिक कार्यक्रम गरि चितवन स्थित ब्रदर्श नेपालले टोपी दिवसको प्रचारप्रसार सहित बिबिध कार्यक्रम सहित मनाई यसलाई झनै व्यापक बनाइरहेका छन् ।

नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाउँले, ढाका र परम्परागत नेपाली टोपी मुख्य हुन् । त्यसबाहेक विभिन्न जात-जातिको आफ्नै टोपी पनि छन् । अन्तरराष्ट्रिय नेपाली टोपी दिवसमा आफ्नो आफ्नो क्षेत्र, जाति -जनजातिले आफ्नै टोपी वा टाउकोमा लगाउने आआफ्नो मौलिक पोशाक लगाएर मनाउन सकिने खुकुलो दिवस हो ।

१ जनवरीका दिन आ-आफ्नो आफ्नो स्थान र अवस्था अनुसार नेपाली टोपी लगाइ, फोटो खिचेर नेपाली टोपी दिवसको फेसबुकमा र आफ्नो आफ्नो सामाजिक संजालमा शेयर गर्ने पनि गरिन्छ ।

यो अभियानको मूल उद्देश्य “नेपाली / गोर्खाली हुनुमा गर्व गरौँ । नेपालीपनलाई संरक्षण, प्रवर्द्धन र विस्तार गरौँ “ भन्ने रहेको छ ।”

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.