२०१७ मा पोल्यान्डमा सम्पन्न भएका मोटामोटी नेपाली समुदाय गतिविधि

FB_IMG_1514704629372२०१७ पोल्यान्डमा धेरै नेपालीहरु भित्रिए बिभिन्न कार्यक्रमहरु पनि सप्पन्न भए । बिभिन्न नेपालीहरुले आ आफ्नो व्यवसायाको शुरुवात गरे । बिभिन्न सिनेमाको कलाकार पुजा शर्मा देखि अश्लिषा ठकुरी जस्ता नायिकाको साथमा  सिनेमा प्रदर्शन पनि भए ।

बिगत १० वर्ष सम्म पोल्यान्ड एन आर एन ए मा अध्यक्ष भएर काम गरेका डा बोधराज सुवेदी 2017 मा संरक्षक पदमा मनोनीत भए भने एन आर एन ए   पोल्यान्डमा गोपाल राइको अध्यक्षतामा  एन आर एन ए पोल्यान्ड समिती गठन भयो ।

इनास पोल्यान्डमा पुन श्री कृष्ण न्यौपानेको अध्यक्ष भए भने इनास युरोपियन नाच प्रतियोगितामा पोल्यान्डकी  बाल कलाकार अपि न्यौपानेको डेन्मार्कमा सहभागी भएर आफ्नो नाच  उत्कृष्ट प्रदर्शन गरिन्

समय समयमा एभरेस्ट लन्ज रेस्टुरेन्ट लेगिनोभ , हिमालय यति रेस्टुरेन्ट सिद्दार्थ रेस्टुरेन्ट मन्डला रेस्टुरेन्ट  कार्चेभ चिकेन कम्पनी उज जस्ता ठाउहरुमा बिभिन्न समयमा  नेपाली सास्कृतिक कार्यक्रमहरु सम्पन्न भए

उजमा स्नेहा रेस्टुरेन्ट लगायत अन्य ठाउमा पनि  नेपाली संस्कृति सम्बन्धी कार्यक्रम सम्पन्न भए

पोज्नान स्टेचिन जस्ता क्षेत्रमा नेपाली विद्यार्थीहरु तथा नेपाली कामदारहरुको आफ्नै किसिमले कोठामा अनौपचारिक कार्यक्रम सप्पन्न  भए

पानी अभियानमा सरकारले पनि साथ दिन शुरु गरेको र फेसबुक स्ट्याटसबाट शुरूवात भएको पानी अभियानले सार्थकता पाएकोले पानी अभियानकर्ताद्दारा केहि भिष्म प्रतिज्ञा फिर्ता लिए

जनसम्पर्क समिती अध्यक्ष डा एलिनी पोखरेल सुवेदी र एन आर एन पोल्यान्डका संस्थापक अध्यक्ष डा बोधराज सुवेदीको रचनामा नेपाली जन्मोत्सव गीत तयार भै फ्र्यान्कफर्टमा विमोचित भो ।

प्रवासी मंच पोल्यान्डमा टंक कटुवाल एक कार्यकाल समापन गर्दै उक्त समितिमा  लक्ष्मी भट्टराई निर्वाचित भए उक्त कार्यक्रममा  एमाले केन्द्रीय सदस्य रामकुमारी झाक्रीको आगमन भएको थियो । साथै प्रवासी मन्च पोल्यान्डबाट तिहार कार्यक्रम को साथै नाच तथा गायन प्रतियोगिता सम्पन्न भएको थियो ।

बिक्रम महर्जनद्दारा दाङको दुई आखा नदेख्ने दृस्टीविहिन बालिकाको नामामा रु १ लाखको अक्षय कोष खडा गर्न एस एम एस सर्भिस फर यु लाई अधिकार प्रदान गरेका थिए ।

एन आर एन पोल्यान्डको युरोपियन भेलामा फ्र्यान्कफर्ट सहभागी र अध्यक्ष द्दारा पानी एवं स्वास्थ्य मुद्दा उजागर साथै पानी अभियानको भिडियो रिपोर्ट सार्वजनिक गरिएको थियो   ।

एन आर एन पोल्यान्डले राखेको दशै भेट घाट कार्यक्रममा उल्लेख्य नेपालीहरुको जमघट थियो र त्यहाँ पनि सान्स्कृतिक कार्यक्रम राखिएको थियो ।

भलिबल खेल र फूटबल खेलमा नेपाली विद्यार्थीहरुको आकर्षण पनि यो वर्ष उल्लेख्य देखियो

लगभग झन्डै झन्डै हरेक महिना सिनेमा प्रदर्शन पनि भयो ।२०१७ पोल्यान्डमा नेपाली सिनेमाहरुको उर्वर भुमी हुन गएको थियो ।नेपाली सिनेमा सिनेहलमा  लिएर  प्रदर्शन गराउने शुरुवात सुरज कार्कीले गरेका थिए ।

घुम्ती नेपाली भाषाको शुरुवात २०१७ मा भएको छ । यसको शुरुवात एस एम एस सर्भिस फर यु ले पोल्यान्डमा गरेको छ ।

पर्यटन बोर्डको र ट्राभल एजेन्सीको आयोजनामा

कार्यक्रम  वारसवामा सम्पन्न भएको थियो ।उक्त कार्यक्रममा झन्डै ४० जना पोलिश ट्राभल एजेन्सिहरुको आगमन भएको थियो ।

युवा नेपाली विद्यार्थी टि पि अधिकारीलाई उनको खगोल सम्बन्धीको रिसर्चलाई विशेष पुरस्कार प्राप्त भएको थियो ।

कलिउड देखी वलिउड सम्मकी चर्चित नायिका मनिषा  कोइरालासितको जन सम्पर्क समिती   पोल्यान्डको आयोजनामा नेपाली भेटघाट कार्यक्रम सप्पन्न भएको थियो ।

विभिन्न संघ संस्था द्दारा नेपालमा बाढिपिडितलाई आ आफ्नै तरिकाले एन आर एन देखी व्यक्तिहरुले विभिन्न माध्यमबाट  सहयोग गरेका थिए । नेपाल बाढिपहिरो तथा भुकम्पले रोएको बेला पोल्यान्ड रहेका नेपाली समुदाय पनि रोएका थिए ।

एन आर एन पोल्यान्डको आयोजनामा नेपाली दूतावास जर्मनी बर्लिन सित अन्तर्कृया कार्यक्रम सम्पन्न  भो उक्त कार्यक्रममा महामहिम राजदूत रमेश प्रसाद खनाल प्रमुख अतिथी हुनुहुन्थ्यो साथै एन आर एन पोल्यान्डद्दारा गलत बिज्ञापन दिने कम्पनीहरुको बारेमा पत्र लेखेर नेपाली दूतावास  बर्लिनमा पत्र बुझाउदै ध्यानाकर्षण गराएको थियो ।

पोल्यान्डबाट झन्डै ८ जना   एन आर एन विश्वसम्मेलनमा सहभागी एन आर एन पोल्यान्डका महासचिव  तथा इनास पोल्यान्डका अध्यक्ष श्री कृष्ण न्यौपाने एन आर एन एवं इनास विश्वसम्मेलनमा सहभागी भै आफ्ना धारणा प्रस्तुत साथै इनास सम्मेलनमा पानी अभियानको नारालाई उजागर गर्ने प्रयास गरिइएको थियो ।

यी लगायत बिभिन्न संस्था समुह एवं रेस्टुरेन्टको आयोजनामा तीज कार्यक्रम , दशै कार्यक्रम , तिहार कार्यक्रम नयाँ वर्ष कार्यक्रम कृश्मस कार्यक्रम धेरै ठाउँमा सम्पन्न भए ।

पानी अभियानकर्ता मित्रलाल पार्दे इनास ग्लोबल उपाध्यक्षमा मनोनित साथै इनास ग्लोबल विधान समितिमा पनि संयोजकमा मनोनित

मित्रलाल पार्देद्दारा अगाडि सारिएको मुद्दा त्रिशुली पर्खाल अभियानमा विभिन्न वहस शुरु र एन आर एन केन्द्रको त्रिशुली सुरक्ष्या सम्बन्धी चासो राखेको जानकारी   प्राप्त भएको थियो

पोल्यान्डमा केहि गजलकारहरु साहित्यकारहरु साइकलयात्रीहरु कलाकारहरुको आगमन पनि 2017 मा भैरहेको थियो  ।

एक नेपाली चेलीको पोल्यान्ड  जेलमा परेको बेला भाषा आदि इत्यादि समस्या डा बोधराज सुवेदीको पहलमा समाधान गराइ नेपाल फर्किएकी थिइन् ।

एन आर एन पोल्यान्डको पहलमा  विक्रम भन्डारीको ट्राभल डकुमेन्ट जर्मनी दूतावास बर्लिनबाट मगाइ नेपाल फिर्तिमा सहजिकरण भएको  थियो ।

 

 

(तपाइहरु कसैको कुनै कार्यक्रमबारे 2017 भरि  भएको  जानकारी दिनुपरेमा र कुनै व्यक्ति वा संस्था वा कम्पनी कसैले पनि  आफुले  गरेको सामाजिक कामबारे यथार्थ  जानकारी दिनुपरेमा इमेल polandnepal17@gmail.com इमेलमा प्राप्त खबर हामी पोल्यान्ड नेपालमा प्रसारित गर्नेछौ । इमेलमा प्राप्त खबरहरुलाई विशेष चासो राख्नेछौ  )

Email ;polandnepal17@gmail.com

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.