वैदेशिक रोजगारमा जानेहरु महिनामा तीस हजार नाघे

चालू आर्थिक वर्षमा वैदेशिक रोजगारीमा जानेको संख्या निरन्तर बढेको पाइएको छ । कात्तिक महिनामा मात्रै वैदेशिक रोजगारीको लागि जानेको संख्या ३० हजार नाघेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । कात्तिक महिनामा संस्थागत रुपमा वैदेशिक रोजगारीमा जानेको संख्या २८ हजार पाँच सय २२ जना पुगेको छ । त्यस्तै व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जानेको संख्या ६६२ जना रहेको छ भने ईपीएस पास गरेर कोरिया जानेको संख्या ३५१ जना रहेको विभागले जानकारी दिएको हो । वैदेशिक रोजगारीमा प्रतिमहिना करिब २० हजारको हाराहारीमा नेपाली युवाहरु विदेशिने गरेको भए पनि चालू आवमा वैदेशिक रोजगारीमा जानेको संख्या अत्यधिक भएको विभागले जारी गरेको तथ्याङ्कले देखाएको छ ।

कात्तिक सम्मको तथ्याङ्क अनुसार ४ महिनामा एक लाख ४४ हजार नौ सय १८ युवा वैदेशिक रोजगारीका लागि गइसकेका छन् । कात्तिक महिनामा नयाँ कामका लागि विदेश जानेको संख्या बढेको विभागले जानकारी दिएको छ । अघिल्लो वर्षको तुलनामा चालू आवमा संख्यागत रुपमा श्रम स्वीकृति लिनेको संख्यामा वृद्धि भएको विभागले बताएको हो । असोज सम्मको तथ्याङ्कमा गत वर्षभन्दा नयाँ कामको लागि विदेश जानेको संख्या कम देखिए पनि कात्तिक महिनामा नयाँ कामदारको संख्या बढेको पाइएको हो । चालू आवमा खाडी मुलुक र मलेसिया मात्रै नभई युरोपेली देशहरुमा पनि श्रम स्वीकृति लिनेको संख्यामा धेरै पाइएको हो । पोल्यान्ड, यूके, रोमानिया, पोर्चुगल लगायतका देशहरुमा नेपालीहरु जाने क्रम यो वर्ष बढेको समेत विभागले जानकारी दिएको छ । कात्तिक महिनामा मात्रै करिब एक हजार नेपालीहरुले युरोपेली देश जानको लागि श्रम स्वीकृति लिएका छन् । विभागले एक सय १० भन्दा बढी मुलुकमा श्रम स्वीकृति दिएर कामदार पठाउँदै आएको छ । अफगानिस्तानलाई केही महिना बन्देज लगाए पनि मेनपावर व्यवसायीहरुको दबाबमा सरकारले पुनः खुल्ला गरेको थियो ।

आर्थिक दैनिकबाट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.