अमेरिका सबैभन्दा शत्रुता हुने २ चीज : उम्मेदवार भएमा र घर बहालमा दिएमा

FB_IMG_1514228984455

विजय थापा इनेप्लीज निउज अमेरिका (http://enepalese.com/2017/12/160132.html)

,भनिन्छ ,बिदेशिएका नेपालीहरु मिल्दैनन् l एक आपसमा राम्रो सम्बन्ध हुदैन । उनीहरु सदैव कुकुर र बिरालो झैँ गर्छन । यस्ता ईत्यादीको आरोप प्रत्यारोप हामीलाई लाग्ने गर्छ । हुन् पनि हो ,नेपालीहरु जहाँ गए पनि कलह ,झगडा र बोलचाल नै बन्द गर्ने अवस्था पनि देखिन्छ ।

अनेक कारण बाट नेपाली नेपाली बीच झगडा हुने गर्छ । तर पनि माथि उल्लेख गरिएको २ चीजहरु बाट बच्न सके सुनमा सुगन्ध हुने पक्का छ । यी दुई चिजहरु बाट टाढा रहे परदेशमा हामी मिलेर जान सक्छौ ।उदाहरण पनि बन्न सक्छौ ।

यो पंक्तिकारले एक दशक अवधिमा अमेरिकन दैनिकी जीवनमा घटेका र अनुभूत गरेका कुराहरु पाठक वर्गलाई पस्कन चाहन्छु । कसै संग मेल खाएमा संयोग मात्र हुने छ । यस्ता घटना घट्दै छन् र कैयौ घटेका छन् । यो अमेरिकामा मात्र सीमित छैन । जहाँ जहाँ नेपालीहरुको वस्ती छ त्यहाँ यो समस्या हुन् सक्दछ ।

अमेरिका कोही आउन चाहनु हुन्छ भने एक पटक घोत्लिनु आवश्यक छ । यदि यहाहरुले यस कुरामा ध्यान दिनु भयो भने अमेरिकामा तपाईको कोही पनि दुश्मन हुदैनन् ।

सम्भवत यस्ता कुरा बाट बच्न र आनन्दमय जीवन व्यतित गर्न अमेरिका लामो समय देखि बसोबास गर्ने र छिरेका मानिसहरु यी दुई चिज बाट टाढा नै रहेका छन् । कुनै पनि संघ/सँस्थाको उम्मेदवार भए पछि अचानक शत्रु बढ्ने हुन्छ । चुप लागेर बस्नु भयो भने कसैले केही भन्दैन ।

झन् तपाई कुनै पनि संघ/संस्थाको कुनै पदमा तर ज्यादा अध्यक्ष पदमा उठ्नु चाहनु हुन्छ भने तपाईको दुश्मनी र शत्रुता त्यसै दिन देखि सुरु हुन्छ । आराम र आनन्द सँग अमेरिकामा दिनचर्या बिति रहेको अवस्थामा आफ्ना साथीभाई र हितैषीहरु पनि गुमाउनु पर्ने हुन्छ ।

जुन पेशामा यहाँको छवि र व्यक्तित्व हुन्छ ,अध्यक्ष लगायत अन्य माथिल्लो पदमा उम्मेदवार दिने बित्तिकै दुश्मनी बढ्ने ,धब्बा लगाउने तथा नकारात्मक टिका टिप्पणी हुने आदि कुराहरुले प्राथमिकता पाउछ । विना बित्थामा तपाई को टाउको दुखाई हुन्छ ।

फेरी यस्को अर्थ यो हैन कि अन्य पदमा उठ्नै नपाउने भन्ने आशय कदापी हैन । अमेरिकामा कमाउन र आर्थिक सम्पन्न हुन् हामी आएकोले सरल जीवन यापन चलाउन चाहनेले यस्ता कुरामा समय खर्च नगर्दा नै उत्तम हुन्छ । निरुत्साहित गर्ने उद्धेश्य हैन । शत्रुता कमाउन छ भने जुन पदमा उठे पनि लुतो नकन्याई ।

अर्को चिज भनेको आफ्नो घर नेपालीलाई नै घर बहाल /घर भाडामा दिँदा सर्बाधिक वादविवाद ,झगडा ,दुश्मन ,शत्रुता ,वैमनस्यता बढ्ने निकै संभाव्यता रहन्छ । किन यस्तो हुने गर्छ आखिरमा ? अमेरिकामा घर बहालमा दिने घरमूली/घरधनी तथा भाडामा बस्ने बीच अत्यधिक झगडा हुने गर्छ । बिभिन्न कारणबाट वादविवाद भएता पनि अन्तिममा अधिकांश बीच बोलचाल बन्द हुने हुन्छ ।

भै रहेको सुमधुर सम्बन्ध चिसिन गै एक आपसमा उत्तर र दक्षिण ,पूर्व र पश्चिम फर्कने अवस्थाको सृजना पनि हुन्छ । आफ्नै घर बहालमा बसेको मानिस र बहालमा लगाएको मानिस बीच स्थाई शत्रुता हुन् गै जीवन भर नै बोलचाल बन्द हुने पनि अवस्था देखिन्छ ।

आखिरमा किन यस्तो हुन्छ ? किनभने अमेरिकामा घरधनी भन्दा घर बहालमा बस्ने मानिस नेपालमा सम्पन्न र धनाढ्य हुन् सक्ने ,घर बहालमा राखेर कमाई खाएका र राम्रो बन्दोबस्त भएका हुने हुँदा कन्सिरी अलिकति केहि भन्दा खप्न सक्दैनन् अनि कलह र असमझदारी बढ्छ । घरमूलीले पनि अनेक कुरा लाद्ने र आफुले उपयोग गरेको पनि भाडावालालाई नै तिर्नु पर्छ भन्ने दबाव दिने हुँदा एक आपसमा टक्कर हुने र सम्बन्ध चिरा पर्ने हुन्छ ।

घरमूली र घरवालाको सम्बन्ध कुकुर बिरालो झैँ हुन्छ । घरभाडा वालले नेपालमा आफ्नो हैशियत सम्झछन् ।
घरधनीको व्यवहार सहन सक्दैनन् । यस्तै गरि घरभाडावालको पनि धाक र रवाफ घरमूलीलाई पच्दैन अनि आगोको झिल्को सुरु हुन्छ । अन्तत्वगत्वा घर छोड्ने र छोड भन्ने सम्म वादविवाद हुन्छ । अमेरिकामा हरेक हप्ता या पाक्षिक रुपमा तलब पाक्ने हुनाले मासिक रुपमा राखे पनि नेपालमा जस्तै ढिलो र तोकेको समय भित्र दिन आलटाल गर्दा असमझदारी बढ्छ । एकल घरमा घर बहाल दिंदा र एकैछत मुनि या आफूले उपयोग गरेका कोठाहरु घर बहालमा दिंदा रडाको पनि मचिन्छ ।

आफ्नो छुट्टै घर भएका घरमूलीलाई ज्यादा फरक नपर्ने हुन्छ किनभने कानूनी रुपमा सम्झौता गर्नु पर्ने भएकोले घरमूली र घर भाडावाल बीच त्यति सम्बन्ध चिसिने हुदैन । एकै घरमा सम्झौता भन्दा पनि मौखिक समझदारी बिग्रन गै समस्या उत्पन्न हुन्छ ।

अमेरिकामा अधिकांश भाडामा बस्ने र घरमूली बीच सम्बन्ध राम्रो भन्दा पनि नराम्रो हुन्छ । यस कुराको ख्याल गर्दै अधिकांश नेपालीले नेपालीलाई घर भाडामा दिदैनन । घर भाडामा बस्ने ले पनि नेपाली कै घर भन्दा अन्य देशका बिदेशी मानिसहरु कै खोज्ने गर्दछन
। नेपाली नेपाली बीच निजी ,गोप्य सबै कुरा को पर्दाफास र भण्डाफोर समेत हुने हुनाले नेपालीले नेपालीलाई घर बहाल दिदैनन । नेपालीले बिदेशी भाडावाल खोजि रहेको हुन्छ भने भाडामा बस्न चाहनेले पनि नेपाली बाहेक नै खोजि रहेको हुन्छ ।

यसको अर्थ यो हैन कि सबै नेपाली एकै ड्याङ्गका मूला भन्ने चै हैन । उदाहरण बन्ने घरमूली र घरभाडावाल पनि छन । यदि हामी बीच सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्ने हो भने र नेपाली नेपाली भएको नाताले यस्ता कुरा बाट बच्न ,एकता र आपसी मेलमिलाप कायम राख्ने हो भने ठुलो हृदय बनाउनु पर्ने हुन्छ । फराकिलो मस्तिष्क पार्नु पर्ने हुन्छ ।

यस्ता तुच्छ विचार ,साँघुरो सोचाई लाई त्याग गरेर उदाहरण बन्न सक्नु पर्ने अपरिहार्यता पनि भएकोले यस्ता कुरामा विचार गरे हामी सबैको भलो हुन्छ ।

अब अध्यक्षमा उम्मेदवार दिने हो त ? के घर बहाल खाली छ त ? आऊ म बस्न ? ———————–
श्रोत http://enepalese.com/2017/12/160132.html

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.