पोल्यान्डमा बिगत १० वर्ष देखि बस्दै आएका बिक्रम महर्जनले यी आखा कमजोर भएका आखा नदेख्ने दुई बालिकाहरु अस्मिता सुवेदी र जानका सुवेदीको नाममा पढाइ लेखाइमा सहजता होस् भनेर रु एक लाखको अक्षय कोष खडा गर्ने घोषणा गरेका छन् ।
यदि दुई यी बालिकाले राम्रोसँग पढ्दै गएमा अरु पनि थप्न सकिने जानकारी गराएका छन् ।जुन स्कूलमा पढ्छन् त्यही स्कूलको नाममा यी बालिकाहरुको पढाइलेखाइको लागि उक्त अक्षयकोष खडा गरिने जानकारी बिक्रम महर्जनले गराएका छन् ।
स्मरण रहोस् एस एम एस सर्भिस फर यु को पहलमा उक्त अक्षयकोष खडा गरिन लागेको हो । यदि यी बच्चाहरुले राम्रोसँग पढेमा पछि पनि उनिहरुको शिक्षाको लागी सोच्न सकिने जानकारी विक्रम महर्जनले गराएका छन् । विक्रम अक्षयकोषबाट उक्त यी बच्चाहरु पढ्ने स्कूल घोराही ४ सुनपुर दाङमा आखा नदेख्ने दुई बच्चाहरुको लागि पढाइदिने जानकारी दिएका छन् ।
स्मरण रहोस् यस कार्यको लागी र अक्षयकोष खडा गर्नको लागी यो पंक्तिकार मित्र लाल पार्देलाई 1250 ज्लोटी झन्डै ३५००० पनि दिइसकेका छन् ।
बिक्रम महर्जनको यस कार्यको लागि पोल्यान्ड नेपाल सलाम गर्दछ ।