पोल्यान्डमा प्रकाशित जेनिक गजेता अनुसार पोल्यान्डको श्रम बजारमा युक्रेनियन वा युरोपियन मात्रले कामदार नपुग्ने हुँदा एशियन बजारबाट पनि पोल्यान्डमा कामदार भित्रिएका छन् ।
द निउज पोल्यान्डले जनाए अनुसार एशिया मुलुकमा नेपाल बङलादेश ईन्डियाबाट कामदारहरु दिनप्रतिदिन बढिरहेका छन् । २०१७ मा कामदार भिजामा कागजपत्र पेश गर्नेहरु धेरै जसो एशियन बजारको इन्डिया नेपाल बाङ्लादेश परेका छन् ।
पोल्यान्डको युवाहरु अरु देशमा कामको खोजिमा जाने र यहाँको कमाइ थोरै भएको हुँदा पोल्यान्ड छोडेर अवसरको खोजिमा धेरै जसो पोलिश युवाहरु अन्य देशमा पनि पुगेका छन् ।
त्यसो त पोल्यान्डको श्रम बजारमा अहिले पनि युक्रेनीहरुको संख्या अत्यधिक छ तथापि उनिहरुको माग संख्याले पोल्यान्डमा श्रम बजार पुरा हुन सक्दैन । पोल्यान्डको जेन्निक गजेता प्राव्ना पत्रिकामार्फत रिक्रुट मेन्ट एजेन्सी मार्चिन कोजिएइजिकको भनाइ प्रकाशित गरेको छ ।
मार्चिन कोजियक भन्छन् पोल्यान्डले विशेष त युक्रेनी कामदारबाट धेरै जसो मात्रामा आफ्नो श्रममाग पुरा गरेको थियो । अब युक्रेनी लगायत पुर्वी युरोपियन देशका कामदारबाट मात्रै श्रम माग पुरा हुन सक्दैन । जेन्निक गजेता प्राव्निक र निउज पोल्यान्डमा प्रकाशित प्रकाशित समाचार अनुसार रिक्रुटमेन्ट एजेन्सिका मार्चिनले भने ” पोल्यान्डमा कामदारको आवश्यक्ता पर्ने क्षेत्रहरु कृषि , माछा , मासु र फलफुल क्षेत्रहरु हुन दुइ चार वर्ष अघि यी क्षेत्रहरुको श्रम माग पुर्वी युरोपियन देश युक्रेनी लगायत अन्य देशका कामदारहरुबाट पुरा भएको थियो भने अब त्यो अवस्था रहेन ।