अबको केहि महिनापछि मस्कोमा विश्वकप फुट्बल खेल शुरु हुदैछ । पोल्यान्ड समुह एच मा परेको छ खेल सम्बन्धी पोल्यान्डको समुह सम्बन्धि नया पत्रिकामा 2074 मंसिर 17 गते प्रकाशित पत्रकार दिपक अधिकारीको एक रिपोर्ट ,,,,
पोल्यान्ड, सेनेगल, कोलम्बिया, जापान
समूह ‘एच’ मा रहेका देश झन्डै–झन्डै उस्तै क्षमताका देखिन्छन् । अहिलेसम्म विश्वकपमा ठूलो सफलता नपाएका पोल्यान्ड, सेनेगल, कोलम्बिया र जापानमध्ये कोलम्बिया र पोल्यान्ड दोस्रो चरणमा जाने सम्भावना देखिन्छ । गत संस्करणमा क्वार्टरफाइनलसम्म पुगेको कोलम्बिया यसपटक जेम्स रोड्रिग्वेज, राडामेल फाल्काओ, हुआन काउड्राडोजस्ता राम्रा खेलाडीका साथ रुस जाँदै छ । यता, छनोट चरणमा सबैभन्दा बढी १७ गोल गरेका राबर्ट लेवेन्डोस्कीको नेतृत्वमा पोल्यान्ड पनि बलियो देखिन्छ । सन् २००६ पछि पहिलोपटक विश्वकपमा छनोट भएको पोल्यान्ड युरोपेली क्षेत्रको छनोटमा समूह ‘ई’को विजेता हो । २००६ को पहिलो सहभागितामै नतिजा निकालेको सेनेगल त्यसको निरन्तरता चाहन्छ । यस्तै, एसियाको बलियो देश मानिने जापान पनि दोस्रो चरणमा पुग्ने प्रयासमा हुनेछ । लगातार छैटौँपटक विश्वकप खेल्ने एसियाली राष्ट्र हो, जापान । एसियाली क्षेत्रको छनोटमा समूह बीको विजेता बनेको जापानले सन् २००२ मा घरेलु मैदानमा भएको विश्वकप र त्यसपछि २०१० मा भएको विश्वकपमा समूह चरण पार गरेको थियो ।
Advertisement