(पोल्यान्ड नेपालमा प्रकाशित कुनै पनि लेख रचनाहरु प्रेषित गर्ने सम्बन्धित व्यक्तिको विचार हुनेछ । पोल्यान्ड नेपालमा तपाईंहरु पनि आफ्नो लेख रचना समाचार भिडियो पठाउन सक्नुहुनेछ । )
EMAIL :POLANDNEPAL17@GMAIL.COM
केही वर्ष अघि पोल्यान्डको टेम्पोररी कार्ड अप्लाई गर्दा सम्बन्धित व्यक्तिले तिरेको पानीको बिल देखि ग्यासको बिल र कोठाको जमलधमानी माग्ने गर्दथ्यो । तर पछी केही सुधार गरेको थियो पोल्यान्ड सरकारले । त्यही सुधार गरेको नियममा टेकेर केही व्यक्तिहरु घर भाडा नतिरेर हिंड्ने प्रचलन बढिरहेको छ । यद्दपी घरबेटिले सम्बन्धित निकायमा खबर गरेमा पोल्यान्ड इमिग्रेसनले अनावश्यक कागज मागेर दु:ख दिन सक्छ । समयमै काम नहुन सक्छ । त्यसै गरी केही घर धनीहरुले सिधै बिदेशिलाई बस्न दिदैनौ भनेर घर बिज्ञापन निकालेको पनि पाईन्छ । अर्कोतिर बिदेशिहरु नै घरवेटिलाई भाडा नतिरेर हिड्दा अवश्य पनि बिदेशीहरु माथि हेर्ने दृष्टिकोण फरक हुन्छ ।
स्मरण रहोस् हालैका दिनहरुमा पोल्यान्डमा बिदेशीहरुको संख्या अत्यधिक मात्रामा बढिरहेको छ र बिदेशी भन्दा वित्तिकै हत्त न पत्त कोही कोही पोलिश घर धनीहरु कोठा दिन मान्दैनन् । कोठा अपार्ट्मेन्ट दिहालेमा कम्तिमा एक वर्षको कन्ट्र्याक्ट धेरै जसो घर धनीहरुले दिने गर्छन् । पहिले पहिले डिपोजिट त्यती नलिने घर धनीहरु भनेको समयमा भाडा नतिर्ने प्रव्रितिले शुरुमै डिपोजिट लिन थालेका छन् । अपार्टमेन्ट पनि धेरै महँगो बनाइसकेका छन् । त्यसो त घरबेटिहरुले पनि नियम अनुसार बसेकालाई छोड्नेबेला बिभिन्न बहाना बनाएर डिपोजिट नदिने पनि गर्दछन् । इमिग्रेसन अफिसमा पहिले जसरी शंका लाग्यो भने माग्थ्यो त्यसैगरि अहिले पनि आफु बसेको ठाउको भ्याट बिल इमिग्रेसनले माग्नुपर्छ भन्ने केही जमातहरु पनि निस्किएका छन् । तर जे होस घरमा बसेर भाडा नतिरेर हिंड्ने प्रव्रितिले जुन देशको नागरिक होस् त्यो देशको नागरिक मात्र होइन देशको नै बेइज्जेत भने अवश्य हुन्छ ।
आफ्नो साथी भनेर कोठामा राख्यो , दु:ख पायो भनेर राख्यो , घरबेटिलाई थाहा नदिएर बिचरा भन्यो तर बिचरा भनेर कोठामा आउनेले पछि उल्टै बदमासी गरेपछी हामीलाई हत्त पत्त कोही प्रति विश्वास लाग्न छोडेको छ । कोठामा आउने साथीले हामीले डिपोजिट दिएको कोठामा आउने , साथी भनेर राखिन्छ , । राम्रो नियतले बस्ने भए त सहयोग गर्न पनि मन लाग्छ । कोठामा बसेर उल्टे अनावश्यक घरवेटिको तनाब बेहोर्नु पर्छ भने किन राख्ने अब त दु:ख पायो भनेर कोठामा लिएर राख्ने मन लाग्दैन भनेर पोल्यान्ड बस्ने केही व्यक्तिहरुले पोल्यान्ड नेपाललाई बताएका छन् ।