सिने कलाकारको साथमा “प्रेम गीत २” वारसवामा प्रदर्शन हुँदै

received_1785671014776936
नयाँ वर्ष तथा कृष्मसको सन्दर्भ पारेर वारसवामा प्रेम गीत २ यहीँ शनिबार प्रदर्शन हुन लागिरहेको छ ।
बिगत एक वर्ष देखि पोल्यान्डमा सिनेमा लगातार प्रत्येक महिना सिनेमा हलमा प्रदर्शन भैरहेको छ ।
“प्रेम गीत २” डिसेम्बर महिनामा प्रदर्शन हुन लागेको कृषमसको अवसरमा धेरैको २४ र २५ बिदा मिल्ने भएकोले २३ गते उक्त सिनेमा प्रदर्शन गराउन लागेको जानकारी पोल्यान्ड नेपाललाई सिनेमा प्रदर्शन व्यवस्थापक सुरज कार्कीले गराएका छन् ।
सन्तोष सेनको मुख्य भुमिका नायक एवं फिल्म प्रड्युसर तथा अश्लिषा ठकुरी नायिकाको भुमिका रहेको प्रेम गीत २ उनै कलाकारहरुको साथमा बसेर पोल्यान्डमा दर्शकहरुले हेर्न पाउने भएका छन् ।
स्मरण रहोस् प्रेमगीत २ का कलाकारहरु सिनेमा प्रदर्शनको लागि पोल्यान्ड उडिसकेको र यहीँ डिसेम्बर २२ मा पोल्यान्ड आईपुग्ने जानकारी पोल्यान्ड नेपाललाई प्राप्त भएको छ ।

अत कलाकारहरूको साथमा रहेर सिनेमा प्रदर्शन गराउदा दर्शकहरुले भरपुर मनोरञ्जन लिन सक्ने जानकारी कलिउड पोल्यान्ड आयोजकले दिएको छ ।
स्मरण रहोस् उक्त फिल्मबाट प्रती टिकट २ ज्लोटी पोल्यान्डमा नेपाली भाषा सिकाई कार्यक्रमलाई सजिलो होस् भनी सानो सहयोग गर्ने घोषणा कलिउड पोल्यान्डका कार्कीले अगाडि नै गरिसकेका छन् ।
सिनेमा डिसेम्बर २३ गते किनो लुना वारसवा राती १० बजे सिने कलाकारकै साथमा प्रदर्शन हुन गैरहेको छ । सिने कलाकार सित बसेर सिनेमा हेर्न आयोजक पक्षले हरेक सिने तथा कलाप्रेमी व्यक्तिहरूलाई अनुरोध गरेको छ ।
received_1785670294777008

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.