हालै पोल्यान्डमा नयाँ प्रधानमन्त्री म्यात्युश मोराविच्की मनोनित भएका छन्

received_1839276636090737
अङ्ग्रेजी र जर्मनी भाषामा राम्रो दक्खल राख्ने म्यात्युस मोराविच्कीले डिसेम्बर ११ तारिक देखि पोल्यान्डमा नयाँ प्रधानमन्त्री पद सम्हालेका छन् । उनि भन्दा अघि पोल्यान्डमा महिला प्रधानमन्त्री बिता सिदोले प्रधानमन्त्री पद संहालेकी थिईन् ।
पोल्यान्डको इतिहासमा तीनवटा महिला प्रधानमन्त्री भएका छन् ।
महिला प्रधानमन्त्री सिदोको कार्यकालमा मुख्यतया पोल्यान्डमा आर्थिक उन्नति अगाडि बढ्न सफल भएको थियो भने इतिहासमै सबैभन्दा बेरोजगारको संख्या अत्यधिक कम भएको थियो । उनले बच्चाहरुको लागी अत्यन्त सकारात्मक ५०० प्लस पोलिश ज्लोटी कार्यक्रम लिएकी थिईन् ।जसको दोश्रो बच्चा हुन्छ त्यसलाई ५०० प्लस कार्यक्रम राखेर प्रति महिना दिने निर्णय कार्यान्वयनमा लिएकी थिइन् । यद्यपि प्रति व्यक्ति ८०० भन्दा कम आमदानी हुनेको लागी एउटा बच्चाको बाबु आमालाई भएपनि उक्त कल्याणकारी कार्यक्रमले सहयोग गरिरहेको छ ।
तर पनि उनको सरकार आलोचित पनि त्यतिकै भो जुन उनले गर्भपतन पुर्णतया बन्द , मिडियालाई सरकारको अधिनमा राख्ने योजनाको प्रयासमा अत्यधिक आलोचित भइन् ।साथै मास विरोध पनि उनले सहन गर्नुपर्यो न्यायिक क्षेत्रमा राजनितिक पार्टीहरुको अधिकरणले पनि विभिन्न ठाउँमा मास प्रदर्शनहरु भए ।

नया प्रधानमन्त्री मोराविच्की प्रति विश्लेषकहरु आश गर्छन् उनले बर्लिन र ब्रसेल सित एक उत्कृष्ट साझेदार भएर काम गर्न सक्नेछन् । साथै नया प्रधानमन्त्रीको कार्यकालमा बिशेलेषकहरु कतै देशलाई आर्थिक उन्नतिमा लैजाने निहुमा एक पार्टी निरंकुश निति अगाडी लिने त होइनन् ? आलोचक हरु भन्छन् कतै नयाँ अनुहार लिने नाममा खतरनाक एक पार्टीको मात्र निति त अवलम्वन हुने होइन ।
तर केहि समालोचक भन्छन् अहिले नै यो र त्यो भनेर बोल्नु भन्दा समयले बताउनेछ ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.