रचनाकार :मित्र लाल पार्दे
हस्तिनापुर भन्दा धेरै टाढा ,
कता हो कता ,,
द्रौपदीको शरीर लुटिदैछ ,
हिटलरले रगत तन्काउदैछ ,,
क्षितिज पारीकी डल्ली बेचिदैछ,
हस्तिनापुर नजिकैको काले बेचिदैछ,,
सुन्दैन कसैको कुरा ,
सुन्दैन डल्लीले कसैको कुरा ,,
सुन्छे केवल क्रुर धेरै टाढाका शकुनीहरुको भाईबर ,
सुन्छ काले केवल मात्र फेस्बुक मेसेन्जर ,
किन कि उसलाई सपना सुन्न मन लाग्छ ,,
किनकी डल्लीलाई सपना देख्न मन लाग्छ ,
सपना सुन्न र देख्न मजा मान्नेहरुको देशमा,,
एउटा कालो सर्प ,
अर्को हरियो सर्प ,,
अध्यारो कोठामा सुटुक्क पसेका छन्,
अध्यारो कोठामा बत्ती बाल्छु भन्दै लाइटर बोकेका छन् ,,
उनिलाई के थाहा ,
त्यो लाइटरले बत्ती बाल्ने होइन घरमा आगो लगाउने हो,
डल्लीको मनलाई बन मान्छेले बिगारेन ,,
डल्लीको मन सेता बादल पारीका मान्छेले बिगारे ,
कालेको सोच बिहान सधैं पढ्न उठाउने भालेले बिगारेन,,
कालेको मन कोहि पालेहरुले बिगारेन ,
तर सपनाको दौडाइमा हिंडेका काले र डल्लिको मन,
उडन्तस्तरिका सेता मान्छेहरुले बिगारे ,,
राता चिउडाहरुले बिगारे ,
काला हरु सेता मनका थिए तर डल्लीले सुनिन,,
सेताहरु देखिने सेता तर काला मनका थिए तर कालेले सुनेन,
त्यसैले त ,
वास्तविक्तालाई बुझ्ने प्रयास नगर्दा सेतेहरुको विश्वास गर्दा,
ठुला शहरहरुको बिचमा डल्लीले तिघ्राको ब्यापार गर्दै छे रे ,
न्युटन आइन्स्टाइन हुन सक्ने काले सिध्राको ब्यापार गर्दैछ रे,,
त्यही नमिल्दो ब्यापार टुलु टुलु हेरिरहेका छन् ,
आधुनिक भिष्म पितामहहरु,,
हस्तिनापुरको नाममा ,,
नत कौरबलाई रोक्न सक्ने ,नत द्रौपदिको इज्जत रोक्न सक्ने,
तर आँफै रोएर मरिरहेका छन् आधुनिक भिष्म पितामहहरु,,
नत अहिले कृष्ण छन् ,नत अर्जुन छन् ,नत कौरव छन् ,
न त हस्तिनापुर छ ,,
तर हस्तिपुर भन्दा धेरै टाढा दर्जनौ हस्तिनापुरमा ,
द्रौपदीजस्ता डल्लीहरुको चिर हरण भइरहेको छ ,,
आफ्नै सेतो मनको कालो अर्जुन नातिको बाणले होइन ,
हस्तिनापुर भन्दा धेरै टाढा कालो मनका सेतेहरुको
स्लो पोइजनमा परेर ,
चुपचाप चीरहरण हेर्छन् मात्र आसु निकाल्छन् ,,
आफ्नै त्यही आसुमा डुबेर मर्छन आधुनिक भिष्म पितामहहरु । ।