बिदेशिएका युवा मित्र लाल पार्देको पानी अभियान अगाडि बढिरहेको र उक्त अभियान देखि प्रभावित भएर स्वदेशमै बसेका एक युवा विकास पान्डेयले म मेरो गाउँ आफै बनाउछु नामक अभियान नाम दिएर पुस्तकालय अभियान उक्त गाउँमा शुरु गरेका छन् । स्मरण रहोस् जापानमा बस्ने बबिता पाण्डेयले पुस्तकालय अभियानमा साथ दिन जापान बस्ने नेपालीहरुलाई आग्रह गरेकी छन् ।
पानी अभियानकर्ता मित्र लाल पार्देसितको कुराकानीमा बबिता पाण्डेयले बताइन् ” दाइ हामी जसरी पनि पुस्तकालय निर्माण गर्ने अभियानमा अगाडि बढ्ने सोच बनाएका छौ । पानी अभियानकबाट प्रेरित भएर उक्त गाउँमा पुस्तकहरु पढ्न बाट कोहि वन्चित नहोउन् भनेर जापानमा केहि नेपाली दाजु भाइ तथा दिदीबहिनीहरु सित कुरा गरेको जानकारी पोल्यान्ड नेपाललाई बताइन् ।स्मरण रहोस् पानी अभियानबाट प्रभावित विकास पान्डेयको यो पबित्र सामाजिक कार्यमा कुनै कमि न आओस् भन्नको लागि पोल्यान्ड नेपाल पनि हरदम के कसरी हुन्छ साथ दिने प्रतिबद्धता व्यक्त गर्दछ ।