एमनेस्टीको रिपोर्ट सार्वजनिक , “नेपाल सरकार पुरै असफल, मेनपावर व्यवसायीहरुको वैदेशिक रोजगार सेवा शुल्क मनपरि “

FB_IMG_1513640220655

हालै एमनेस्टी इन्टरनेसनलको ग्लोबल इस्यु प्रोग्राम डिप्युटी डाइरेक्टर जेम्स लिन्चले जारी गरेको बिज्ञप्ती अनुसार नेपालको सरकार वैदेशिक नितिमा पुर्णतः फेल भएको र व्यवसायिहरुको मनोमालिन्य जति मन लाग्यो त्यति लिएर वैदेशिक रोजगारमा पठाउने कारणले कामदारहरु शोषित र पिडित भएको रिपोर्ट निकालेका छन् । वैदेशिक रोजगारको नाममा अत्यधिक रिन लिएर मेनपावरलाई तिरेको रिसर्च निकालेको छ ।

झन्डै दुई तिहाइ वैदेशिक रोजगारमा जानेहरुले वैदेशिक शुल्कको नाममा अत्यधिक रूपमा गैर कानुनी तरिकाले रकम बुझाएका हुन्छन् भनेर रिपोर्टमा लेखिएको छ ।
एम्नेश्टी इन्टर्नेसनल ग्लोबल इस्यु प्रोग्राम डिप्युटी डाइरेक्टर जेम्स लिन्च भन्छन् “नेपाली कामदारहरु बडो रहस्यमय तरिकाले वैदेशिक रोजगारमा जान लालायित छन् । वैदेशिक रोजगारको नाममा रोजगार एजेन्सीहरुलाई रकम तिर्न रिन लिन बाध्य पारिन्छ ।
ठुलो रिनको भारी बोकेर बिदेश गएकाहरुको घर सिधै फर्कने बाटो हुँदैन बाध्यताको फाइदा धेरै जसो कम्पनीहरुले लिदै धेरै थोरै स्यालरीमा कामदार राख्छन् ।

एम्नेस्टी इन्टर्नेसनका लिन्च बोल्छन् यो मान्छे पठाउने उद्द्योग नेपालमा खुबै फस्टाएको छ यसैको नाममा गैर कानुनी रुपमा वैदेशिक रोजगारको नाममा वैदेशिक रोजगार व्यापारीहरुले झन्डै दुई तिहाइ जतिको वैदेशिक रोजगारको नाममा गैर कानुनी ढङ्गबाट अत्यन्त चर्को शुल्कमा रकम उठाएको पाइएको छ ।
एमनेस्टी अगाडि बोलेको छ तिनिहरुलाई बिदेशमा आइसकेपछी धेरै रिन गरेर आएकाहरुलाई इल्लिगल तरिकाले न्युन भन्दा न्युन रकमको स्यालरीमा लादिएको छ ।

नेपाल सरकारको फितलो नितिको कारणले वैदेशिक रोजगारमा जाने कामदारहरु वैदेशिक रोजगार कम्पनीको गैर कानुनी ढङ्गबाट भएको क्रियाकलापले कामदारहरु मारमा परेको जानकारी एमनेस्टी इन्टर्नेसनलले दिएको छ ।
नेपाल सरकारले वैदेशिक रोजगार सम्बन्धी नितिलाई अत्यन्त प्रभावकारी ढङ्गबाट सम्बोधन तत्कालै गरिनुपर्दछ भनेर अगाडि भनेको छ ।
एमनेस्टी इनटर्नेसनलको 414 जनाको मोबाइलफोन सर्भे अनुसार 88% कामदार पिडित भएको जनाएको छ ।
वैदेशिक रोजगारको लागी अत्यधिक धेरै रकम गाउको ब्यापारी , जमिनदार लगायत व्याजे लगाउनेबाट रिन लिएर कुनै पनि आधार विना एजेन्टलाई तिर्नुपरेको जनाएका छन् ।

उक्त रिपोर्टमा भनिएको छ एजेन्ट्ले भने अनुसारको काम ५३% कामदारले नपाएको पाइहाले पनि कम स्यालरीमा पाएको जानकारी दिएको रिपोर्ट आएको थियो ।
२०१५ मा सरकारले फ्री भिजा फ्री टिकट लागु गरे ता पनि यो नियम पुर्ण तया असफल भएको छ । वैदेशिक रोजगारमा खाडी मुलुकमा जाने व्यक्तिहरूको लागी सेवा शुल्क रु १० हजार मात्र लिन पाउने नियम जारी गरेको थियो । तर त्यो नियम कागजको पानामा मात्र सिमित भएको छ ।

९०% जतिले शुल्क तिरेको कुनै रसिद नदिएको जानकारी एमनेस्टी इनटर्नेसनलले गराएको छ ।एम्नेस्टी इन्टरनेसनलका जेम्स लिन्च आफ्नो रिपोर्टमस भन्छन् ” नेपालको सरकार वैदेशिक रोजगार नितिमा पुर्णतया असफल भएकोले कामदारहारु चर्को शुल्क तिरेर वैदेशिक रोजगारमा जानुपर्दा व्यापारीहरुबाट पिडित छन् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.