https://m.youtube.com/watch?v=Arpu4VVetgo
पोल्यान्डमा बसेर आफ्नो कन्सल्टेन्सी चलाउदै आएका अ्मित कुमार यादवले नेपाल टेलिभिजन २ को एन आर एन कार्यक्रममा अन्तर्वार्ता दिने क्रममा म तीन हजार जतिलाई काममा पठाउन र दिलाउन सक्छु भनेर बताएका छन् । साथै उनले नेपाल टेलिभिजनको उक्त एन आर एन कार्यक्रममा भनेका छन् मेरो बदनाम गर्न अमित यादबलाई अनावश्यक आरोप केहि व्यक्तिहरुले लगाएका छन् र अमितले ह्युमन ट्र्याफिकिङ गर्यो भनेर केहि व्यक्तिहरूले विना आधारको आरोप लगाएको जानकारी पनि दिएका छन् । ती सबै अमित कुमार यादवले गरेको पेशा प्रति डाहा गरेर सबै निराधार हल्ला पिटिएको हो भनेर बताएका छन् ।
साथै उनले एउटा अनलाइन मिडियामा आफुले प्रत्येक वर्ष १०० जनालाई पोल्यान्ड भित्र्याएको जानकारी दिएका छन् । स्मरण रहोस् अमित कुमार यादव पोल्यान्डमा २००६ देखि बस्दै आइरहेका छन् ।