नेपाली समुदायको प्रतिनिधित्व गर्दै, कोपनहेगनबाट १४ वषिर्य बालक “सम्बन्ध भण्डारी” संसारकै ठूलो र प्रख्यात अभिनय कला प्रतियोगिता “प्रिमियर २०१७ डिसेम्बर प्रोग्राम”मा सहभागी हुन जाँदैछन् ।
प्रिमियर प्रोग्राम, ५ वर्ष देखि २० वर्ष उमेर समूहका अभिनय, नृत्य र गायनमा अभूतपूर्व प्रतिभा भएका विश्वभरीका प्रतिभावान बालबालिकहरु छनौट प्रकृयाको एक ख्यातीप्राप्त प्रतियोगिता हो । यो प्रतियोगिता सन २००९ देखि हरेकवर्ष दुईपटक (Dec & July) अमेरिकाको Walt Disney World, Orlando मा आयोजन गरिन्छ । यसका मुख्य सञ्चालक माइकल डेभिड (Michael David) हुन् । प्रिमियरको १९औं श्रृंखलाका लागि गत सेप्टेम्बरमा माइकल डेभिड उनका सहकर्मीहरुका साथ कोपनहेगनको डांगेटरी होटलमा अडिशन लिन आएका थिए । डेनमार्कभरीका लगभग २ हजार प्रतिभावान बालबालिकहरुले भाग लिएको उक्त तीनदिनको प्रतिभा छनौट प्रकृयामा कोपनहेगन निवासी सम्बन्ध पनि सहभागी भएर उत्कृष्ठ १० जनामा छनौट भएका हुन् ।
वाल्ट डिज्नी वल्र्डको डल्फिन रेसर्टमा डिसेम्बर १८ देखि २३ जम्मा पाँचदिनसम्म सम्बन्धले १० प्रकारका विभिन्न भावयूक्त अभिनय प्रस्तुतिहरु दिनेछन् । उक्त प्रतियोगितका लागि सम्बन्धले विगत ४ महिना देखि प्रिमियरकै प्रतिक्षकहरुव्दारा अमेरिकादेखि नै दिइने अनलाईन भिडियो प्रशिक्षण पनि लिएका छन् । अत्यन्त दूर्लभ र महंगा प्रशिक्षकहरु माइकल डेभिड, एलि फ्लानिगन र लोइसा डाहलिनहरुको मार्गनिर्देशन र प्रशिक्षण पाउने सम्बन्धको हलिउड यात्रा सम्पूर्ण नेपालीका लागि एक कोषेढुंगा सावित होस् भनी पोल्यान्ड नेपाल समेत कामना गर्दछ ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
प्रिमियमले, हलिउड फिल्मी उद्योगका ख्यातिप्राप्त निर्देशक र चलचित्र निर्माताहरु समक्ष विश्वका विभिन्न देसबाट छनौट गरेर ल्याएका बालप्रतिभाहरुलाई प्रस्तुत गर्दछ । प्रिमियम, ABC Family, CBS, Nickelodeon, Disney Channel & Disney XD का टेलिसिरियल उत्पादक कम्पनीका कास्टिंग डाइरेक्टर र प्रोड्यूसरहरुका साथ वर्कशप गरेको आधारमा विश्वका प्रख्यात टेलिभिजन कार्यक्रमहरु र अन्य फिल्मी उद्योगहरुमा प्रवेश दिलाउन सफल कार्यक्रमका रुपमा लिईन्छ ।त्यसैले उक्त सो हेर्न विशेष गरि टिभी सिरियल र हलिउडका फिल्म निर्माता कम्पनीहरू दर्शकका रूपमा सहभागी हुन्छन् । विश्वभरीका ५०० भन्दा बढि प्रतियोगीहरु सहभागी हुने उक्त कार्यक्रममा, त्यति नै चलचित्र उत्पादक र निर्देशकहरूको सहभागिता हुन्छ । यसवर्ष डेनमार्कबाट सम्बन्ध भण्डारी पनि प्रयाप्त तयारीका साथ जाँदैछन् ।हालसम्म प्रिमियरमा त्यसरी भागलिन गएका बालप्रतिभाहरू मध्ये ६० प्रतिशतले चर्चित टेलिभिजन सिरियल र सिनेमाहरूमा काम गरिरहेको प्रिमियरको दावी रहेकोले पोल्यान्ड नेपाल पनि नेपाली बालक सम्बन्धको उज्वल भविष्य प्रति शुभकामना प्रकट गर्दछ ।
यस अर्थमा प्रिमियरमा सम्बन्धको सहभागिता नै सम्पूर्ण नेपाली मात्रका लागि एक गौरवको विषय हो जस्तो लाग्छ । त्यसैले, नेपाली सञ्चार जगतका महानुभावहरुको हातेमालोको अपेक्षा गरी विश्वभरीका नेपालीसमक्ष यो खुसीको कुरा पुगाएर फेसबुकमा रहेको प्रिमियरको पेजमा डिसेम्बर २२ देखि राखिने उनको तस्वीरमा लाइक बढाउन सहयोग गरिदिनुहुन हार्दिक अनुरोध गर्दै सबैको सद्भाव र शुभ कामनाको अपेक्षा सहित सम्बन्धका बाबु पुर्ण बन्धनले एक प्रेस रिलिज जारी गरेका छन् ।