इनास ग्लोबल समितिले बिभिन्न देशबाट बिभिन्न विधाहरुका पदहरुमा मनोनयन गरेको बिज्ञप्ती इनास महासचिब मनिष कुमार श्रेष्ठ र डा आर के निरौलाद्दारा हस्ताक्षर गरी ग्लोबल समितिको निर्णय अनुसार जारी गरिएको जानकारी प्राप्त भएको छ ।
उक्त बिज्ञप्तीमा भनिएको छ
🌏~~~~~PRESS RELEASE~~~~~🌎
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (अनेकस) International Nepalese Artists Society (INAS) समितिको बैठकले कार्यकाल २०१७/२०१९ को लागि ग्लोबल, महादेशीय (क्षेत्रीय) तथा विषयगत समितिहरुमा रिक्त रहेका पदहरुमा पदाधिकारीहरु मनोनयन गरेको छ। यस विश्वव्यापी संस्थाका विभिन्न पदहरुमा मनोनयन हुनुहुने सम्पूर्ण महानुभावहरुलाई हार्दिक वधाई तथा कार्य सफलताको लागि शुभकामना ब्यक्त गर्दछौं।
बिज्ञापन बिज्ञापन बिज्ञापन
स्मरण रहोस् पोल्यान्डबाट पानी अभियानकर्ता मित्र लाल पार्देलाई इनास बिधान निति तथा नियम योजना तर्जुमा कार्यान्वयन समितिको संयोजकमा ग्लोबल समितिले संयोजजमा मनोनयन गरेको छ साथै पोल्यान्डबाट भाषा तथा साहित्यिक समिती सदस्यमा एन आर एन ए पोल्यान्डका महासचिव एवं इनास पोल्यान्ड अध्यक्ष श्री श्री कृष्ण न्यौपानेलाई मनोनित गरेको छ ।