२०१६ को तुलनामा २०१७ मा ७७% ले पोल्यान्डमा विदेशी नागरिकहरुको वृद्धि

IMG_20171204_090937.jpg
२०१४ पछाडि पोल्यान्डमा बिदेशी नागरिकहरू विशेष त तेस्रो मुलुकबाट आउने क्रम ह्वात्तै बढेको छ ।
२०१७ को पहिलो तीन महिनामै पोल्यान्ड अधिराज्य भरी झन्डै १ लाख ३७ हजार बिदेशी नागरिकले बसाइ अनुमतिको लागि आवेदन दिएका थिए । जब कि बिदेशीहरुको आवेदन दिएको संख्या प्रतिशत हेर्ने हो भने २०१५ मा ३७% हो भने २०१६ को ७७% हो ।
२०१४ देखि अनपेक्षित रुपमा बिदेशी नागरिकहरुको संख्या पोल्यान्डमा बढ्दै गैरहेको छ ।
९ महिनाको अवधिमा पोल्यान्डमा आफ्नो सुरक्षाको लागी ४ हजारले भिजा अप्लाई गरे भने ७ हजार युरोपियन नागरिकहरुले पोल्यान्ड बस्नको लागी भिजा अप्लाइ गरे ।

२०१७ मा पोल्यान्डमा झन्डै ७२% कामदार भिजाबाट बिभिन्न देशहरुबाट आएका थिए । भने ८८% कामदार भिजाबाटै बिभिन्न देशका नागरिकहरुले अस्थायी पोलिश बसाइ अनुमति कार्डको लागी निवेदन पेस गरे ।
१०% निवेदन स्थायी अनुमति बसोवासको लागी परेको थियो भने युरोपियन बसाइ अनुमतिको लागी २%
२०१७ मा पोल्यान्डमा काम गर्नको लागी धेरै निवेदन दिने देश युक्रेन हो । झन्डै ६५ % निवेदन युक्रेनी नागरिकहरुले पेश गरे ।
२०१७ मा पोल्यान्ड इमिग्रेसनमा कामदार तथा अन्य भिजाबाट अस्थायी बसाइ अनुमतिको लागी निवेदन पेस गरेका टप टेन निम्न देशका नागरिकहरु ।
१, युक्रेन
२.बेलारुस
३.रसिया
४. इन्डिया
५, भियतनाम
६,चाइना
७, टर्की
८,जर्जिया
९, पाकिस्तान
१०, माल्दोभा

स्मरण रहोस् पोल्यान्डमा झन्डै तीन लाख १५ हजारको निवेदन मध्ये ८९ हजार ६ सयलाई पोल्यान्ड सरकारले अस्थायी अनुमति बसोबास कामको आधारमा टेम्पोररी रेजिडेन्ट कार्ड प्रदान गरेको थियो ।

पोल्यान्डमा शरणार्थी रुपमा बस्नको लागी २०१७ मा ४ हजार बिदेशी नागरिकले आवेदन दिएका थिए भने ३ हजार नागरिक रसियाकै थिए ।
२०१७ मा शरणार्थीको लागी आवेदन दिनेको संख्या २०१६ को मुल्यांकन गर्दा ६०% कम हो ।
पोल्यान्डमा २०१७ मा शरणार्थी दिने देशहरुका नागरिकहरु युक्रेन , रसीया , ताजिकिस्तान , आर्मेनिया , जर्जिया ,किर्गिस्तान अगाडि आउछन् र थोरै सिरियाली पनि
२०१७ मा झन्डै ४०% शरणार्थी भिजा निवेदन नेगेटिभ भएको थियो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.