मित्र लाल पार्दे
पोल्यान्ड
आजभोलि पत्रिकाका पानाहरुमा
बैदेशिक रोजगारको नाममा नेपालको कुनैपनि पत्रिकामार्फत पोल्यान्ड बारे बिज्ञापन नछापिएको दिन छैन । पोल्यान्डको नाममा ठगी भन्दै
समाचारहरु देख्न र सुन्न पाइएको छ । कति ठगी त जानी जानी दिएका छन् ।
वास्तवमा हामीहरु आँफै यथार्थता
नबुझ्दा यस्तो भएको हो । अहिले
पोल्यान्डको नाममा धेरै नेपालीहरु
ठगिएको समाचार आई रहेका छन् ।
एक जना चितवनका ४६ वर्षका वर्तौला
दाई इजराइलबाट पोल्यान्ड आउनु भयो
तर उहाँलाई एजेन्टले भने अनुसार भएन रे र त्यसैको
कारणले उहाको मानसिक अवस्थामै
अघात पर्यो र मानासिक अस्पतालमा
भर्ना भै केही महिनाको उपचारपछि आइ ओ एम को सहायताले आजभन्दा ५ वर्ष अघि नेपाल फर्कनु भएको थियो ।
त्यसैगरी म पोल्यान्डमा बस्दा सम्म झन्डै ५ जनाको मानसिक अवस्था खराब भएको देख्नु पर्यो ।
विश्वासै गर्न नसकिने समाचारहरु केही
पत्रपत्रिकाहरुमा पढे तर ती सबै झूट ब्रम्ह
लूट हुन पोल्यान्डमा बसेर २ लाख कमाइ हुन्छ भनेर सपना पनि नेपाली पत्रिकामार्फत बाटिए ।
यहाँ धेरै नेपाली दाजु भाईहरु टिक्न नसकेर
यूरोपको अन्य देशहरुमा लुकेर बस्नु परेको
तितो यथार्थता रहेको छ । हालै पोल्यान्डको श्रम बजारमा बिभिन्न कम्पनीहरुमा कामदार चाहिएको अवस्था अवश्य पनि हो तर त्यही कामदार लिने निहुँमा अनावश्यक अनुचित सरकारको लगाम विना मान्छेको ब्यापार भने अवश्य भएकै छ । तेस्रो मुलुकको नागरिकलाई काम गर्न केहि कम्पनीहरुले अवश्य पनि माग गरेकै हुन् तर केहि व्यक्तिहरूले अनि केहि कम्पनीहरुले अनावश्यक नाममात्रको कागज अनि सरकारको केहि खुकुलो पनको फाइदा उठाउदै बदमासी काम भने अवश्य गरेकै छन् । नेपालीहरुको आफ्नो बाध्यता हो या रहर , बाध्यता भनौ लाखौ रुपैयाँ तिरेर आउन सक्ने गरिब देशका धनी नेपाली भएका छौ रहर भनौ आएर फेरि फलानो दलालले ठग्यो , हामी फसियौ भन्दै आरोप प्रत्यारोप गरिरहेका छौ । सरकारलाई त के को मतलब रेमिटेन्सबाट देश चल्ने सपना देखिरहेको छ । युरोप बस्ने वा बिदेश बस्ने नेपाली जो स्थापित भएको छ त्यसले आफ्नो मान्छे दुख नदिएर लिए पनि दलाल रे नलिने हो नामर्द रे । त्यही मान्छेको आफन्ती आफ्नो मान्छेले केहि गरेन , मलाई बिदेश लगेन भनेर रिसाउदै उल्टै गाउघरमा डुलि हिड्ने दलालहरुलाई लाखौ लाख बुझाएर सुटुक्क ठुलो प्रगति सम्झेर बिदेश आउछ तब काम गर्न सकेन भनेर फेरि बिदेशमा बस्ने आफन्तिलाई हारगुहार गर्छ ।अझ फेरि फलानो दलालबाट रकम मेरो उठाइदिनुपर्यो भन्दै गुहार्छ दिनेबेला सुटुक्क दिने रकम अनि ठगियो भन्दै कसले सुन्छ र पुलिसकहा जाने हो प्रमाण हुँदैन फेरि शुरूवातमा बिदेश लैजने मान्छे हो भनेर भगवान झै मान्छ । नेपाल सरकारको निति ठिक नभएकोले नेपाली युवाहरू राङा बोका झै बेचिएका हुन् । उनिहरु पनि बेचिनुमा गर्व गर्छन् । मेन पावर एजेन्सी इमान्दार नभएको अनि सरकारको निति गतिलो नभएको कारणले बिदेश पठाउने अभिभावकहरु पनि बिदेश छोराछोरी पठाउनमा पुरुषार्थ सम्झने अनि केहि सपनाको माला बुनाइदिने कारणले नेपाली युवाहरू बिदेशिएका हुन् ।स्वैच्छिक रूपमा बिदेसिनुलाई हाम्रो भन्नु केहि छैन ।चाहे लाख खर्च गर चाहे फ्री आउ तर बुझेर आउ बिदेश १२ घन्टा जोतिनेहरुलाई अनावश्यक मेसेन्जरमा सोधिरहनु आवश्यक छैन । गुगल अध्य्यन गर धेरै कुरा बुझ्न सकिन्छ ।
आजभोलि के के न जुक्ती निकालेर
अहिले पोल्यान्ड माध्यम बनाएका छन ।
पोल्यान्डको नामबाट करोडौ करोड ठगी भन्ने समाचारहरु फाट्टफुट्ट सुन्दै गएका छौ ।
जब कि तिनै ठगिएको पैसा मात्र जम्मा गर्ने हो भने नेपालमै हजारौ जनालाई जागिर दिने कम्पनी खडा गर्न सकिन्छ ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
Room rent From December 11
One room for rent from December 11
Price ; 650 zloty per person
1200 zl per month for couple
Only 3 persons can live .EVEN COUPLE CAN LIVE .
2 min walk bus 5 min to tram
Address ; Pustola 14 Wola
Contact number 729693883
आफु त गयो हामिलाई किन बोलाउला र भनेर आफन्तिहरुको आरोपलाई यो पंक्तिकारले यति भन्न चाहन्छ कि
बिदेशमा भाडा मिसेर स्वदेशमा शान झार्ने यो पन्क्तिकार परेन
बिदेशमा झाडु मारेर स्वदेशमा ठुलो गफ लगाउने पंक्तिकार परेन
जे छ त्यही बोलिरह्यो लेखिरह्यो
हो अवश्य बिदेश काम गर्न आउनुहुन्न भनेको होइन तर सरकारी निश्चित मापदण्ड हुनु आवश्यक छ ।
श्रम गरेर खानेलाई र ठगेर खानेलाई हेर्ने निति फरक हुनु आवश्यक छ । बिदेश सहि ढङले सहि काम दिनेलाई हेर्ने दृस्टिकोण पनि फरक हुनु जरुरी छ
मेनपावर कम्पनीहरु पनि व्यवहारिक एवं कानुनी मापदण्डअनुसार चल्नु जरुरी छ ।
बिदेश आइसकेपछी पनि आफ्नो काम मात्र ठुलो देख्ने निति अनुसार सेवा दिएका कामहरुलाई अवमूल्यन गर्ने संस्कारको अन्त्य हुनु जरुरी छ । काम सानो ठुलो हुँदैन हरेक कामलाई एउटै तराजुमा राखेर जोख्नु पनि उचित हुँदैन ।
पोल्यान्डमा नेपाल सरकारबाटै पोल्यान्ड सरकार सित सम्झौता हुनु जरुरी छ । कुनै झोले कम्पनीहरुले बिदेशबाट डिमान्ड लेटर कुनै अर्को कम्पनी सित मिलेको भरमा लेटरप्याडमै लेखेर अविकसित मुलुकमा जति मन लाग्यो त्यतिको कामदार चाहियो भनेर अनि लगेर बिज्ञापन छापिनु धेरै बिडम्बना कुरो हो ।
यसको लागी पोल्यान्ड सरकारले अनुगमन गरी के कति कामदार चाहिएको हो त्यही अनुसार डिमान्ड लेटर तयार गर्ने अनुमति दिनुपर्छ । अन्यथा डिमान्ड लेटरको भरमा झोले कम्पनी र ढोले कम्पनी बिचको आन्तरिक सम्झौतामा अनावश्यक कामदारहरुलाई सपना बेचिन्छ । कामदार पनि कसैलाई अनावश्यक इलिगल काम गर्न प्रेरित नगर्नुहोस् । चाहे पैसा पठाउने सन्दर्भ होस् , चाहे कागजको नाममा होस् । राम्रो काम गर्दागर्दै अन्जानमा हुने इलिगल कामलाई सुधार गर्दै जानुपर्छ ।
कानुनी बाटोमा हिड्न प्रेरित गर्नेलाई जोकोहीलाई साथ दिन सके बल्ल सम्मुन्नत समाजको निर्माण हुन सक्छ ।
केहि व्यवहारिक्ता र आत्मियतालाई र नैतिकतालाई पनि साथसाथै राख्नैपर्दछ ।
सेवा लिने नाममा कसैलाई शोषण गर्ने परिपाटी र सेवा दिने नाममा कसैको घरबार डुबाइदिने संस्कार तोड्नैपर्दछ । जुनसुकै सेवा होस् सबै आवश्यक सेवाको सम्मान पनि गर्नैपर्दछ ।
पोल्याण्ड यस्तो देश हो जुन देशले
दोस्रो विश्व युद्ध मा अत्यधिक पीडा
भोगेको छ । जुन देशले युद्धको महाबिनाश
भोगेको छ । जुन देशमा ७० लाख जनताहरु
केही बर्षमै मारिए । जुन देशलाई रसिया र
जर्मनीले टुक्रा टुक्रा पारेको थियो ।
यो देशलाई हिट्लरले तहस नहस पारेको होe
। हाम्रो देशमा १७ हजार मान्छेको रगत
१० बर्षमा बग्दा त हामी कति आहत
थियौ हामी कति पीडित थियौ ।
हाम्रा हरेक रातहरु अनिदामा बिते यसो
कल्पना गरौ त दोस्रो विश्वयुद्धको समय
केही वर्षमै झन्डै एक लाखले ज्यान गुमाउदा
यो देशको तस्विर कस्तो भए होला
अनुमान गर्न पनि कठिन छ । विश्व
नक्सामा १२३ वर्ष मेरो पोल्यान्ड भन्न
पाएनन यहाँका जनताहरुले पहिलो
विश्वयुद्दताका यही देशका
नागरिकहरुलाई आफ्नो भाषा बोल्दा
पनि कडा सजाए थियो । । कतिले त
आफ्नै भाषा पोलिश बोलेबापत पनि
मारिएका थिए । यो देशले धेरै पीडा
भोगेको देश हो । धेरै गरिबी भोगेको देश
हो । धेरै भोकमरी बाट गुज्रिएको देश हो
। तर जब १९९० मा लेचेक वाल्च्वोरोस्कीले
शक थेरापी लाइ प्रयोगमा लिए तब
पोल्यान्डको आर्थिक अवस्था धेरै सुध्रदै
गयो । उनको यस् प्रयोगले पोल्यान्डको
अर्थतन्त्रलाई धेरै मज्बुत बनाउने काम गर्यो
र पोल्यान्ड्को अर्थतन्त्र बजार
अर्थतन्त्रमा परिणत भयो । पोल्याण्डले
आजको समयमा धेरै प्रगति गरेको छ । जब
यो देश २००४ मा इ यू मा प्रवेश गर्यो तब
यसले धेरै प्रगति गर्दै गयो तै पनि धेरै
बेरोजगारीको समस्या भोगेकोले
धेरै पोलिश युवाहरु नर्वे ब्रिटेन
डेन्मार्क अमेरिका गएर काम गर्दछन । यहाँको स्यालरी धेरै कम भएको कारणले
आज पनि पोल्यान्डका लाखौं जनताहरु
ब्रिटेन छन् । लाखौं जनताहरु अमेरिका छन्
। साथै अरु देशमा पनि । कुनै समय सार्है
जटिल अवस्थाबाट गुज्रिएको देश आज धेरै
अगाडि आएको भने अवश्य छ ।
अहिले पोल्यान्डको नाममा धेरै भ्रामक बिज्ञापन छापिन सक्छ ।
बिज्ञापन छाप्नै परे सत्य जानकारी दिएर छाप्ने काम सम्बन्धित कम्पनीहरुले गर्नैपर्दछ ।
हामी हरु बिदेशमा आउँदा केही कुराहरुमा
ध्यान दिन सक्यौ भने अवश्यपनि केही
मात्रामा ठगिनबाट बच्न सक्छौ ।
हामीले दलालहरुले भनेको कुरामा शत
प्रतिशत विश्वास गर्ने हो भने हामीलाई
उनिहरुले हरिकङाल बनाउछन अनि उनिहरु
मोटाउछन् । जुन देशमा जादैछौ त्यो
देशको बारेमा भाषा सन्स्क्रिती रहन
सहन् थोरै मात्रामा भएपनि जान्नै पर्दछ
जसले गर्दा तपाईंहरुले वास्तविकता
थाहा पाउन सजिलो हुन्छ ।
विदेश भन्दैमा पैसा कमाइन्छ भन्ने न
सोच्नुहोस् । म युरोपका केही भागहरुमा
देखेको छु कि वर्षौ वर्ष भयो नेपालमा
परिवारसँग संपर्क छैन एक किसिम्को
सामाजिक जटिल्ता देखा परिरहेको
छ । कति नेपाली दाजु भाईहरु त धेरै
वर्षदेखि गैर कानुनी रुपमा बस्दा बस्दा
घर परिवारदेखी नै टाढिनु परेको तितो
यथार्थता छ । जसले गर्दा पारिवारीक
जटिल्ता पनि देखा परेको छ । सरकार
लाचार बनेको छ देश छोडेर जान खोज्ने
नेपाली दाजु भाईहरुलाई आफ्नै देशमा
उचित बातावरण दिन सकेको छैन । बन्दुक
बारुद गोली किन्ने पैसाले नेपालमा
उद्द्योगहरु खोल्न पहल गरे के हुन्छ
सरकारले ? आशा गरौ लाखौ रोजगारको लागी बुबु र मामको सपनामा बाम सरकारले बिदेशिएकालाई स्वदेश फिर्ता गर्ने वातावरण पनि मिलाओस् र स्वदेशमै पोल्यान्ड जत्तिकै काम दिने वातावरण मिलाओस् ।