एनआरएनको ईतिहाँसमा एकै परिवारका दुई दाजुभाईहरु दुईवटा देशहरुमा एकै समयमा अध्यक्ष

photo (1)

डा. बोधराज सुबेदी। कविशिरोमणि लेखनाथ पौड्यालको जन्म १९४१ साल पुस १५ गते कास्कीको अर्घौअर्चलेमा भएको थियो। यिनलाई जन्माउने आमाबाबु बसुन्धरादेवी र पं. दुर्गादत्त थिए। बि.स. २००८ सालमा पौड्याललाई कविशिरोमणिको उपाधि दिइएको थियो। नेपाल अधिराज्यमा नै साहित्यिक श्रष्टाका नामबाट रहेको एउटै मात्र नगरपालिका हो – लेखनाथ नगरपालिका। जहाँ अर्घौअर्चले पनि पर्दछ।

डा. बोधराज सुबेदीकी आमा यिनै कविशिरोमणि लेखनाथ पौड्यालको मूल सन्तानबाट आउनु भएको हो। बि.स.२०२६ सालमा तनहुँ जिल्लाको भानुमति गाविसमा बाबु पण्डित कृष्णश्याम र आमा तुलसीदेबीका कोखबाट जन्मेका सुबेदी सन् १९८९ देखि पोल्याण्डमा बसोबास गर्छन। आफू पण्डित भएकोले, परम्परालाई अगाडि बढाउन उनका बाबुले ६ जना छोराहरु मध्ये एउटा छोरालाई भए पनि पण्डित बनाउने ईच्छा राख्नु भएको थियो। तर त्यो हुन सकेन। बरु पण्डितको सट्टा बोधराज डाक्टर बने। उनकी श्रीमति पनि डाक्टर नै छिन – एलिनी पोखरेल – सुबेदी। छोरा निश्चल र छोरी निशिता उनीहरूका गहना हुन्।

अर्को कुरा उनका आफ्नै भाई  एनआरएनए अष्ट्रेलियामा सन् २००९ – २०११ मा अध्यक्ष हुनुका साथै एनसीसीका युवा सहसंयोजक थिए – ध्रुबराज  सुबेदी।

एनआरएनको ईतिहाँसमा एकै परिवारका दुई दाजुभाईहरु दुईबटा देशहरुमा एकै समयमा अध्यक्ष भएको यो पहिलो पटक हो।

बोधराजले भिमाद गाउको जनज्योति स्कूलबाट प्राथमिक र माध्यमिक स्तरको शिक्षा आर्जन गरे। स्कूलमै हुँदा एक पटक गणित शिक्षक भानुभक्त खनाल बिदामा हुनुभएकोले सुबेदीलाई ६ महिनासम्म गणित पढाउनुपर्ने जिम्मेबारी आईपरेको थियो। उनी गणितमा ज्यादै बिज्ञ भएकाले प्रबेशिका परीक्षाको नतिजा प्रकाशित नहुन्जेलसम्म गणितमा ट्युसन पढाएर क्याम्पस पढ्ने केहि खर्च समेत जम्मा गरेका थिए। स्कूलमा सधै एक उत्कृष्ट छात्रको रुपमा चिनिएका सुबेदीले उच्च शिक्षाको शुरुवात अमृत साईन्स क्याम्पस काठमाण्डौबाट गरेका हुन। पहिलो पटक क्याम्पसमा केहि साथीहरुले नेवारी भाषा बोलेको सुन्दा यस्तो लाग्यो कि उनीहरु यति राम्रो अंग्रेजी बोल्दा रहेछन  कि सुबेदीले बुझ्नै सकेनन।

क्याम्पसमा सधै नेपाली टोपी लगाउने भएकाले उनी टोपेको उपनामले परिचित थिए। सन् १९८८ मा क्याम्पसको बिहानी समूहमा पनि उत्कृष्ट छात्रको रुपमा पुरस्कृत भए पछि सुबेदीलाई पोल्याण्डमा अध्ययन गर्ने छात्रवृत्ति मिलेको थियो।

युक्रेनमा Chernobyl Nuclear Accident भएपछि पोल्याण्डबाट नेपालमा आयात गरिएको पाउडर दूधका बारेमा बिध्यार्थीहरुले गरेको बिरोध प्रदर्शनमा सुबेदी सहित अन्य १० जना काठमाण्डौको हनुमानढोकामा सोधपुछका लागि समातिएका थिए। त्यहाँ राधाकृष्ण मैनालीलाई उनले पहिलो पटक भेटे। हनुमानढोकाबाट भद्रगोल जेलमा सारिएपछि २३ दिन भद्रगोल जेलमा बिना कारण बस्नु परेको र त्यहाँ अर्का नेता के.पी.शर्मा ओलीसंग भएको भेटको सम्झना गर्छन।

जेलमा परेका बेलामा एकातिर सुबेदीका घर परिवारमा चिन्ता शुरु भएको थियो भने अर्कोतर्फ त्यसैबेला पोल्याण्डमा मेडिकल अध्ययनकालागि उनलाई छात्रवृत्ति प्राप्त भएको थियो। शिक्षा मन्त्रालयका एक अधिकारीले ठट्टामा भनेको कुरालाई अझै बिर्सदैनन – “तिमीले पोल्याण्डबाट निर्यात गरिएको दूध नपिउने भनेकाले तिमीलाई पोल्याण्डनै पठाईदैछ।“ अध्ययनका लागि पोल्याण्ड आउन उनले पुलिसबाट बिशेष अनुमति लिनु परको र निकै लामो समयसम्म पनि अदालतमा महिनाबारी रिपोर्ट पठाउनु परेको थियो।

एक बर्षको पोलिस भाषाको कोर्ष सकेपछि Wrocław Medical University पोल्याण्डबाट सन् १९९६ मा बिदेशी बिद्यार्थीहरू मध्ये सबैभन्दा उत्कृष्ट भई आफूले सानैदेखि बनाएको  परम्परालाई सम्हाल्दै सुबेदी डाक्टर बने। लगत्तै सुबेदीले पोल्याण्डबाटै Generał Surgery र Surgical Oncology मा Specialization गरेका छन। यहाँ पनि उनले उत्कृष्ट हुने परम्परालाई बिर्सेनन। अहिले Surgical treatment of breast cancer मा Specializing गरिरहेका सुबेदी Surgical Oncology Department of European Health  Center (जो यूरोपको सर्वश्रेष्ठ सेन्टर मानिन्छ) मा कार्यरत छन।

सन् २००० देखि २००६ सम्म सुबेदीले पोल्याण्डका बिभिन्न शहरहरुमा नेपाली कार्यक्रमहरुको आयोजना गरि नेपालको पहिचान गराउन सफल भएका थिए।

उनैको संयोजकत्वमा सन् २००७ मा एनआरएन पोल्याण्डको स्थापना भएको थियोभने २० जुन २००९ मा आफू संस्थापक अध्यक्ष रहि एनआरएनएलाई आधिकारिक रुपमा दर्ता पनि गराए। उनले सन् २०१० देखि २०१७ सम्म अध्यक्षको पद पनि सम्हाले। हाल एनआरएनए पोल्याण्डका संरक्षक र आईसीसीका सदस्य रहेका बोधराज सुबेदीले नेपालमा  विनाशकारी भूकम्प जाँदा पोल्याण्डमा राहत संकलन कार्यको संयोजन गरेका थिए।

उनले बिशेष अवसरहरुमा पोल्याण्डका पूर्ब राष्ट्रपति लेख भालेसासंग भेट गर्ने मौका पाएका थिएभने यता सन् २०१४ मा नेपालका तत्कालिन राष्ट्रपति रामवरण यादब र प्रधानमन्त्री स्व. सुशील कोईरालालाई पनि  भेटका थिए।

बिभिन्न Medical Professional Conference हरुमा भाग लिदै आएका डा. बोधराज सुबेदी, PESSO, ESSO जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाका सदस्य पनि छन।

सुबेदी Foregners’ Doctors Association पोल्याण्डका संस्थापक एवम् प्रथम अध्यक्ष पनि हुन। जसलाई Polish Supreme Medical Council ले मान्यता पनि दिएको छ।

यस अवसरमा उनलाई र उनका भाई एनआरएनका परम मित्र अष्ट्रेलिया निबासी ध्रुबराज सुबेदीलाई भविष्यमा पनि प्रगति र उन्नतिको लागि हार्दिक शुभकामना सहित –

तपाईहरुकै –
नवराज पोखरेल

(चौतारी भाइबर ग्रुपमा रोमानियाका नवराज पोख्रेल द्दारा प्रस्तुत गरिएको व्यक्ती बिशेश परिचयबाट साभार ।)

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.