बार्सिलोना-अन्तराष्ट्रिय नेपाली कलाकार समाज स्पेनले सास्कृतिक कार्यक्रम गर्ने भएको छ । बिगतका बर्ष हरुमा जस्तै यस पटक पनि यूरोपभरि छरिएर रहेका कलाकारहरु लाई बार्सिलोनामा समेट्दै बिभिन्न सास्कृतिक र मनोरन्जनात्मक प्रस्तुति सहितको बिशेस सांगेतिक धमाका गर्ने अन्तराष्ट्रिय नेपाली कलाकार समाजका अध्यक्ष पुरुषोत्तम भट्टराईले बताए। कार्यक्रममा यूरोपका बिभिन्न मुलुक निवासी ख्याती प्राप्त राष्ट्रिय स्तरका कलाकारहरुको बेजोड प्रस्तुति रहने छ भने, स्थानीय कलाकारहरुको पनि बिभिन्न सास्कृतिक प्रस्तुति रहने छ।
साथै विभिन्न देशबाट उक्त कार्यक्रममा सहभागीहरु जादैछन ।
नेपाली पाठशालाका बालबालिकाहरुको भने बिशेस प्रस्तुति रहने भट्टराईले जानकारी गराएका छन् । नेपाली सस्कृतिलाई प्रवासमा पनि उत्तिकै जगेर्ना गर्ने हेतुले कार्यक्रम गर्न लागिएको र कार्यक्रम लाई सफल पार्नको निम्ति कार्यक्रममा उपस्थिति जनाएर स्पेन निवासी सम्पूर्ण नेपाली समुदायले सहयोग गरिदीनु हुन् हार्दिक अपिल पनि गरेका छन् ।
कार्यक्रम हुने स्थान र समय:
डिसेम्बर ९-२०१७ काईया सीसीलिया ३२१ (साबिक, सीसीलिया हल)
समय : साँझ ३ बजे देखि बेलुका १० बजे सम्म मात्र।