पोल्यान्ड नेपालमा विना आधार प्राप्त केहि प्रश्नहरु

मेरो घर कन्ट्र्याक्ट घरबेटीले गराएन म के गरु ?
उत्तर : जहाँ बसिन्छ त्यहीँको घर कन्ट्र्याक्ट गराउनुपर्छ अरुको घरमा नबसेर मेरो सानो कागज घर कन्ट्र्याक्ट गराउनु पर्यो भन्नेहरूले कृपया तपाइको समस्या समाधान गर्छु भनेर जसले लियो , पठायो त्यसैलाई भन्नुहोस् । गरेन भने सिधै पुलिसमा उजुरी दिनुहोस् । आफु पनि कानुनी रुपमा बस्न नखोज्ने अरुलाई पनि समस्या पार्ने काम नगर्नुहोस् । तपाइहरु बसेको ठाउबाट नै कागजपत्र निकाल्न सकिन्छ मात्र तपाइ पनि सहि तरिकामा बसेको हुनु पर्यो । समयमा घरबेटीलाई भाडा तिरेको हुनुपर्यो । बस्नेबेला सम्झौता गरेको हुनुपर्यो ।
तपाइहरु बसेको ठाउँबाट कागज लिने प्रक्रियामा सहजीकरण खोज्न सक्नुहुन्छ सेवा शुल्क दिएर कुनै भरपर्दो कम्पनी वा व्यक्तिहरू वा निशुल्क सहजीकरण गरिदिने संघ संस्थाको साथ लिन सक्नुहुन्छ तर अरुको घरबाट कागज किन्ने नाममा सामाजिक विकृति नबढाउनुहोस ।

मेरो इन्स्योरेन्स छैन पैसा सबै दलाललाई दिए १२ लाख सकियो म मेरो अस्पतालमा इन्स्योरेन्स नभएर उपचार भएन सहयोग गर्नुपर्यो !

दलाललाई १५ लाख दिने हैसियतको तपाइले २० हजारको स्वास्थ्य इन्स्योरेन्स सोच्न सक्नुहुन्न भने अरुले कसरी सहयोग गर्न सक्छ ? उसले सल्लाह दिने हो ।

फलानो कम्पनीले काममा पठाएको पैसा लियो ?
उत्तर : काममा पठाउने गरि सरकारको स्वीकिर्ती लिएर खोलेको कम्पनीले सेवा शुल्क लिने नै भयो । चिया बेच्न बसेको पसलेले चिया बेचेको पैसा लिनु उसको धर्म हो । मात्र कसैले बस्तु बेच्छन् कसैले सेवा बेच्छन् । फ्री सेवा खोजेको हो भने फ्री सेवा दिने दाताहरु खोज्नुहोस । काममा पठाउने कुनैले एजेन्सी खोलेर बसेको छ भने र नियम अनुसार काममा लिखित रुपमै कन्ट्र्याक्ट गरेर पठाएको छ भने सेवा दिने भनेर बसेको कम्पनीलाई बरु सेवा लिए वापतको बिल माग्नुहोस ।
कोहि सस्तो होला कोहि महङ्गो होलान् त्यो तपाईले मुल्यांकन गर्नुहोस् ।
तर बाटो बाटोमा गैर कानुनी रूपमा म यसो गर्छु उसो गर्छु भन्नेहरुको विश्वास नगर्नुहोस् ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.