इनास पोल्यान्डको आयोजनामा वारसवामा “म यस्तो गीत गाउँछु “चलचित्र प्रदर्शन

FB_IMG_1512077531879
श्री कृष्ण न्यौपाने वारसवा पोल्यान्ड

अन्तरास्ट्रिय नेपाली कलाकार समाज (अनेकस) पोल्याण्डको आयोजना मा ‘म यस्तो गीत गाउँछु को प्रदर्शन वारसवामा चलचित्र निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्मा को उपस्थितिमा २६ नोबेम्बर २०१७ मा भएको छ ।
आश्विन परियार र बिनय अधिकारीको सहकार्यमा ईनास पोल्याण्ड द्वारा प्रदर्शन गरिएको चलचित्र बाट संकलित रकम नेपाल मा अनाथ बालबालिकाको सहयोगार्थ हस्तान्तरण गरिने चलचित्र निर्माता एबम निर्देशक सुदर्शन थापाले जानकारी गराएका छन् ।
राजधानी सहरको मल्टिपेलेक्स किनो एट्लाण्टिक मा रातको १०.३० बजे प्रदर्शन गरिएको चलचित्रले उत्साह पुर्वक सफल भएको छ ! निर्देशक थापा र नायिका शर्माको उपस्थितिले हलमा अझ बढी उत्साहा ल्याएको थियो भने जब जब स्क्रिनमा पुजा शर्मा देखिन्छिन तब तब हलमा बजेको तालि र सिठीले स्पष्ट देखिन्थ्यो कि सिनेमा हेरेर दर्शकहरूले भरपुर मनोरञ्जन लिरहेका थिए ।आफ्नो ११ वर्ष देखिको पोल्याण्ड बसाईमा यति खचाखच दर्शकको उपस्थितिले आफुलाई पनि हौसला मिलेको साथै उक्त चलचित्र सफल रुपमा प्रदर्शन गराउन सफल भएको ईनास पोल्याण्डका अध्यक्ष श्री कृष्ण न्यौपानेले जानकारी दिए भने,चलचित्र हेर्न आउँदा आफुले गरेको अपेक्षा भन्दा धेरै स्तरिय चलचित्र बनेको दर्शकहरुको प्रतिक्रिया थियो ।
चलचित्र प्रदर्शन पछि संक्षिप्त प्रतिक्रिया दिदै निर्माता एबम नायिका शर्माले भनिन ‘म पोल्याण्डका लागि आउदै गर्दा उत्साहा भन्दा पनि देश छोड्नु पिडा थियो तर आज पोल्याण्डमा कलाप्रेमी साथि हरु र दर्शकको जुन मायाँ पाए त्यसले मलाई आफ्नो पेशामा अझ बढि सक्रिय हुने प्रेरणा दिएको छ! साच्ची भनु भने पोल्याण्ड आउने दिनको कल्पना गर्न थालेकी छु ! त्यसै गरि निर्माता एबम निर्देशक सुदर्शन थापाले भने ‘यति थोरै नेपाली हरु भएको र यति भव्य रूपमा सफल भएकोमा आयोजक एबम सहयोगी साथै हरुमा धेरै धेरै धन्यबाद, हाम्रो युरोप यात्रा को सुरुवात हामीले सोचे भन्दा सफल भएको मैले ठानेको छु! नेपाली चलचित्रको प्रबर्दनका लागि साथीहरुले जुन तत्परता देखाउनु भएको छ त्यसको लागि आभार ब्यक्त गर्दै भविष्यमा अझ बढी सक्रिय हुन अनुरोध गर्दछु म पनि अझ बढी ईमान्दारिताका साथमा आफ्नो पेशामा समर्पित हुनेछु ।
स्मरण रहोस केवल नेपाले बाट कलाकार हरु केवल पोल्यान्डका लागि आएको यो पहिलो पटक हो ।

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.