“पोल्यान्डमा नेपाली बच्चाहरुलाई नेपाली भाषा सिकाइ कार्यक्रमको जरुरत छ, ” बुद्धिजीवी एवं संघ संस्था प्रतिनिधिहरु

received_1749012478737333

पोल्यान्डको राजधानी वारसवामा एस एम एस सर्भिस फर यु द्दारा  नेपाली बच्चाहरुलाई लक्षित गरी प्रदान गर्न लागेको नेपाली भाषा शिक्षा सिकाई कार्यक्रममा बिभिन्न संघ संस्था प्रतिनिधिहरुले आफ्नो साथ र सहयोग हुने जानकारी गराएका छन्  ।

नेपालबाट बिदेशिएपछि कसैका आफ्ना साना नानी बाबुहरुले नेपाली भाषा नसिक्दा भोग्नुपरेको तितो यथार्थ अनि शुरूवाती चरणमा आर्थिक अवसरको खोजिमा बिदेश दौडेपनि नेपाली भएर आफ्नो देशको भाषालाई अगाडि बढाउने सोच राख्न नसक्ने अभिभावकलाई समाजले धिक्कार्नेछ । उक्त बहस  कार्यक्रममा बिभिन्न व्यक्तिहरुले बोले ।

एन आर एन ए पोल्यान्ड संरक्षक डा बोध राज सुबेदी जो  तीन दशक देखि पोल्यान्डमा बस्दै आएका छन् उनले बोले ” हामी पोल्यान्ड बस्ने नेपाली समुदायहरु आफ्नो नेपाली भाषामा चिन्तित हुनु जरुरी छ । आफ्ना बच्चाहरुलाई आफु पेशामा व्यस्त भैरहेको कारणले  चाहेर पनि नेपाली भाषा शिक्षा दिन नसकिएको र पछि बच्चाहरु नेपाल र नेपाली भाषा प्रति माया बढोस् भनेर पोल्यान्डमै बच्चा हुर्किएता पनि नेपाल पठाएर भएपनि नेपाली भाषा प्रतिको मोह जगाउने काम गरेको  जानकारी दिएका थिए । अब पोल्यान्डमै नेपाली भाषा शुरूवात जो सुकैले गरे पनि यो कदमलाई हामिले साथ दिनु जरुरी छ । उनि बोले एउटा अङ्ग्रेजी शिक्षक र नेपाली शिक्षक बिचमा नेपाली समाजको दृष्टिकोण फरक  हुनु भएन ।

एस एम एस सर्भिस फर यु का इनास केन्द्रीय ग्लोबल उपाध्यक्ष , एन आर एन ए पोल्यान्डका सल्लाहकार मित्रलाल पार्देले  शुरूवात गर्न लागेको नेपाली भाषा सिकाइ कार्यक्रम पोल्यान्डमा हुनु हामी समग्र नेपालीहरुको गर्वको बिषय हो । यसलाई बिभिन्न प्राविधिक कठिनाइका वाव्जुद जुन परिकल्पना गर्नु भो यसमा हामी साथ दिनु जरुरी छ । हरेक अभिभावकहरु यो कदमलाई समर्थन गर्नु आवश्यक छ । हाम्रो व्यक्ती तथा संस्थागत रुपमा यस्ता नेपाली समाजलाई आवश्यक पर्ने कदमहरुलाई एन आर एन ए पोल्यान्डले हार्दिकताका साथ शुभकामना र सफलताको कामना गर्दछ  र साथ पनि दिन तयार छ ।” एन आर एन ए पोल्यान्ड अध्यक्ष गोपाल राइले बोले । उनि थपे कुनैपनि नयाँ काम गर्दा चुनौती आउछन् । ती चुनौतीहरुलाई चिर्ने प्रयास गर्नुहोस् हाम्रो सदभाव छ साथ छ ।

प्रवासी नेपाली मन्च पोल्यान्डका  अध्यक्ष लक्ष्मी भट्टराईले बोले , पोल्यान्ड जस्तो देशमा चुनौतीको पहाड बोकेर नितान्त फरक ढङ्गले नेपाली भाषा पढाउने जमर्को गरिएको छ । यो कदमलाई हामी बौद्धिक वर्ग हरेक राजनैतिक दल संघ संस्थाले साथ दिनु जरुरी छ । र हामी पोल्यान्डमा बस्ने नेपाली समाजको प्रतिष्ठाको कुरो पनि हो ।प्रवासी नेपाली मंच पोल्यान्डको तर्फबाट हार्दिक शुभकामना छ  साथ पनि त्यसै गरी जनसम्पर्क समितीबाट तथा एन आर एन ए पोल्यान्ड उपाध्यक्ष जिवन केसीले पनि नेपाली भाषा पढाउने व्यक्तिहरूलाई बिदेशमा पनि बाच्न सक्ने वातावरण गराउन पाएको खन्डमा अवश्य नेपाली भाषाको छुट्टै पहिचान हुने थियो ।पोल्यान्डमा बिस्तार हुदै गरेको नेपाली समाजको लागी गर्वको कुरो हो ।  यो नयाँ कदम धेरै गाह्रो छ । अभिभावकहरु नै नेपाली भाषा प्रति चासो नराखिदिने अनि नेपालको माया खोज्ने पनि केहि छन्  । कम से कम आफ्ना नानी बाबुहरुलाई नेपाली भाषाको क देखि ज्ञ अ आ भएपनि  सिकाएर सामान्य जानकारी दिन सकियो भने अवश्य बच्चाहरुलाई नेपाली भाषा प्रति मोह बढ्नेछ ।

साथै उक्त कार्यक्रममा प्रवासी नेपाली मंचका सल्लाहकार टंक कटुवालले पोल्यान्डमा नेपाली भाषा शुरूवात गर्नु चानचुने कुरो होइन ।

यसका साथै बिभिन्न कम्पनीहरु सित सहकार्य गरी नेपाली कामदारहरुलाई कम्तिमा १ महिना  पोलिश भाषा कक्षा पनि संचालन गरेको खन्डमा सुनमा सुगन्ध हुनेथियो ।  पोल्यान्डमा काममा जानु भन्दा अघि कम्तिमा १ महिना भाषा सिक्नै पर्ने विभिन्न कम्पनीहरुले रेस्टुरेन्टहरुले अनिवार्यता गराएको खण्डमा धेरैले बाध्यताले भएपनि भाषा सिक्दथे र काममा भाषाको कारणले दु:ख पाउनु पर्ने थिएन ।यो विषयमा पनि सबैले सोच्नु पर्ने अवस्था आएको छ । अझ इम्मिग्रेसनले त  बिस्तारै भाषालाई महत्व दिइरहेको छ ।उनि बोले ।

जुन देशमा जान्छौं त्यो देशको भाषाको साथै नेपाली भाषा विस्तार गर्न सकेको खन्डमा पोलिश भाषा नेपालीहरुबाट पनि प्रदान गर्न सकेको अवस्थामा अवश्य पोल्यान्डमा भाषा सिकाइ कार्यक्रमको उज्ज्वल भविष्य छ ।

अभिभावक राम न्यौपानेले बोले  हामी यो नेपाली भाषा सिकाइ कार्यक्रमलाई  हर तरहले साथ दिनेछौ । म स्वयं आफै रेस्टुरेन्टमा व्यस्त भैरहनु पर्ने आफ्ना बच्चालाईलाई नेपाली भाषा दिन नसक्ने अलि चिन्तित थिए ।तर जुन शुरूवात भएको छ यो शुरूवातलाई म मेरो र परिवारको तर्फबाट के सहयोग गर्नुपर्छ त्यसको लागी साथ दिनेछु ।

पोल्यान्डमा नेपाली भाषा जरुरत छ र हामी जस्ता अभिभावकहरुको लागी खुशीको कुरो हो ।

स्मरण रहोस् नेपालबाट आएका  फिल्म  निर्देशक सुदर्शन थापा , नायिका पुजा शर्माले नेपाली भाषा पोल्यान्डमा शुरु गर्न लागेकोमा शुभकामना व्यक्त गरेर गएका थिए  ।

साथै इनास पोल्यान्ड अध्यक्ष श्री कृष्ण न्यौपानेले आफु अत्यन्त व्यस्तताको वावजुद आउन न पाए पनि यस कार्यक्रमको लागी सदा साथ र सहयोग हुनेछ भनेर जानकारी गराएका थिए  ।

पोल्यान्डमा नेपाली फिल्म बिस्तारमा उल्लेख्य भुमिका निर्वाह गरेका  कलिवुड पोल्यान्डको तर्फबाट बाट सुरज कार्किले पनि फोन गरेर नेपाली भाषा शिक्षा कार्यक्रममा केहि सहज होस् र यो कार्यक्रमलाई साथ दिनुपर्छ भन्दै अब पोल्यान्डमा प्रदर्शन हुन लागेको प्रेम गीत फिल्मको बिक्री भएको  हरेक टिकट बाट नेपाली  रुपैयाँ  झन्डै ६० रुपैया   २ ज्लोटी प्रति टिकट सहयोग प्रदान गरिने घोषणा मित्र लाल पार्देलाई फोन गरेर जानकारी दिएका थिए ।

received_1749012488737332

 

 

One thought on ““पोल्यान्डमा नेपाली बच्चाहरुलाई नेपाली भाषा सिकाइ कार्यक्रमको जरुरत छ, ” बुद्धिजीवी एवं संघ संस्था प्रतिनिधिहरु

  1. धेरै राम्रो कुरा हो यस्लाइ निर्न्तरता दिई हामी नेपाली र नेपाली को भासा र सस्कृती लाई आफू जुन सुकै ठाँउ मा भये पनि जगेर्ना गरि नेपाल र नेपाली को शिर उच् राख्नु नै अति उत्तम कुरा हो र हाम्रा बाल बच्चा हरु लाई कम्सेकम नेपाली भासा मा बोलिचाली गर्न सक्ने बनाउनु मात्र पनि गौरब को कुरा हो । भर्पुर्ण समर्थन ।

    Like

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.