श्रीकृष्ण न्यौपाने वारसवा
अन्तरास्ट्रिय नेपाली कलाकार समाज पोल्याण्डको आयोजना मा ‘म यस्तो गीत गाउँछु ईनास सांगीतिक साँझ, वार्शामा चलचित्र निर्देशक सुदर्शन थापा, नायिका पुजा शर्मा र कलाकार अनिल परियारको उपस्थितिमा २४ नोबेम्बर २०१७ मा सम्पन्न भएको छ !
आश्विन परियार र बिनय अधिकारीको सहकार्यमा ईनास पोल्याण्ड द्वारा आयोजित कार्यक्रम ,२६ नोबेम्बर २०१७ मा नेपाल मा अनाथ बालबालिकाको सहयोगार्थ प्रदर्शन गर्न लागिएको चलचित्र म यस्तो गीत गाउँछु कै एउटा अंग भएको वार्षा बाट ईनास अध्यक्ष श्रीकृष्ण न्यौपानेले जानकारी गराएका छन्!
प्रबाशी मंच पोल्याण्ड अध्यक्ष लक्ष्मी भट्टराई , जनसम्पर्क समिति पोल्याण्ड का प्रतिनिधि रामचन्द्र न्यौपाने ,गैर आवाशीय नेपाली संघ पोल्याण्ड अध्यक्ष गोपाल राई एबम संरक्षक डा. बोधराज सुबेदी , ईनास ग्लोबल उपाध्यक्ष मित्रलाल पार्दे लगायत सयौको संख्यामा उपस्थित भएका नेपाली एबम बिदेशी हरुलाई ईनास पोल्याण्डका उपाध्यक्ष अमृत कुमार गुरुङ्ग ले स्वागत गरेका थिए भने अतिथि हरुले आफ्नो शुभकामना मन्तव्यमा ईनास प्रति आभार र शुभकामना ब्यक्त गरेका थिए !
चलचित्र मा यस्तो गीत गाउँछु को माध्यम बाट युरोप यात्रा पोल्याण्ड बाट सुरुवात गर्न पाउदाँ खुशी तथा पोल्याण्डबाशि नेपाली हरुले नेपालि गीत संगीत र चलचित्र प्रति देखाएको मायाँ र ईनास पोल्याण्डको मेहनत प्रति निर्देशक सुदर्शन थापा र नायिका पुजा शर्माले आभार ब्यक्त गरेका थिए!
बाल कलाकार अपि न्यौपाने को भन्छु आज मनका कुरा बोलको गीत बाट सुरु भएको नृत्य पश्चात अशोक दवाडिका गजल,सुबास पोख्रेल र एकमायाँ पुलामिको दोहोरि गीत, अश्विन परियारको चुटकिला,सन्तोष अधिकारीको गीत,सिम्रन श्रेष्ठ,आंचल सुबेदीको नृत्य ले कार्यक्रमलाई रोचक बनाएका थिय भने, कलाकार अनिल परियार र नायिका पुजा शर्मा का प्रस्तुतिले कार्यक्रमलाई अझ आकर्षित बनाएका थिए साथै ईनास पोल्याण्डका अध्यक्ष श्रीकृष्ण न्यौपानेको कार्यक्रम संचालन सैली र बिचबिचमा उनका गजल र मुक्तकले कार्यक्रमलाई अझै सफल बनाएको जनाईएको छ ! ब्यबस्थापन मा सहयोग गर्ने ईनास पोल्याण्डका महासचिब सोम सैंजु, कल्पना न्यौपाने लगायत सबैलाई ईनास पोल्याण्डले हार्दिक धन्यबाद दिएको छ !