किन पोल्यान्डमा नेपाली भाषा आवश्यक छ ?

mitra

मित्र लाल पार्दे
एस एम एस सर्भिस फर यु

किन पोल्यान्डमा नेपाली भाषा आवश्यक छ ?

हामीहरु नेपालमा जन्मियौ ,हुर्कियौ हाम्रो लागि हाम्रो देश साधारण लाग्न सक्छ । हाम्रो लागि हाम्रो भाषा साधारण लाग्न सक्छ । हामीले हाम्रो देशमा जे देख्यौ प्राकृतिक सम्पदाहरु ती सबै हामीलाई साधारण लाग्न सक्छ । तर हाम्रा साना नानी बाबुहरु जो बिदेश हुर्के उनिहरुलाई नेपाल नौलो लाग्न सक्छ । अझ भाषा नजानेपछि नेपालमा गएर म मेरो बुवा आमा नेपालीको सन्तान हुँ भन्न पनि समस्या पर्न सक्छ ।
समय परिस्थिति र विभिन्न कारणले हामी बिदेशियौ । बिदेशिनु रहर बाध्यता वा अरु केहि भनौ वा अवसरको खोजिमा हिडिरहेका हामीहरु
यस्तै अवसरको खोजिमा बेलायतले पन्ध्रौ सोर्हौ शताब्दीमा विश्व भरी डुलेको थियो । त्यसैको प्रभाब आज अङ्रेजी भाषा विश्वव्यापी हुन सफल भएको छ । एक्काइसौ शताब्दी अब हामी नेपालीहरुको हो । किन कि जुनसुकै देशमा नेपाली नपुगेको देश छैन । उक्त देशमा त्यही देशको भाषा सिक्दै हामी अगाडि बढ्नुपर्छ तर हाम्रा बच्चाहरुलाई त्यही देशको भाषा सिकाउनुको साथै आफ्नो देशको भाषा सिकाएको खण्डमा एक दिन नेपाली भाषा विश्वव्यापी बन्नेछ । आफ्नो स्वतन्त्र अस्तित्व राख्नको लागि बिदेशी भुमिमा नेपाली भाषा जरुरत छ । अपरिहार्य छ । अझ भनौ कि
हाम्रा बच्चाहरु जब नेपाल जानेछन् तब शानसँग बोल्नेछन नेपाली भाषामा ।
नेपालको पहिचान दिन
नेपाल र नेपाली भाईचाराको सम्बन्ध बिकास गर्न
नेपालमा रहेका आफन्तिजनहरुसित सामिप्यता नजिक्याउन
बिभिन्न किसिमका अति महत्वपूर्ण प्राकृतिक शिक्षा गर्न
आफ्ना बच्चाहरुलाई परिवार अनि देशको रितिरिवाज, संस्कार बुझाउन
हाम्रो देशको वैभवशाली ईतिहास , रितिरिवाज , भाषा आदिलाई जीवन्त राख्न पनि नेपाली भाषा सिक्नु आवश्यक छ ।

अत यो शुरुवात हो । पोल्यान्ड बस्नु हुने आदरणीय अभिभावक ज्युहरु तपाईंहरु विना त भाषा सन्चालन गर्ने कुरा त के परिकल्पना पनि सम्भव थिएन । तपाईंहरुकै सुझाबहरु अनुसार अगाडि बढ्ने हो । एक दिन हामीले पोल्यान्डमा नेपाली भाषा पढाएर पनि जीवन चलाऊन सकिन्छ भन्ने बातावरण बिकास गर्नुछ । हाम्रा साना बच्चाहरुलाई नेपाली बोल्न सिकाउनुछ । साथ साथै पोल्यान्डको अङ्रेजी भाषा पनि सिकाउने बातावरण मिलाउन हुन हार्दिक अनुरोध गर्दछु ।
एस एम एस सर्भिस फर यु द्दारा दिइने सेवामा भाषा सेवा पनि परेकोले बच्चाहरुको लागि डिसेम्बर पहिलो हप्ताको शनिबार देखी हप्तामा एक दिन नेटिभ भाषा सिकाइ पनि समावेश गरिएकोले र तत्काल भाषा पढाउदैमा बिदेशमा महङाइको वाब्जुद पनि नेपाली भाषा सिकाउने जुन अठोट लिएका छौ त्यो अठोटलाई उर्जा प्रदान गरिदिएर वर्षौ अघिदेखिको परिकल्पनालाई साथ दिन हार्दिक अपिल गरिन्छ । शुरुवात त एक जनाबाटै हुने हो त्यो शुरुवातलाई तपाईंहरुको सुझावले माझिदै चम्किलो हुने हो । तपाईंहरु बुद्धिजिवी व्यापारी बिद्यार्थी शिक्षकहरु हरेकको सुझाबलाई मध्यनजर गर्दै अगाडि बढ्ने कुरामा हामी विश्वस्त हुन चाहन्छौ । एस एम एस सर्भिस द्दारा नै आदरणीय अभिभावकहरुको सुझाबलाई मनन गर्दै भाषा सिकाइ प्रमुख नियुक्त गरी भाषा सिकाइ कार्यक्रम अगाडि बढाउने जानकारी गराइन्छ । साथै युरोपका विभिन्न देशमा भएका साना नानी बाबुहरु सित समय समयमा संपर्क गराइ प्रतिभाको बिकास गराइनेछ । आर्थिक क्षमताले भ्याएको खन्डमा अन्य देशमा संचालित नेटिभ भाषा सिकाउने संघ संस्था एवम स्कुल सित समन्वय गरी साना नानी बाबुहरुलाई नेपाली भाषा तथा अङ्रेजी भाषा सिकाइमा सहजिकरण गर्नमा सजिलो पारिनेछ ।
अत तपाईंहरुले गर्न सक्ने कुनै पनि सहयोग आदि इत्यादी अनी सुझाब दिएको खन्डमा पोल्यान्डमा बच्चाहरुलाई भाषा सिकाइमा सहजीकरण गर्न सजिलो हुने थियो ।

मित्र लाल पार्दे
एस एम एस सर्भिस फर यु

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.