पोल्यान्डको राजधानी वारसवामा अवस्थित हिमालय नेपाल रेस्टुरेन्टले आफ्नो १ वर्ष पुगेको सन्दर्भमा पोलिश जनसमुदाय बिच सान्स्कृतिक कार्यक्रम गरी जन्मोत्सव मनाएको छ ।
पोलिश नेपाली तथा इन्डियन नागरिकहरुलाई मध्यनजर गर्दै वार्षिकोत्सबको सन्दर्भ पारेर ग्राहकहरुको लागि उक्त रेस्टुरेन्टले विशेष अफर दिएको थियो भने नयाँ नयाँ अन्य अफर पनि ग्राहकहरुलाई दिने जानकारी गराएको थियो । साथै उक्त रेस्टुरेन्टको नाममा केहि हेरफेर गर्दै हिमालय यति रेस्टुरेन्ट राखिएको जानकारी पनि आफ्ना ग्राहकहरुलाई गराएको थियो ।