मेरो परिवर्तित नाम श्याम बहादुर हो ।
मलाई क्रयाको ज्याकोपानी घुम्नको लागी बोलाए । ।अनि नेपालीको नाताले उनिहरुको कोठामा गए । मेरो झोला कोठामा राखेको थिए । म बिशेष रुपले बाहिर जानुपर्यो । पछि आउँदा आफ्नै नेपाली साथिहरुले चोरको आरोप लगाए । म चोरेको छैन । म के गरु ? उनिहरुले मलाई हस्ताक्षर गर्न पठाउदैछन् । ३८०० युरो बराबरको सामान चोरी भो रे भन्दैछन ।टेबल र घडी । चोरेको भए पो मेरो दोष नचोरेको पनि यो के दु:ख । म पोल्यान्ड आएको एक वर्ष भो तर नेपालीको नाताले विश्वास गरेर वारसवाबाट नेपालीहरुले घुम्न बोलाएर गएको त मलाई फसाउन खोजिदैछ ।
मलाई पोल्यान्डको नियम थाहा छैन । कृपया मेरो नाम सार्वजनिक नगरिदिनुहोला ।मैले दुख गरेर खाने हो चोरेर खाने होइन । कम्पनीमा काम गर्छु ।तर पोल्यान्डको आधिकारिक निकाय तथा संस्थाले पोल्यान्ड नेपाल मार्फत मेरो बारेमा बुझ्न प्रयास गर्नेछन् भन्ने आशा राख्दछु । पोल्यान्डका आधिकारिक निकायले यदि मेरो बारेमा बुझ्न प्रयास गरेमा मेरो फोन नम्बर दिनु यदि कसैले चासो नगरेमा म नेपाल रबि लामिछानेकहाँ मेरो वास्तविक्ता बुझाउनेछु ।
३८०० युरो बराबरको सामान थियो रे , त्यहाँ सामान चोरी भो रे चोर्ने आरोप लगाउने मान्छेहरुको नाम अहिले उनिहरुलाई सच्चिने मौका मिलोस भनेर नाम सार्वजनिक नगरिदिनुहोला । यदि मुद्दा लड्नुपरे म तयार हुनेछु र मुद्दा लड्ने बेला भएको खन्डमा नाम सार्वजनिक गरिदिनुहोला र अनावश्यक न चोरेको मैले चोरको आरोप लागेर भाषा नबुझेर मुद्दा हारेछु भने पनि हासेर जेल जानेछु ।
तर कोहि नेपालीले अर्को शहरमा बस्न बोलायो भन्दैमा न बुझेर न जानुहोला ।सोझा सिधा देखे फसाउन बेर लगाउदैनन फटाहाहरु ।
न चोरेको न लगेको सामान चोरेको आरोप लगाउने अनि मलाई फसाउन खोज्नेहरुको लागि म के गर्न सक्छु ? कृपया पोल्यान्ड बस्ने बुद्धिजीवी एवं नेपाली समुदायको उपयुक्त सल्लाहको आशामा ?
(श्याम बहादुर नाम परिवर्तन पोल्यान्ड )
“स्मरण रहोस् पोल्यान्ड नेपालमा प्रसारित हुने घटनाहरु सत्य घटनामा आधारित परिवर्तित नाममा यस्तो पनि हुन सक्छ है भनेर सार्वजनिक हुनेछन् । तर प्रमाण सहित जानकारी दिएमा अदालतले घोषणा गरेमा वा कुनै सार्वजनिक संस्था आदिले वा सार्वजनिक व्यक्तिहरुले राजनितिक व्यक्तिहरुले एवं सामाजिक प्रतिष्ठाका व्यक्तिहरुले लगाएका आरोपहरु सत्य नाममा नै समाचारको रूपमा प्रसारित गरिनेछ । तर कुनैपनि व्यक्तिले कसैको नाममा आरोप लगाएको व्यक्तिले आफुमाथि लागेको आरोपको समाचारको खन्डन गर्नबाट कसैलाई वन्चित गरिने छैन ।”