“पोल्यान्डको वारसवा शहर युनिक नै लाग्यो, ” उज्ज्वल केसी कलाकार बेल्जियम

 

FB_IMG_1511018289867.jpg

उज्ज्वल केसी बेल्जियम

बिगत १२ बर्ष देखि बेल्जियम बसेर नेपाली म्युजिक अडियो भिडियोलाई कसरी अगाडि बढाउन सकिन्छ भनेर रिसर्चको लागी पोल्यान्ड आउनु भएका उज्ज्वल केसी सित पोल्यान्ड नेपालले लिएको अन्तर्वार्ता

पोल्यान्ड नेपाल : तपाईलाई पोल्यान्ड कस्तो लाग्यो ?

केसी : चिसो तर रमाइलो

पोल्यान्ड नेपाल : पोल्यान्ड आउनुको उद्देश्य ?

केसी ; मेरो रुचि म्युजिक भिडियो उत्पादन भएको र नेपाल छदा पनि क्लासिक रेडियोमा धेरै समय  काम गर्ने गरेको  र दर्जनौ भिडिओ तयार गर्थे र युरोपको भुमिमा म १२ वर्ष जति बसेको भए पनि पोल्यान्ड आएको थिएन । पोल्यान्डको बारेमा म्युजिक भिडियोको लागी के कस्तो सामग्री उत्पादन गर्न सकिन्छ त्यही बुझ्न आएको   र जे होस् यहाँको संभावना आदि बारे सकारात्मक देखेको छु ।  अनि सन्सारले नै बुझ्ने किसिमले ७ वर्ष देखी नविन सोच लिएर अगाडि बढेको छु ।

पोल्यान्ड नेपाल ; अनि नेपाली फिल्मको कथा बिषयवस्तुको अवस्था कस्तो छ त ?

केसी ; अरुले नेपालको बिषय वस्तु खोजेर आफ्नो फिल्ममा पारेर कसरी ओस्कारमा पुग्ने सोच्छन्  तर नेपाली धेरै जसो फिल्म कथाकार हिन्दी सिनेमा कपि गरेर आफ्नो रचनालाई दरिद्री रुप दिन्छन्  ।

पोल्यान्ड नेपाल : अब प्रसङ्ग बदलौ कि ?

केसी ; हुन्छ नि

पोल्यान्ड नेपाल ; पोल्यान्डको बारेमा के के बुझ्नु भएको छ त ?

म बेल्जियम बस्छु यहाँ आएपछि धेरै कुरा बुझ्ने अवसर प्राप्त भो । युरोप अनि पोल्यान्ड आजभोलि नेपालका पत्रपत्रिकामा धेरै रङिएको छ ।  धेरै बाट बुझे अनुसार पोल्यान्डको कमाइ  २ देखी ३ युरो घन्टाको रहेछ । हुन त मेहनत गर्नेहरुलाई यो पृथिबी जहाँ पनि अवसर प्रदान गर्दछ ।

बिज्ञापन           बिज्ञापन            बिज्ञापन 

“सन्सारको झन्डै दुई   लाख जति  होटेल होस्टेल बुकिङ गर्नको लागि सम्झनुहोस्  एस एम एस सर्भिस फर यु । “email  smspardey@gmail.com

पोल्यान्ड नेपाल ; बेरोजगार युवाहरुलाई रोजगार दिनु के नराम्रो हो त ?

के सी ; बेरोजगार युवाहरुलाई काम सिस्टममा रहेर दिनुलाई गलत भन्न मिल्दैन तर एउटा सपनालाई भजाएर गैर कानुनी रुपले काम गर्नु ठिक होइन ।

पोल्यान्ड नेपाल ;  पोल्यान्डमा तपाइले छोटो समयमा कुन ठाउँ मन पराउनु भो त ?

केसी ; ठाउ त धेरै छन् रे घुम्नु पर्ने त्यसो त युरोपका हरेक शहरहरुको समानता उस्तै उस्तै छ तैपनि  वारसवा सेन्ट्रमको पार्क युनिक नै लाग्यो । वार्सवा पोल्यान्ड हामिलाई मोडर्न पेन्टिङ अलि फरक अनुभुती दिने ठाउँ जस्तो लाग्यो ।

पोल्यान्ड नेपाल; तपाइ त बेल्जियम बस्नुहुन्छ ।आजभोलि  पोल्यान्डमा महिनामा कति कमाइ हुन्छ रे भन्ने सुन्नु भएको छ र वास्तविक्ता पोल्यान्डको के बुझ्नु भयो त ;

केसी ; मैले पनि देखेको थिए बिज्ञापन ।पोल्यान्डमा दुई लाख कमाइ हुन्छ भनेर अनि सोच्थे यदि पोल्यान्डमै दुई लाख कमाइ हुने हो भने किन हजारौं पोलिश युवाहरु देश छोडेर क्यानाडा बेलायत नर्वे जानु पर्थ्यो र ?  एक लाख कमाउन उनिहरु देश छोडेका छन् र ?

पोल्यान्ड नेपाल ; के देश छोड्नुको , घर छोड्नुको  अर्थ कमाउने मात्र हो त  ,

केसी ; तपाइहरुले मान्नुस नमान्नुस तर घर छोड्नुको अर्थ कि त आध्यात्मिक कमाइ कि त भौतिक कमाइको लागी हो । लाखौ खर्च गरेर हिड्नु त आर्थिक कमाइ वा पारिवारिक भौतिक सुविधाको लागी नै धेरै युवाहरु देश छोडेका छन् ।

पोल्यान्ड नेपाल ; तपाइ त पत्रकारिता पनि त गर्नुहुन्छ नि ?

के सी : हजुर गर्छु क्लासिक खबरको लागि पत्रकारिता गर्छु र नेपाली समाजलाई यथार्थ जानकारी गराउनुपर्छ भनेर पनि म यहाँको वास्तविक अवस्था बुझिरहेको छु ।

पोल्यान्ड नेपाल : तपाईंले केहि वर्ष अघि देखि पोल्यान्डको नाममा पिडित व्यक्तिहरू पनि भेट्नु भो अनि तपाइको भनाइ के पोल्यान्ड आउनु बेठिक हो त ?

केसी ; म दलाल फटाहाको चक्करमा लागेर लाखौ लाख बुझाएर पोल्यान्ड आएकाहरु सित पनि भेटे , पिडितसित पनि भेटे । अरबमा दिनका दिन बस्कसको लाश फर्किएको छ । युरोपबाट डिप्रेसन भएर धेरै फर्किरहेका छन्  दलाल फटाहाको चक्करमा लाग्नाले । बिदेश बुझेर आउनुपर्छ । पोल्यान्डको सन्दर्भमा मैले बुझे अनुसार कमाई धेरै छैन , ५० , ६० हजार कमाउन सक्छन्  रे ।

तर यति हो आउनैपरे पनि नितिगत रुपमा सपना नबुनेर यथार्थ जानकारी लिएर आउँदा राम्रो । कुनै दलालाई लाखौ तिर्न अगाडि सर्ने तर यथार्थ जानकारी दिने कानुनी रुपबाट चलेका आधिकारिक निकायलाई नियम अनुसारको जानकारी लिन कन्जुस्याइँ किन गर्ने ?

सहि जानकारी लिएर यथार्थ बुझेर र नेपाल सरकार लगायत बिभिन्न निकायले च्याउ उम्रे झै बिना निति नियम आधार बिना लाखौ असुल्ने दलालहरुलाई निरुत्साहित गर्दै एउटा मापदण्डमा कामदार पठाउनुपर्छ ।

साउदी कतार भन्दा केहि सुरक्षा अवश्य छ तर कमाइ भन्ने कुरा यदि सिप छैन भने पोल्यान्डमा साउदी कतार भन्दा पनि कम पैसा रहेछ , मैले यहि बुझे । तर सामाजिक सुरक्षा इन्स्योरेन्स लगायत अन्य कुरामा भने युरोपकै मोडेलको आधारमा रहेको मैले पाए ।

पोल्यान्ड नेपाल ; सम्पत्ति बेचेर , रिण काढेर युरोपको सपना देखेर हाम फाल्नेहरुलाई के भन्न सक्नुहुन्छ । ?

केसी ; भिर बाट लड्ने गाइलाई राम राम भन्न सकिन्छ तर काध थाप्न सकिन्न ।सल्लाह दिने हो सुझाव दिने हो ।

पोल्यान्ड नेपाल ; अन्तमा पोल्यान्ड नेपाल बाट नेपाली समाजलाई आफ्नो मनमा लागेको कुरो भन्नुहुन्छ कि ?

केसी ; म धेरैलाई सहि कुरा बताउदा कसैले उ आफु युरोप बस्यो हामिलाई लिन नखोजेको हो भन्छन् । अनि आफु गयो अनि हामिलाई किन सम्झेला भन्छन् । लिने हो दलाल नलिने हो नामर्द हामी युरोपमा  बर्ष बसेका व्यक्तिहरुको नियति । म यति भन्छु कि युरोपमा गैरकानुनी रुपमा इल्लिगल आएर लिगल हुन धेरै कठिन छ । यस्तो सोच नै ननिकाल्दा हुन्छ । आउनै परे पनि रिण गरेर होइन सम्पत्ति बेचेर होइन आफ्नो परिवारलाई धक्का लाग्नेगरी होइन । कानुनी रूपमा कुनै सिप सिकेर आउनुहोस् । बिना सिप कोहि पनि युरोप मात्र होइन अन्य कुनैपनि ठाँउ धेरै गाह्रो छ । अन्धाधुन्द ठुलो भार पर्ने गरी नहिड्नुहोस । कानुनी रुपमै हिड्ने गर्नुहोस् । अहिलेको युरोप पहिले जस्तो सजिलो छैन । किन कि यहाँको कानुनी वाधा र व्यवधानले गर्दा हामी युरोप बस्नेहरुले पनि भावनात्मक रुपमा कठै भन्नु वाहेक वस्तुगत रूपमा केहि गर्न सकिदैन । आखिर सबै सरकारको नितिअनुसार चल्नुपर्ने हुन्छ ।

मेरो भावनाहरु पोल्यान्ड नेपाल मार्फत अगाडि लिएकोमा पोल्यान्ड नेपाललाई धन्यवाद दिन चाहन्छु ।

पोल्यान्ड नेपाल ; तपाइको अमुल्य समय पोल्यान्ड नेपाललाई दिएकोमा पोल्यान्ड नेपाल पनि आभारी छ ।

 

 

 

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.