उप प्रधानमन्त्री कृष्ण बहादुर महरा पानी अभियान शुरु भएको गाउँ मा पुगेर भोट माग्न गएको बेला एक कार्यक्रम बिच स्थानीय जनताले माग गएका छन् ,”पानी”
स्थानीय समाचार अनलाइन चेतनामा पान्डव शर्मा लेख्छन् , “स्थानीय विष्णुप्रसाद कवरले साविकको लक्ष्मीपुर गाविस सुनपुर वडा नं ७ र ८ नं वडामा खानेपानी र सिचाईको सुविधा नभएको बताए । उनले खानेपानी र सिचाईको उचित व्यवस्था गरिदिन महरालाई आग्रह गरे । कवरले वन क्षेत्रमा तालहरु धेरै भए पनि त्यहाँबाट सिचाईका लागि पानी ल्याउन नसकिएको जानकारी दिए । उनले महरालाई केन्द्रबाट बजेट विनियोजन गरेर सिचाई सुविधा उपलब्ध गराई दिन आग्रह गरे ।स्थानीय पुर्व शिक्षक सुमनप्रसाद पौडेलले वोरिङको व्यवस्था भए पनि गाउँमा धाराको पाइपलाईन विस्तार गर्न नसकिएको बताए । उनि लगायत रमण कुमार शर्मा , लेख बहादुर केसी ध्रुव ठकुरी लगायतले महरालाई जनताका माग संवोधन गर्न उनले आग्रह गरे ।”
स्मरण रहोस् बिगत दुई वर्ष देखी लगातार उक्त गाँउको लागी पोल्यान्ड बाट मित्र लाल पार्देले हरेक घर धारो होस् , हरेक गाउँ सिंचाइ होस् नारा लिएर निरन्तर पानी अभियान चलाइरहेका छन् । साथै जीवन भर पानी अभियानको नारामा समर्पित हुने घोषणा पनि गरिसकेका छन् ।