https://www.goingnepal.com/?ref=474e4150493723
पोल्यान्ड नेपाललाई पोल्यान्ड सम्बन्धि धेरैले सोधेको प्रश्नहरु एक एक गरेर सयौलाई दिन असमर्थ छ र हरेकको जवाफ व्यक्तिगत रूपमा प्रत्येकलाई दिन नसकेकोमा क्षमा चाहन्छौ । यद्यपि यहाँ औसत रुपमा दर्जनौले सोधेको जवाफ दिने प्रयास गरिएको छ ।
पोल्यान्डमा पढ्दै महिनाको खर्च र कलेज फी तिर्न सकिन्छ कि सकिदैन ?
– धेरै धेरै धेरै गार्हो छ । तर निरन्तर संघर्ष र परिश्रम गर्नेहरुलाई कुनैपनि देश नराम्रो हुँदैन । पढाइको उद्देश्य लिएर आउनेहरू पढाइमै ध्यान दिनुपर्ने हुन्छ त्यसैले पढ्दै कलेज फी तिर्छु भन्ने कुरा फलामको चिउरा चपाए जस्तो हुन्छ ।
२ पोल्यान्डमा महिनाको एक लाख रुपैया पढ्दै कमाउन सकिन्छ कि सकिदैन ?
– पढ्ने समय कटाएर औसत २ देखि ३ युरो घण्टाको हिसाब गर्नुहोस् । आफै जोड्नुहोस् ।
३ पोल्यान्डमा कार्ड खुलेको छ रे के यो सत्य हो ?
सत्य होइन
४ पोल्यान्ड फुल समय काम गर्नेहरुले कति कमाउन सक्छन् ?
– औसत ५० हजार
५ के एउटा कम्पनिमा काम गरेर टि आर सी लिएको व्यक्ति सिधै अर्को कम्पनीमा गएर काम गर्न पाउछ ?
-सिधै पाउदैन यदि कम्पनीको लागि आवश्यक व्यक्ति भएमा कानुनी प्रकृया पुरा गरेर राख्न सक्छन् तर सिप नभएकोलाई कम्पनिहरुले यो झन्झेट लिन चाह्दैनन् ।
६ कति बर्षमा पी आर हुन्छ ?
यदि ५ वर्ष सम्म लगातार कामदार भिजामा रहेर ट्याक्स तिरेर पोल्यान्ड कानुनको नियममा रही काम गरेको छ भने उसले पि आर पाउन सक्छ ।
७ के स्वास्थ्य विमा अनिवार्य छ ?
– हरेक कामदार एवम बिद्यार्थीहरुलाई स्वास्थ्य विमा अनिवार्य छ । अन्यथा पोल्यान्ड सरकार उपचार गराउन वाध्य छैन ।
८ के पि आर पाएको व्यक्तिले सिधै अरु ठाउमा काम गर्न पाउछ ?
– पाउछ भोट् हाल्ने अधिकार बाहेक अरु सामाजिक अधिकार पाउछ ।
९ टि आर सी टेम्पोररी रेसिडेन्ट कार्ड पाएपछि सिधै अरु देशमा काम गर्न पाइन्छ ?
– पाइदैन
१० के तीन महिनामै पोल्यान्डमा पि आर कार्ड बन्छ ?
-बन्दैन