“खाडी मुलुकबाट रबिन्द्र मिश्रजीलाई मेरो खुला चिठी ” रविकिरण अधिकारी

FB_IMG_1510644266800
खाडी मुलुकबाट रवि किरण अधिकारी
मेरो चिठी रविन्द्र मिश्रजीलाई

*** सर नमस्कार **
सन्चै हुन्छ
हाम्रो देशले तपाई जस्तो इमान्दार मान्छे पाउनु निकै गर्वको कुरो हो सर तपाई मेरो हृदयदेखि फेरि पनि नमस्कार सर
तपाइको बारेमा निकै गहिरो समुन्द्र गएर हेरेको छु । सबै तपाइले गरेका काम हरु सामाजिक सेवाहरु BBC NEWS मा काम गरेको मान्छे महिनाको ३ लाख खाने मान्छे तपाइ नै हो ।

मलाई विश्वास छ तपाई ठुलो इमान्दार मान्छे हो । तपाइजस्तै यो देशमा ५० जनाको जरुरी छ सर अब तपाईले निकै ठुलो टिम लिएर काम गर्नु पर्ने हुन्छ ।
तपाईंको सोच यो देश नेपाल को लागि धरै राम्रो कुरो हो । म यसमा १००% सहमत छु सर ।

तर बिडम्बना यो देश कस्तो छ यहाँका जनता कस्ता छन् तपाईलाई पनि थाहा छ रबिन्द्र जी ।

१-यो देश पृथ्वीनारायण शाहको जरो खन्ने देश हो ।

२- मदन भण्डारी जस्तो नेतालाई मार्ने देश हो ।
३ -डाक्टर गोबिन्द लाइ पागल रैछ भन्ने देश । हो उहाको माग लाइ पुरा नगर्दिने देश हो ।
४- जनताको मलमपट्टी लगाउने धुर्मुसे सुन्तली लाइ पैसा खायो भन्ने देश हो ।
५ – राजा बिरेन्द्रका परिवारलाई मारेर फाले अझै त्यसको टुंगो नलागेको देश हो ।
६-पुरानो इतिहास हिन्दु राष्ट्र मेटाएर आज धर्म निरपेक्ष्य बनाएको देश हो ।
७- पशुपति मन्दिरमा कयौं शताब्दी देखि भारतको पुजारी राखेको देश हो ।
८- महाकालीको बाँधको चापी भारत लाईदिने नेताको देश हो ।
९- १७ हजार जनताको सहिद भएर लिएको गणतन्त्रलाई नेपाली जनताले नै स्वीकार्न नसकेको देश हो ।
१०- सिके राउतले पहाडी महिलाहरु रन्डी भनेको देश हो तराईलाई टुक्र्याउन अगाडि बढ्ने नेताहरुको देश हो ।
११- डाक्टर बाबुराम भन्दा पागल हुने देश आज बाबु रामलाई गाली गरेका छन् ।
सतिले सरापेको देश हो त्यति सजिलो कहाँ छ र रबिन्द्र सर ? राजनीति गर्न तपाईजस्तो इमान्दारी मान्छेबाट ।उल्टोपुल्टो गर्ने मान्छे अगाडि बढेको देशमा सोझासिधा देश राम्रो बनाउछु भनेर हिड्ने फेल भएकै छन् ।

अत म तपाईलाई के भन्छु भने सबै राम्रो राम्रो मान्छे हरु मिलेर कम्युनिस्ट बाम पार्टीलाई सहयोग गर्नुहोस् ।
तपाइ प्रधानमन्त्री बन्नुस देशले पनि तपाइँ जस्तो मान्छे मागेको छ तर तपाई ले बिवेकशिल पार्टिमा गएर यी सबै चिज हरुको समस्या समाधान गर्न सक्नु हुदैन । तिनी जडलाई साथमा राखेर पनि मिलाएर पनि यो देशको भलो गर्न सक्नुहुन्छ त्यसैमा भलो हुनेछ रबिन्द्र जि ।

भोलिदेखि तपाइलाई यहि देशका जनताले गाली गर्नेछन् । किन कि ठुलो ब्वासो भारतले सोचेको राम्रो काम पुरा गर्न दिदैन । त्यसैले सबैलाई हातमा लिएर देशको विकास तिर लाग्नुस । न कि बिवेकशील साझा पार्टीले केहि गर्न सक्दिन यो हाम्रो पुरानो इतिहासले भोगेको कुरो हो सर ।
बाकी कुरो त हामी हेर्दै जाने हो ।
सर
तपाइँका विचारहरु अहिले जनतामा धेरै राम्रो छ तर पछि त्यही कुरोमा जनताले तपाईलाई गाली गर्नेछन् ।
मिलेर गर्नुस काम त्यसैमा जनताको भलो हुने छ ।
राष्ट्रियता देशको जोगिने छ ।

पुरानो लिडरबाट पनि केहि शिक्षा लिन जरुरि छ ।देश हाक्ने इतिहास बुझ्ने मान्छे पनि खोजेको छ यो देशले
त्यसैले चिसो दिमागले काम गर्दा राम्रो होला सबै नेपालीले नै देशको विकास खोजेको छ सबै लिडरहरु मिल्नुस त्यसै मा जनता खुसि हुने छन् । सकेसम्म सबैलाई मिलाएर काम गर्नुस् । देशमा मात्र दुई पार्टी भए पुग्छ ।सयौं पार्टी खोलेर देशको विकास हुदैन ।फाइदा पनि छैन । देशले स्थायित्व खोजेको छ पार्टी खोजेको छैन ।
FB_IMG_1510644217244

तपाइहरु पनि बाम एकतामा गएर देशको विकास गर्न मिल्छ सर
सबै लिडरहरु टेबलमा बसेर आत्मा समिक्षा गरेको खन्डमा देश र जनताको भलो हुनेछ ।

धन्यावाद
रविकिरण अधिकारी
खाडी मुलुकबाट

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.