उदयराज गिरी
१. विशेष गरि ओर्क पर्मिट्मा जुन रकम हुन्छ त्यो रकम कर्मचारीहरुको हातमा पर्ने रकम हैन।
२. ओर्क पर्मिटमा खाली “Gross” भनेर उल्लेख गरेको हुन्छ। त्यसैले हामीले बुझ्नु पर्ने कुरा gross रकम बाट काटेर आउने रकमलाइ बुझ्नु पर्छ। मानौ कुनै कर्मचारीको तलब 2500 छ भने Retirement insurance 244.00 holding insurance 37,50 sickness insurance 61,25, health insurance194,15 र payment for PIT 155,00 काटेर आउँछ जुन आउने रकम हुन्छ त्यो केबल 1808.10 हुन्छ।
३. पोल्यान्डको मिनिमम महिनाबारी तलब gross PLN 2000 हो भने घन्टाको grosss PLN 11.54 हो।
४. पोल्यान्डमा हाल 2017 सम्म आइपुग्दा प्राय लेबर कामको लागि घन्टाको nett PLN 10-12 सम्म हुन्छ र बाकी त्यो भन्दा बढी तलब हुनेहरु धेरै पुराना या कुनै काममा दक्षित हुन्छ्न।