पोल्यान्डमा दिन प्रतिदिन बच्चाको जन्म दर कम हुँदै गैरहेको छ । यहाँका कामदारहरु धेरै जसो युरोपेली मुलुकमा अलि धेरै तलबको आशमा देश छोडेर पनि गैरहेका छन् ।
२००४ मा युरोपियन युनियनमा पोल्यान्ड प्रवेश गरेपछि यहाँको बजार इ यु मा सहज भएको थियो ।
हालै आफ्नो देशमा अत्यधिक मात्रामा जनसंख्या दर कम भएको चिन्तालाई मनन गर्दै पोल्यान्ड सरकारले आफ्ना नागरिकहरुलाई खरायो जस्तै जतिसक्यो धेरै बच्चा जन्माउन अनुरोध गरेको छ ।उक्त अनुरोध पोल्यान्ड सरकारको स्वास्थ्य मन्त्रालय मार्फत यु ट्युबमा खरायो झै बच्चा जन्माएर ठुलो परिवारको राजा हुन आग्रह गरिएको छ ।
स्मरण रहोस् पोल्यान्ड सरकारले बच्चा जन्माउने बाबु आमालाई बच्चाको रेखदेखको लागी २ वर्ष अघिदेखी एउटा परिवारमा एक जनाको भागमा महिनाको ८०० ज्लोटी कमाउन नसक्ने परिवारको लागी दिएको सामाजिक सुरक्षा भत्तामा झन्डै छ गुणा वृद्धि गरी एक बच्चा बराबर ५०० ज्लोटी झन्डै १३ हजार मासिक रूपमा बाबुआमालाई दिदै आएको छ । त्यो भन्दा अगाडि मुस्किलले २ हजार रुपैया जति दिन्थ्यो ।
पोल्यान्ड स्वास्थ्य मन्त्रालयले खरायो झै धेरै बच्चा जन्माउन प्रेरित गर्दै यु ट्युब मार्फतं जारी गरिएको भिडियो