एस एम एस सर्भिस फर यु द्दारा संचालित पोल्यान्ड नेपाल डट कमको आफ्नै कार्यालय मिति २०१७ नोभेम्बर १५ देखि मेट्रो पोलिटेक्निका पोल्ना १३ लोकल १२ मा हुने भएको छ ।
पोल्यान्ड सित सम्बन्धित कुनैपनि अथवा पोल्यान्डनेपाल सित विषय वस्तुहरु उक्त ठेगानामा प्रेषित गर्न सक्नुहुनेछ । अथवा इमेल polandnepal17@gmail.com मा पनि आफ्ना सामग्रीहरु प्रेषित गर्न सक्नुहुनेछ । बिज्ञापन पोल्यान्डनेपालको आयश्रोत हो । तथापि बिज्ञापन छाप्ने दायराहरु पोल्यान्ड नेपाल डटकमको आफ्नै नियम अनुसार प्रसारित गर्नेछ ।
बिज्ञापन सम्बन्धि नियमहरु
१ कुनैपनि कम्पनीको बिज्ञापन छाप्नुपर्दा अनिवार्य रुपमा रेगन नम्बर , निप नम्बर सहित सरकारी अफिसमा दर्ता भएको हुनुपर्नेछ । अन्यथा बिज्ञापन छापिने छैन
२ बिज्ञापन छाप्दा कम्पनीको नाममा भ्याट बिल जारी गरिनेछ ।
३ पैसा पाउने भन्दैमा नसुहाउदो जानकारी दिएको बिज्ञापन छापिने छैन ।
३ आफ्नो देशको भाषा सन्स्कृती सिनेमा राजनैतिक दल सम्पदा आदिको शुभकामना एवं कार्यक्रम बिज्ञापन गर्न माथि १ को नियम लागु हुनेछैन । नेपाल र पोल्यान्ड सम्बन्धित सामाजिक हितका लागी जारी गरिने बिज्ञापनहरु जो कोहिले पनि दिन सक्छ ।
४, शुभकामना , कागजात हराएको कोठा सम्बन्धी तथा अन्य व्यक्तिगत चाहनाका बिज्ञापनहरु दिन स्वयं व्यक्तीले पनि दिन सक्छन् ।
https://www.goingnepal.com/?ref=474e4150493723
५अन्य कम्पनीको सुबिधा सम्बन्धी नियममा पनि नियम १ बिज्ञापन लागु हुने छैन आफ्नो कम्पनी राम्रो भन्नु बिज्ञापन दिने कम्पनीको अधिकार हो ।
६ बिज्ञापनको सत्यता र यथार्थता र सन्बन्धित कम्पनीले दिएको जानकारीको जिम्मेवारी पोल्यान्ड नेपाल हुनेछैन बिज्ञापन दिने कम्पनी नै उक्त बिज्ञापनको जिम्मेवारी हुनेछन् ।
७ सम्झौता अनुसार बिज्ञापन छापिनेछ । साधारणतया बिज्ञापन छाप्नुपर्यो भनेर बिज्ञापन आयो भने मात्र एक पटक प्रकाशित गरिनेछ यद्यपि लामो दिनसम्म सम्झौता भो भने अरु दिन पनि प्रकाशित गरिनेछ ।
८ यो ब्लग लेख जानकारी आदि दिने हुँदा हरेक दिन सामग्री नहुन सक्छ तर हालको लागी हप्तामा कम्तिमा एक सामग्री राखिनेछ। ।
समाचार पोल्यान्ड नेपालले साइटको दर्शक बढाउने निहुमा समाजमा उत्तेजित पार्ने द्द्न्द बढाउने समाचार प्रकाशित गर्नेछैन । यद्यपि कुटनैतिक बहसलाई भने स्थान दिइनेछ ।
पोल्यान्ड नेपालले बिशेश रूपमा पोल्यान्ड नेपाल सम्बन्धी सामग्रीलाई विशेष ध्यान दिइनेछ यद्यपि अन्य प्रेरणाका श्रोत अन्य हाम्रो समाजलाई आवश्यक पर्ने सामग्री जहाँको पनि राखिनेछ ।
कसैको गाली बेइज्जत सम्बन्धि सामग्री प्रसारित गरिनेछैन ।
आशा छ तपाईहरुको साथले पोल्यान्ड नेपाल अगाडि बढ्नेछ ।
बिज्ञापन बिज्ञापन बिज्ञापन
पोल्यान्ड नेपालमा समय समयमा उपयुक्त जानकारी दिने र जसको सामग्री धेरै पाठकले मन पराउने वर्ष दिन भरीको एक सामग्रीलाई पुरस्कृत पनि गरिनेछ । पोल्यान्ड नेपालले लेखकहरुको उचित सामग्रीको पनि कदर गर्नेछ तर सबै सामग्री प्रकाशित गर्ने नगर्ने अधिकार पोल्यान्ड नेपालमा सुरक्षित राखिएको छ ।