पोल्यान्डमा एस एम एस सर्भिस फर यु द्दारा नेपाली बाल बच्चाहरुको लागि नेपाली भाषा तथा अङ्ग्रेजी सिकाइ कक्षा संचालन डिसेम्बर पहिलो शनिबारदेखि हुने भएको छ । उक्त कक्षा संचालनको लागी एस सर्भिस फर यु ले शुरूवात गर्दैछ भने अभिभावक भेलाको लागि हिमालय रेस्टुरेन्टकी रिता न्यौपानेले संयोजन गर्नु भएको छ भने र आइ ब्रोज बिउटी पार्लरकी कल्पना न्यौपानेले सहसंयोजन गर्नुभएको छ । सहजीकरण एस एम एस सर्भिस फर यु ले गर्नेछ ।
अभिभावक भेलाको लागी जारी गरेको सूचना
एस एम एस सर्भिस फर यु द्दारा नेपाली भाषा तथा अङ्ग्रेजी भाषा नेपाली बच्चाहरुको लागि डिसेम्बर देखि हप्ताको एक पटक शनिबार वारसवा पोल्यान्डमा संचालन हुने जानकारी गराइन्छ । स्मरण रहोस् एउटै कक्षामा १० जना भन्दा धेरै भर्ना गर्न नसकिने । इच्छुक अभिभावक भेलाको लागी नोभेम्बर २५ गते शनिबार हिमालय रेस्टुरेन्ट वारसवामा दिनको तीन बजे निमन्त्रणा गरिन्छ । पढाइ शुरु डिसेम्बर पहिलो शनिबार देखि
अभिभावक भेलाको लागि
संयोजक रितु न्यौपाने (हिमालय रेस्टुरेन्ट )
सहसंयोजक कल्पना न्यौपाने
आयोजक एस एम एस सर्भिस फर यु पोल्यान्ड
अभिभावक भेला स्थान Polna 13
Polna Bazar Himalaya restaurant warszawa
Time at 15.00