पोल्यान्डमा मेरो अनुभव

पाेल्याण्डमा मेराे अनुभव
– हिमाेढ पहाडी

received_155333548536113.jpegपाेल्याण्डलाई पाेलिस तथा पाेलस्का पनि भनिन्छ । मध्य युराेपमा अवस्थित गणतन्त्र पाेल्याण्ड क्षेत्रफल काे हिसाबले युराेपकाे नवाैँ ठूलो देश हाे । यसले सन् १९१८ मा स्वतन्त्रता प्राप्त गरेकाे थियाे । यहाँ हरेक वर्षको नाेमेम्भर ११ मा राष्ट्रिय स्वतन्त्रता दिवस मनाइन्छ ।

पाेल्याण्डकाे क्षेत्रफल ३,१२,६८५ वर्ग कि.मी. छ । यसकाे राजधानी शहर वार्सा हाे । यसकाे पूर्वमा युक्रेन र बेलारस, पश्चिममा जर्मनी, उत्तरमा बाल्टिक सागर,लिथुवानिया र रुस तथा दक्षिणमा चेक गणतन्त्र र स्लाेभाकिया रहेका छन् ।

received_155333551869446.jpeg

पाेल्याण्डकाे मुख्य सरकारी भाषा पाेलस्की हाे र यहाँ अन्य क्षेत्रीय भाषाहरु पनि बाेलिन्छन् । यहाँको मुद्रालाई ज्लाेटी भनिन्छ । यहाँको जनसंख्या ३ कराेड ८५ लाखभन्दा बढी छ । वार्सा,लुब्लिन, पाेजनान, काटाेइस इत्यादी यहाँका प्रमुख शहरहरु हुन् ।

याे मुलुक शीतप्रदेशीय हावापानीकाे क्षेत्र अन्तर्गत पर्दछ । यहाँको अाैषत वार्षिक तापक्रम ८ डिग्री सेन्टिग्रेड सम्म हुन्छ । गृष्ममा यहाँको अाैषत तापक्रम १८ डिग्री सेन्टिग्रेड सम्म पुग्छ भने हिउँदमा -४ डिग्री तथा कहिलेकाहीँ हिउँदमा -३५ डिग्री सम्म तापक्रम पुग्दछ । यहाँको अाैसत वार्षिक वर्षा ६०० मिलि- लिटरसम्म हुन्छ । भिस्टुला यहाँको सबैभन्दा लामाे नदि हाे । यसकाे लम्बाई ६५१ माइल छ ।

 

यहाँको स्थानीय समय नेपाल काे समय भन्दा ३.४५ पछाडि छ तर हिउँदमा ४.४५ पछाडि हुन्छ । यहाँको भू- बनावट भाैगाेलिक विविधताले भरिपूर्ण भएको ले जैविक विविधतामा याे देश सम्वृद्ध छ ।

सन् १९८९-१९९१ सम्म प्रजातान्त्रिक व्यवस्थाका लागि संक्रमण व्यहारेकाे याे देशले जनवादी व्यवस्था लाई विस्थापित गर्दै प्रजातान्त्रिक व्यवस्थाकाे जग हाल्न सफल भएको हाे जसलाई तेश्राे पाेल्याण्ड गणतन्त्र (Third Polish Republic) भनिन्छ । यहाँकाे राजनीतिक व्यवस्था संसदीय प्रजातान्त्रिक गणतन्त्र हाे । कार्यकारी अधिकार राष्ट्रपति तथा मन्त्री परिषद् दुबैले प्रयाेग गर्दछन् ।

received_155333581869443

याे मुलुकले प्रजातान्त्रिक व्यवस्थाकाे परिपक्वतासँगै सन् १९९९ मा NATO (North Atlantic Treaty Organiz ation) काे सदस्य राष्ट्र तथा सन् २००४ मा युराेपियन युनियन (EU) काे सदस्य राष्ट्र बनेकाे हाे । याे देश युराेपियन युनियन अन्तर्गतकाे छैठौं ठूलो अर्थव्यवस्था भएको मुलुक हाे । त्यसैले हामी नेपालीका लागि उच्च शिक्षा र राेजगारकाे अाकर्षक गन्तव्य बन्दै गइरहेको छ ।

कैयौं नेपालीहरुले अाफ्नाे व्यवसाय संचालन गरिरहेका छन् । पाेल्याण्डमा नेपाली युवाहरुले NRN पाेल्याण्ड र INAS काे स्थापना गरि नेपालकाे अार्थिक, सामा- जिक र सांस्कृतिक विकासमा याेगदान गर्नुका साथै नेपाल र पाेल्याण्डलाई जाेड्ने महत्त्वपूर्ण सेतुका रुपमा काम गरिरहेकाे पाउन सकिन्छ ।

यहाँका मानिस मिलनसार र सहयोगी स्वभावका हुन्छन् । अात्मनिर्भर र स्वाभिमानी हुन्छन् । अाफ्नाे काम स्वयम् गर्न रुचाउँछन् । वातावरण संरक्षणका सवालमा धेरै जागरुक छन् । हरियाली तथा स्वच्छ वातावरण यहाँको विशेषता हाे ।

समयकाे सदुपयाेग गर्ने सवालमा हरेक क्षेत्र संवेदन- शील देखिन्छ । मानिसहरु तथा रेल र बस सेवा निय मित छन् । जसले हरेक क्षेत्रलाई अनुशासित बना एकाे छ । विज्ञान र प्रविधिकाे विकासले पुरै युराेपलाई
सभ्य, समुन्नत र विकशित बनाएकाे छ । जसले गर्दा कृषि तथा अाैधाेगिक क्षेत्रमा ठूलो प्रगति हासिल गरेकाे छ । स्रोत र साधनकाे उचित संरक्षण तथा उपयोगले सम्वृद्धि हासिल गर्न सकेकाे छ । यहाँका उद्योग तथा कम्पनीहरुमा वर्क पर्मिट बिना काम पाउन असम्भव छ । सरकारी नीति नियमलाई हरेकले हृदयदेखि नै अात्मसात गरेकाे पाइन्छ ।

अाैसत रुपमा यहाँ खाद्य सामग्री खासै महङ्गो छैन किनभने त्यही अनुपात मा हरेक क्षेत्रमा श्रमिकको तलबमान ताेकिएकाे हुन्छ ।

मानिस, साइकल, बस तथा ट्रमका लागि छुट्टाछुट्टै बाटाेकाे व्यवस्थापनले सडक दुर्घटना न्युनिकरण गर्न टेवा पुगेकाे छ । बाटो क्रसिङमा चालककाे अनुशासन र धैर्यता उदहारणीय छ । डिपार्टमेन्ट स्टाेरहरुमा काम गर्नेहरुकाे अनुशासन र सेवाभाव तथा मैत्रीपुर्ण व्यवहार वास्तवमै अनुपम खालकाे हुन्छ ।

पाेल्याण्ड र यहाँका बासिन्दाबाट नेपाल र नेपालीले सिक्नु पर्ने धेरै कुराहरु छन् । विज्ञान र प्रविधिमा पछाडि रहेकाे हाम्रो देशले देशभित्र उपलब्ध स्राेत र साधनकाे उचित उपयोग गर्न सकेकाे अवस्थामा नेपालले पनि याे उचाइ प्राप्त गर्न सक्छ भन्नेमा दुई मत छैन । त्यसै गरि नेपाली युवाहरुले विदेशमा हासिल गरेकाे उच्च शिक्षा तथा सीप र श्रृजनालाई नेपाल र नेपालीको हितमा लगाउन सर्वप्रथम देशमा राजनीतिक स्थायित्व हुन जरुरी छ । नेपालकाे नेतृत्व वर्गले दलीय स्वार्थ भन्दा माथि उठेर प्रतिभा पलायनकाे समस्यालाई राेक्ने नीति निर्माण गर्न सकेकाे अवस्थामा नेपालले दक्षिण एशियामा विकासकाे क्षेत्रमा नयाँ अायाम स्थापित गर्न सक्दछ ।

हिमोढ पहाडी

पोल्यान्ड

received_155333671869434.jpeg

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.