मित्रलाल पार्दे
पानी अभियानकर्ता
त्रिशुली सुरक्षा पर्खाल अभियान भनेर धेरैले अरबौको लागत लाग्ने पर्खाल सरकारले गर्न नसकेको काम एउटा व्यक्तिले कसरी गर्ला पहिरो आउने ठाउँमा कसरी काम होला वाइहात हो पनि भने तर त्रिशुली सुरक्षा पर्खाल अभियानको अर्थ सिधै पर्खाल खडा गर्ने भन्ने कुरा नबुझौ । बर्लिनको पर्खाल ढल्यो भन्नुको अर्थ सिधै पर्खाल ढलेको होइन नि ।हामी बुझौ कि दुर्घटना कसरी रोक्ने भन्ने बारे सोच्नु कार्यान्वयन गर्ने गराउनु र दुर्घटना न्युन गराएरै छाड्नु र त्रिशुलीको पानीमा डुबेर मान्छे दुर्घटना हुनबाट रोक्ने उपायहरु अवलम्बन गर्नु नै यो अभियानको लक्ष्य हो ।धेरै बहस गर्दै गएपछि निचोड निस्कन्छ नै । निचोडको अर्थ दुर्घटना हुनबाट रोक्ने बिभिन्न उपायहरु अवलम्बन गर्नु हो आवश्यक परेको ठाउँमा पर्खाल खडा पनि गरौंला तर तत्काल बिभिन्न प्रविधी प्रयोग गरी गर्न लगाइ दुर्घटना कम गराउनु हो । करोडौ जुट्यो भने हरेक प्रविधि प्रयोग गरेर र सरकार एवं हरेक गैरसरकारी संस्था आम नागरिकसित समन्वय गरेर दुर्घटना कम गर्ने निति अवलम्बन गर्नु चेतना दिनु दबाब दिनु जनचेतना दिन लगाउनु आदि इत्यादी यो अभियान अन्तर्गत हुनेछन् । बहसबाट निचोड निकालेर कार्यान्वयनमा पुग्नको लागि “मेरो देशको दुर्घटना न्युन गर्न मेरो भुमिका के ? भनेर बहस ग्रुप अभियान राखिएको छ । यो अभियानमा जोडिने सदस्यहरु ” त्रिशुली सुरक्षा पर्खाल अभियानमा ” कम्तीमा ५० हजार आर्थिक सहयोग गरेकाहरु अथवा कुनैपनि देश वा ठाउँको दबाब समिती संयोजक एवं दुर्घटना सित सम्बन्धित विशेषज्ञ इन्जिनियर दुर्घटना रिपोर्ट पत्रकार जोडिदै लगिनेछ । तत्काल उक्त ग्रुपमा ५० हजार भन्दा माथी सहयोग गर्न प्रतिबद्धता वयक्त गरेकाहरु श्री कृष्ण न्यौपाने पोखरा , कमल आमगाइ गोरखा ,मित्रलाल पार्दे पोल्यान्ड , दबाब समिती गठन गर्न तयार राजेन्द्र लम्साल स्पेन बार्सिलोना लोकराज अधिकारी दाङ , सुवास पोखरेल गोरखा , रेसम अर्याल नवलपरासी , टंक कटुवाल पोल्यान्ड , एक महिना श्रम दिन तयार शोभाराम घर्ती मगर काठमाडौ ट्राफिक व्यवस्थापन कसरी गर्ने भनेर लागी पर्नु भएका थर्क सेनसित पनि कुरो भएको छ भने , यो दबाब समुहमा रहेर साथ दिन अगाडि बढ्ने भन्दै रिसर्चर राम भन्डारी इटाली चान्सर पृन्टर्स प्रबन्धक दिन श्रेष्ठ काठमाडौ , प्रोफेसर मिना सिंह खड्का काठमाडौ , शंकर डाङी दाङ , रविमोहन तिवारी चितवन समावेस हुनुभैसकेको छ । अभियानको बारेमा ग्रुपमा बहसले निकालेको निचोडलाई पत्रकारहरुले सकारात्मक सन्देश प्रवाह गर्दै अभियान अगाडि बढाएर साथ दिन विनम्र अनुरोध ।त्रिशुली सुरक्षा पर्खाल अभियान अगाडि बढाउन त्रिशुलीको पानीमा बस खसेर पानीमा डुबेर दुर्घटना हुने दिनको अन्त्य गर्नमा ड्राइभर नेता गाडी मालिक यात्रु प्रहरी कलाकार हरेक संघ संस्थाहरुलाई साथ दिन हुन हार्दिक अनुरोध गर्दछु ।