जुनबेला म्याडम क्युरी पोल्यान्डमा जन्मिएकी थिइन् त्यो बेला पोल्यान्ड भन्ने देशको नक्सा नै थिएन । चारैतिरबाट विभिन्न देशले लुछाचुडी गरेर खाइरहेका थिए । रुस अष्टृया जर्मनीले लुछेर खाएका थिए । आ आफ्ना नियम लगाउथे , रुसले त झन पोल्यान्डमा पोलिश बोल्नेलाई फासी मृत्युदन्ड दिन्थ्यो । रुसि भाषामा पढ्नुपर्ने पोल्यान्डका नागरिकलाई आफ्नै भाषामा पढ्न पाउनु अपराध थियो ।
जुन्बेला म्याडम क्युरी जन्मेकी थिइन त्यो बेला सार्है दयनीय अवस्था पोल्यान्ड नै नभएको अवस्था छोरीहरुले विश्वविद्यालय पढ्न पाउदैनथे त्यस अवस्थामा भुमिगत रुपमा भएपनि संचालित विश्वविद्यालयमा लुकेर पढिन् ।निरन्तर साधनामा लागिरहिन् ।गरिबिको पिडाले मात्र दुई जोर लुगामा धेरै वर्ष बिताइन् । वर्षौ वर्ष एक जोर लुगामा युनिभर्सिटी पढ्न गइन् । तर साधनामा लाग्न हार कहिल्यै खाइनन् निरन्तर उनि रेडियमको आविष्कारको लागी अगाडि बढिरहिन् अन्ततः सफल पनि भो र मृत्युु पनि रेडियम विकिरणहरुको कारणले भो र बिश्वको बैज्ञानिक जगतमा महान बैज्ञानिक नारी भएर युगौयुग चम्किरहिन् ।
जब उनको चर्चा चुलिएको थियो तब एक दिन पत्रकार उनको घरमा अन्तर्वार्ता लिन पुगे उनी पुग्दा क्युरी घरमा सरसफाइ गरिरहेकी थिइन् । पत्रकारलाई लाग्यो उनी घरेलु नोकर हुन् ।
त्यसैले उनले सोधे, ‘म्याडम क्युरी कहाँ हुनुहुन्छ ? ‘ पत्रकारको प्रश्न शैलीले क्युरीले उनको मानसिकता बुझिन् र भनिन्, ‘म्याडम अहिले बाहिर जानुभएको छ । तर उहाँले तपाईंका निम्ति एउटा सन्देश छोड्नुभएको छ ।’
‘कस्तो सन्देश ? ‘ पत्रकारले सोधे ।
‘उहाँले भन्नुभएको छ-मानिसबारे कम जिज्ञासु बन । उनीहरूको कर्म र विचारबारे बढी जिज्ञासु बन ।’
त्यती गरिबिबाट अनि सार्है दयनीय परिवेशबाट हुर्केकी म्याडम क्युरीको देश पोल्यान्डमा बस्न पाएकोमा मलाई गर्व छ । किनकि मुल्यांकन भन्ने कुरो आर्थिक समृद्दी मात्र हेरिनुहुदैन । विचार सन्तुष्टी आर्थिक सन्तुष्टि नैतिक सन्तुष्टि सामाजिक सन्तुष्टि सबै समृद्धिका पाटाहरु हुन् । दुई पटक नोबेल पुरस्कार जितेकी म्याडम क्युरीको पुरा जिवनी पढ्न सक्ने हो भने मात्र हाम्रो सोचाइमा धेरै परिवर्तन आउन सक्छ ।
म्याडम क्युरीको मृत्युुमा दु:ख व्यक्त गर्दै महान बैज्ञानिक अल्बर्ट आइन्स्टाइनले लेखेका थिए ।”
“आजसम्म ख्यातिले भ्रष्ट नगरेको एउटै व्यक्ति म्याडम क्युरी मात्र हुन्। एकसय एकचालीस वर्ष पहिले आजकै दिन अर्थात नोभेम्बर ७ तारिखका दिन जन्मेकी यी मानवतावादी महान वैज्ञानिक म्याडम क्युरीप्रति हार्दिक श्रद्धासुमन!”
( पोल्यान्ड न्युज विकिपिडिया नागरिक न्युज माइसन्सार अन्नपूर्ण कान्तिपुर अनि मेरो आफ्नो भावना एवं दृष्टिकोण प्रस्तुत गरेर यो सामग्री तयार गरिएको हो ।)