मित्रलाल पार्दे
पोल्यान्ड
म कहाँ एक महिनामा पोल्यान्डमा ६ वटा नेपाली पासपोर्ट हराएको खबर आए । ती मध्य सुरज कार्की र विश्व तामाङ्को पासपोर्ट भेटिएको खबर प्राप्त भो भने अन्य तीन जनाको नभेटिएर नेपाली दूतावास जर्मनी पठाउनु पर्यो भने हिजै एक जनाले जर्मनीबाट फोन गरेर पासपोर्ट हराएको खबर प्राप्त भो । उतै नेपाली दूतावास जर्मनी जानु भनेर जानकारी दिए ।
एक जना पोल्यान्डमा विश्व तामाङको पासपोर्ट एक इन्डियन नागरिकले पोल्यान्डमा भेटाए अनि पासपोर्ट हराउने मान्छे सम्पर्क गर्दै उनले दिए उनिजस्तै हरेक व्यक्तिहरू इमानदार हुने हो भने अवश्य हराएर पनि दुख पाउनु पर्दैन । उनले भेट्दा बित्तिकै नेपालीलाई सम्पर्क गरे र आज दिए अनि मलाई खबर गरे भेटिएको पासपोर्ट सम्बन्धित व्यक्तिलाई दिएका छौ । उनले मेरो मोबाइल मेसेजमा लेखेको जानकारी “Brother, the person came and took his passport ।”
इन्डियन नागरिकले नेपालीको हराएको पासपोर्ट सम्बन्धित व्यक्तिलाई बुझाएको जानकारी दिएको पासपोर्ट
हराउनु सम्बन्धित व्यक्तिको लापरबाही हो तथापि भेटिएको खन्डमा कम्सेकम नेपाली समुदायलाई भेटाउने व्यक्तिले जानकारी दिएर सम्बन्धित व्यक्तिलाई चाडै नै दिन सकेमा अनावश्यक झन्झट अनि हराएको पासपोर्टको नयाँ पासपोर्ट बनाउदा लाग्ने डबल शुल्क आदि इत्यादि तिर्नु पर्दैनथ्यो ।
एक जना हराएको पासपोर्टबारे इन्डियनले भेटाएर सम्बन्धित व्यक्तिलाई दिनको लागी पहल गरेको जानकारी गराउने पोल्यान्ड बस्ने बिकास श्रेष्ठ
हराएको पासपोर्ट र नभेटेपछि नेपाली दूतावास जर्मनीमा नयाँ बनाउन निवेदन लेख्नुपरेको नेपाली निम्न व्यक्तिको नभेटिएको पासपोर्ट ।यस्ता नभेटिएका दर्जनौ हुन आउछन् ।