इनास ग्लोबल उपाध्यक्षमा पोल्यान्डबाट पानी अभियानकर्ता मित्र लाल पार्देलाई मनोनयन

२०१२ अगस्त २६ गते वारसवा पोल्यान्डमा नै बत्ती बालेर स्थापना भएको इनास २०१७-२०१९ पुष्प बरुवालको अध्यक्षतामा गठित काठमाडौको विश्व सम्मेलनले इनास  ग्लोबल उपाध्यक्षमा पोल्यान्डबाट पानी अभियानकर्ता मित्र लाल पार्देलाई चयन गरेको छ ।  त्यसो त उनले स्थापना कालदेखि नै इनासको  विधान मस्यौदा संयोजन समिति संयोजक भएर काम गरेका थिए भने उनि पनि इनास निर्माण गर्नमा इनासको स्थापना कालमा विशेष भुमिका निर्वाह गरेका थिए ।

इनासलाई विश्वव्यापी बनाउनमा ग्लोबल अध्यक्ष पुष्प बरुवालको मेहनत अत्यन्त रहेको र बरुवाल हुँदैन थिए भने इनास यस्तो अवस्थामा आउने थिएन । पोल्यान्ड इनासका अध्यक्ष श्री कृष्ण न्यौपानेले बताए ।

FB_IMG_1509172861557

काठमाडौ सम्मेलनमा गएर फर्केपछि इनास कार्यक्रम प्रति अत्यन्त खुशी व्यक्त गर्दै इनास पोल्यान्ड अध्यक्ष श्रीकृष्ण न्यौपानेले भने ” हामिले पोल्यान्डले ग्लोबल उपाध्यक्ष पाएको छ । यो समग्र पोल्यान्डमा रहेका नेपालीहरुले गर्व गर्नुपर्ने भएको छ । जहाँ इनास जान्छ त्यहाँ पोल्यान्ड जोडिएको छ । आफुले पनि विश्व सम्मेलनमा भाग लिदै गर्दा इनास सम्मेलनमा ग्लोबल उपाध्यक्षले उठाएको पानी मुद्दा पनि उजागर गरेको जानकारी दिए । आफु भन्दा पनि बिदेशी भुमिमा नेपाली भाषा संस्कृत आदिबारे आफ्ना बच्चाहरुलाई बुझ्न र बुझाउन पनि इनास जरुरत भएको जानकारी दिए ।

त्यसो त विभिन्न आरोह अवरोह पार गर्दै अगाडि बढेको इनासमा २०१७ -२०१९ को ग्लोबल कार्यसमितिमा पुष्प बरुवाल अध्यक्ष नेदरल्यान्ड , कमला दाहाल वरिष्ठ उपाध्यक्ष जर्मनी , मित्र लाल पार्दे उपाध्यक्ष पोल्यान्ड , राम चन्द्र थापा उपाध्यक्ष अस्ट्रेलिया , भगवती बस्नेत उपाध्यक्ष इजरायल , मनिष श्रेष्ठ महासचिव यु के , मोहराज शर्मा सचिब यु ए इ , राधी क्षेत्री कोषाध्यक्ष इटाली ,  इनास केन्द्रीय प्रवक्तामा डा  आर के निरौला  अस्ट्रेलिया  मनोनित भएका छन् ।

         बिज्ञापन    बिज्ञापन     बिज्ञापन 

         काठमाडौं र पोखरा भुलाईदिन्छौ हामी!
स्वादिष्ट बफ सुकुटि; हाँस र कुखुराको छोईला;मटन सुकुटी र चिकेन तास लगायत का बिभिन्न परिकारका लागि हामी लाई सम्झनुहोस!

FB_IMG_1509136695975

 

स्मरण रहोस् काठमाडौमा सम्पन्न २०१७ -विश्वसम्मेलनमा इनास ग्लोबलका संरक्षक निर शाह र विशिष्ठ अतिथिको रुपमा एनआरएनएका पूर्व प्रमुख संरक्षक तथा जर्मनीका लागि नेपाली महावाणिज्यदूत रामप्रताप थापा र इनास अमेरिकाकी संरक्षक वरिष्ठ गायिका मिरा राणाले संयुक्त रुपमा पानसमा बत्ति बालेर उदघाटन गरेका थिए ।थिएमहादेशीय (क्षेत्रीय) समिति अन्तर्गत युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका अर्जुन काफ्ले पूर्ण मत प्राप्त गर्दै पून: चयन भएका छन् भने ओसियान क्षेत्रको संयोजकमा अष्ट्रेलियाका इश्वर पोखरेल ‘अविरल’, अमेरिका संयोजकमा हरि शर्मा (भर्जिनिया अमेरिका) र एसिया क्षत्रीय संयोजकमा युएईका आशिष पुरुष पूर्ण मतबाट चयन भएका छन्। त्यस्तै एसिया क्षेत्रीय सह संयोजकहरुमा दक्षिण एसियाका लागि रुपा न्यौपाने (नेपाल) र नरहरि प्रेमी (नेपाल) लाई चयन गरेको छ। विधानमा ब्यबस्था भए अनुसारका युरोप महादेशका लागि दुई जना उपसंयोजक, एसिया अन्तर्गत मध्य पूर्व (एक) र बाकी एसियाको लागि (एक) हरुमा केहि इच्छाहरू देखिएको हुँदा उक्त पदमा पदाधिकारीहरु सर्वसम्मतबाट पूर्ति गर्न निर्वाचन समितिको सल्लाह र अनुमति प्राप्त गरि अधिवेशनले नवनिर्वाचित ग्लोबल समितिलाई अधिकार प्रदान गरेको छ।

22365664_1481345841912549_1975821955154468853_n-1

नव नियुक्त सम्पूर्ण पदाधिकारीहरुलाई निर्वाचन समितिका संयोजक श्री प्रदिप बम्जन (नेपाल), सदस्यहरु श्री लक्ष्मण लम्साल (नेपाल) र उदय राणा (अमेरिका) ले पद भार ग्रहण गराउनुका साथै गोपनियताको सपथ ग्रहण गराएका थिए ।

बिश्वका ६६ क्षेत्रमा गठित इनासको ग्लोबल अध्यक्ष पुष्प बरुवाल एवं पोल्यान्ड बाट ग्लोबल उपाध्यक्षमा मनोनित हुने मित्र  लाल पार्दे लगायत मनोनित सम्पुर्ण इनास कार्यसमिति  समिति २०१७-२०१९ का पदाधिकारीको सफल कार्यकालको शुभकामना पोल्यान्ड नेपाल व्यक्त गर्दछ  ।

FB_IMG_1509172990211

 

 

         

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.