
बिदेशीहरुको आवाजलाई त्यति प्राथमिक्तामा नराख्ने पोल्यान्डको सरकारले उनिहरुको समस्यामा त्यति ध्यान पुगेको छैन ।
एउटा बिदेशी जो कानुन पुर्वक नियम पालना गरेर बसेको हुन्छ तर पनि रेसिडेन्ट कार्डको लागि महिनौं महिना अझ कसैको वर्षौ वर्ष झुलाएर राख्नु पक्कै पनि पोल्यान्ड सरकारको विदेशी नागरिकमाथि दोधारे निति हो ।
जब पोल्यान्डको सरकारी कार्यालयमा नेपाली कागजपत्रहरु विवाह दर्ता , जन्म दर्ता आदि नेपाल सरकार , परराष्ट्र मन्त्रालय , अनि डेल्ही पोल्यान्ड दूतावास सबैमा भेरिफिकेसन गरेर ल्याउदा पनि सानो कुरामा अड्काएर फेरि नेपाली राजदूतावास पठाइन्छ । अनि फेरि एउटै कागज सहि कागजलाई पनि नाना र भाती कुरामा अड्काएर वर्षौं दिन लगाइन्छ ।
एक पोल्यान्ड बस्ने नेपालीले विवाह दर्ता गर्दा कति सास्ती पाउनुपर्छ त ?
विवाह दर्तामा छाप लगाउन पोल्यान्ड दूतावास ईन्डिया जानुपर्ने त्यहाँ पनि उसै दिन काम नहुने अनि सात दिन कुर्नुपर्ने ।एक जना व्यक्ती कुनैबेला त सबै कुरा थाहा पाउन नसकेर धेरै पटक धाइरहनुपर्ने । नेपालबाट डेल्ही गएर बसेको हिडेको अनि यात्रा अनि के के
हो के कुरियर वा हुलाक
सरकारी हुलाक भनाउदा हुलाकहरुबाट कागजपत्र समयमै न आउदा महिनौ पर्खिनुपर्ने वाध्यताले महङ्गो कुरियरमा पठाउनुपर्ने अवस्था , एउटा नेपालीले डेल्ही पोल्यान्ड द्तावासले भेरिफिकेसन गरेको जन्म दर्ता विवाह दर्ता फेरि पोल्यान्डको अफिसले स्वीकार नगरिदिदा भोग्नुपरेको पिडा बिगत ५ महिनादेखि आफ्नो कागजात डेल्ही पोल्यान्ड दूतावासले प्रमाणिकरण गरिदिदा पनि फेरि नेपाली दूतावासबाट पनि प्रमाणीकरण लिएर आइज भन्दा म आफै चकित छु । पोल्यान्डका बिक्रम महर्जनले भने । एक कागजको लागी एक जना मान्छे लगातार काम छोडेर हिंड्नुपर्छ आफ्नो समय मिल्दैन बिदेशको ठाउँ हरेक श्रमको मुल्य छ । तर समयमै नत पोल्यान्ड दूतावासले कागजात प्रमाणीकरण गर्छ , नत नेपाली दूतावासले समयमै इमेलको जवाफ दिन्छ । दिक्क लागेर आउछ अनि एक्लै भन्छु ” हे भगवान हामिलाई किन यति सास्ती ? नौटन्कि रूपमा झुलाएर राख्दा पोल्यान्ड बस्ने हामी नेपालीले समस्या पाएकै छौ । बिक्रम महर्जन

त्यसो त नेपाली दूतावास जर्मनीले आफ्नो जन्म दर्ता कागजलाई ९ महिना कुराएको तितो अनुभव एन आर एन ए पोल्यान्डका महासचिव श्री श्रीकृष्ण न्यौपानेले नेपाली दूतावास जर्मनीसित पोल्यान्ड भएको एक अन्तर्कृया कार्यक्रममा बताएका थिए । एउटा जन्म दर्ता कागज गराउन पनि १५ महिना सास्ती सहनुपरेको जानकारी उनले गराएका थिए । जब कि सोझो हिसाबले एउटा कागज त्यो पनि वास्तविक सहि कागज कसैलाई नदिएर आफै अगाडि सरेर काम गर्छु , मेरो काम आफै गर्छु भन्दा पनि सिधा साधा रूपमा प्रमाणीकरण गराउदा पनि यात्रा भन के भन त्यो भन उ भन त्यहा भन यहाँ भन जागिर छोड समय मिलाउ आदि गर्दागर्दै पनि लाख भन्दा धेरै खर्च हुने हाम्रो बिडम्बना अनि समय त्यतिकै खर्च गर्नुपर्ने हामिहरुको बिडम्बना त्यसैले पोल्यान्डमा एउटा नेपाली कन्सुलर हुनुपर्छ ।के हामी अर्को ग्रहका सन्तान हौ र ? । उनि बताए ।
