“छक्का पन्जा २ हेरेर हामी खुशी नै छौ,” पोल्यान्ड दर्शकहरु

FB_IMG_1508799613606

हालै पोल्यान्डमा कलिवूड पोल्यान्ड  तथा इनास पोल्यान्डको आयोजनामा झन्डै तीन सय जनाको बीचमा छक्का पन्जा २ प्रदर्शन भएको थियो र प्रदर्शन पश्चात केहि दर्शकहरुका पोल्यान्ड नेपाललाई प्राप्त भएका प्रतिकृयाहरु ;

“म खासै सिनेमा हेर्ने रुचि त छैन तर पनि नेपाली सिनेमाको अभिवृद्धि गर्न मैले पनि छक्का पन्जा २ हेर्ने अवसर प्राप्त गरे । छक्का पन्जा २ ले अपवादमा केहि आलोचनात्मक प्रस्तुति दिएता पनि समग्रमा यथार्थ परिवेशलाई व्यङ्ग्य र मनोरन्जनात्म पाराले प्रस्तुति दिएको छ । छक्का पन्जा २ हेरेर फिल्मको मुख्य उद्देश्य मनोरञ्जनको साथमा सामाजिक प्रस्त्तुती दिनु हो । साथै व्यवसायिक फिल्म भएकोले सामाजिक प्रधान भन्दा   मनोरंजन प्रधानको  फिल्मको रूपमा छक्का पन्जा २ लाई महशुश मैले गरेको छु ।” डा बोधराज सुवेदी एन आर एन ए पोल्यान्ड संरक्षक एवं संस्थापक अध्यक्ष

photo

” दिनभरिको थकान अनि राती ११ बजेदेखि शुरु भएको फिल्म हेर्दाहेर्दै निन्द्रा लाग्छ कि भन्ने सोचेकी थिए तर फिल्म नसकिदा सम्म मनोरञ्जनमै हासेर समय कट्यो । सिनेमा हेरेर म खुशी नै छु ।” कल्पना न्यौपाने दर्शक पोल्यान्ड;

received_1775723709112697.jpeg

“जुनसुकै कुराको आलोचना हुनु स्वभाविक हो । हरेक व्यवसायिक फिल्मको मुख्य उद्देश्य दर्शकहरुलाई मनोरंजन प्रदान गर्नु र उनिहरुले तिरेको रकम खेर गयो भन्नु नपार्नु नै व्यवसायिक फिल्मको मुख्य उद्देश्य हो । पोल्यान्ड जस्तो भर्खरै नेपाली समुदायको विस्तार भैरहेको समयमा तीन सय जना दिनभर काम गरेर राती ११ बजे सिनेमा हेर्नु र धेरैजसो दर्शकले सिनेमा मन पराएर फर्कनुमा सिनेमा पुर्ण तया दर्शकहरुलाई मनोरञ्जन दिन सफल भएको मैले बुझेको छु । नेपाली सिनेमाको बिकास र बिस्तार बिदेशी भुमिमा पनि स्वस्फूर्त रुपमा बजार रहेको छ भन्ने महशुस पोल्यान्डमा छक्का पन्जा २ हेर्न पुगेका   दर्शकहरुको माया अनि  संख्याले नै गराएको छ ।” सुरज कार्की (कलिउड फिल्म पोल्यान्ड  संयोजक तथा इनास पोल्यान्ड फिल्म  समिती संयोजक )

received_1726598377350867.jpeg

“सिनेमाको मुख्य उद्देश्य मनोरञ्जन लिनु हो ।जुन मनोरञ्जन मैले छक्का पन्जा २ बाट प्राप्त गरे गरे ।मैले अरु केहि जान्दैन जानेकी छु खाली सिनेमा हेरेर मनोरञ्जन लिने साथसाथै वास्तविक्ता पनि बुझ्ने   । “ज्योती सेडाइ  चालिसे

FB_IMG_1509046701663.jpg

स्मरण रहोस् युरोप भरि फिल्म प्रदर्शन गर्नको लागी आधिकारिक रूपमा  वितरणको  जिम्मेवारी डेनमार्कबाट क्लर्क कोपनहेगनका समिर बस्नेतले लिएका छन्  ।

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.