रातारात चल्यो छक्का पन्जा २ कलिउड पोल्यान्ड र इनास पोल्यान्डको आयोजनामा

वारसवा पोल्यान्डमा इनास पोल्यान्ड र कलिउड पोल्यान्डले छक्का पन्जा दुईले रातारात कमाल गरेका छन् ।
received_1722902981053740
  करिब तीन सय जना नेपालीहरुको उपस्थितिमा दिप र दिपाको नेपाली कथानक चलचित्र छक्का पन्जा २ प्रदर्शन भएको छ ।
इनास पोल्यान्ड र कलिउड पोल्यान्डको संयुक्त आयोजनामा प्रदर्शित फिल्ममा उपस्थिति नेपाली जनसमुदायको माहोलले साच्चिकै रौनक्ता थपेको थियो । स्मरण रहोस् रातको ११ बजेबाट शुरु भएको नेपाली फिल्म छक्का पन्जा २ सिनेमा हलमा हेरेर मनोरंजन लिन साना बच्चाहरुको साथमा दर्जनौ आमाहरुको पनि उपस्थिति थियो । त्यसै गरी युवायुवतीको संख्या पनि उल्लेख्य थियो ।
FB_IMG_1508799613606

उक्त फिल्म प्रदर्शन गर्नको लागि एस एम एस सर्भिस फर यु पोल्यान्ड , सिद्दार्थ रेस्टुरेन्ट परिवार पोल्यान्ड  , मेन पार्टनर युवराज अडाइ , एकेवाई आइडिया मेकर अमित कुमार यादव, एवं  वारसवा म्यानेजमेन्ट युनिभर्सिटीले फिल्म प्रदर्शनको लागि सहप्रायोजन गरेका थिए ।

FB_IMG_1508799623015

 

छक्का पन्जा २ फिल्म प्रदर्शनमा बिशेष रुपमा सोम सैन्जु , बिनय अधिकारी लगायतहरुले विशेष भुमिका निर्वाह गरेका थिए ।

इनास पोल्यान्ड र कलिउड पोल्यान्डले आयोजना गरेको उक्त फिल्मको अपार सफलता पछि खुशी व्यक्त गर्दै कलिवूड संयोजक एवम इनास पोल्यान्ड फिल्म समिति संयोजक सुरज कार्कीले सबै दर्शक प्रति आभार प्रकट गर्दै फेरि लगत्तै नयाँ नेपाली फिल्म “फाटेको जुता” लिन लागेको जानकारी दिएका छन् ।

 

 

 

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Google photo

You are commenting using your Google account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.