स्पेनस्थित नेपाली राजदूतावासद्वारा राहदानी सेवालाई विशेष प्राथमिकता कोहि अन्योलमा पर्न नहुन अनुरोध


स्पेनस्थित नेपाली राजदूतावासद्वारा राहदानी सेवालाई विशेष प्राथमिकता

स्पेनको म्याड्रिडस्थित नेपाली राजदूतावासले भोलि सोमबारदेखि राहदानी सेवालाई विशेष प्राथमिकता दिँदै काम गर्ने जानकारी गराएको छ। राजदूतावासका अनुसार यस हप्ता करिब ३०० जना नेपाली नागरिकलाई राहदानी सेवा प्रदान गरिनेछ

सेवाग्राहीको चाप र व्यवस्थापनको सहजताका आधारमा आगामी हप्तादेखि सेवा संख्या थप बढाइने पनि राजदूतावासले स्पष्ट पारेको छ। राहदानी सेवाबाट कुनै पनि नेपाली नागरिक बञ्चित नहुने र सबैले क्रमशः सेवा पाउने विश्वास दिलाइएको छ।

राजदूतावासले राहदानी सेवाको अवसर कसैले पनि गुमाउनुपर्ने अवस्था नरहेको उल्लेख गर्दै नागरिकहरूलाई धैर्य रहन अनुरोध गरेको छ। साथै, तथ्यहीन हल्ला र भ्रमपूर्ण सूचनाको पछि नलाग्न सचेत नागरिकको हैसियतले सबैमा अपिल गरिएको छ।

राजदूतावासले आधिकारिक सूचना तथा माध्यममार्फत प्रकाशित जानकारीलाई मात्र आधार मानेर सेवा लिन अनुरोध गरेको छ।


    Leave a Reply

    Your email address will not be published. Required fields are marked *